वारेश बन्नेहरुलाई सलाम !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थीले कोही वारेश छौं कि मझगाउँ हवाई मैदानका भनि फेसबुक र दिशानिर्देश कञ्चन साप्ताहिक मार्फत प्रकाशित गरेको पाउँदा खुसी लागेको थियो ।
यहि साता महेन्द्रनगरबाट प्रकाशित हुने प्रायः सबै अखबारहरुले तथा जनताले समेत वारेस बनि एयरपोर्ट सञ्चालनको लागी सरकारलाई दवाव समेत दिएकोले धन्यवाद छ सबै न्यायिक समुदायलाई । सुदूरपश्चिम प्रदेश सभाका सांसदहरुलाई हाम्रा भावना र न्यायको कदरपुर्वक समर्थन मात्र हैन कि जसद्वारा निर्माण गराए पनि यथासिघ्र मझगाउँको हवाई मैदान सुचारु गर्न र एयरपोर्टको लागि छुट्याएको जमिन घुन पुतला न लाग्ने गरी चारै दिशातर्फ अतिक्रमण गरी बसोबास गर्ने जो कोहीले पनि कडा विरोध गरौं । यहि हाम्रो आह्वान छ । हामी आफैलाई पनि लाजमर्दौ कुरा हो सार्वजनिक स्थल छुट्याएको छ त्यो तीन करोड नेपालीको साँझा सम्पत्ति हो । र त्यसको जिम्मेवारी प्रान्तमा प्रान्तिय सरकार र स्थानीयमा स्थानीय सरकार र केन्द्र सरकारको जिम्मामा संरक्षण गर्नको लागि दिएको छ भने त्यसको संरक्षण सम्बद्र्धन सरकारले नगर्नुको अर्थ के हो, हालाकी भोली नबने पर्सी बन्ला तर यो साँझा सम्पत्तिको लुटपाट हामीले कसरी सहेका छौं भने म तीनै सरकारलाई भन्न चाहन्छु कि जसरी एउटा लोग्नेको हातखुट्टा बाँधी कैयौ व्यक्तिको उसको स्वास्थ्यलाई बलात्कार गरेझै आज भएको छ । पीडाको कुरा गर्दा लोग्नेका हात खुट्टा गरी स्वास्नीलाई लोग्नेकै सामुन्नेमा सामुहिक बलात्कार गरेको भन्दा घटी छैन । त्यसैले भन्छौ हामी मझगाउँ हवाई मैदान सामुहिक बलात्कारमा परेको बलात्कारीलाई सजाय दिई ढिलै भएपनि त्यसको संरक्षण सम्बद्र्धन गरी तुरुन्त राज्यले आवश्यक बजेट पास गरोस् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *