बित्तीय अराजकताका संकेत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नयाँ नेपालको वार्षिक बजेट झण्डै १६ खरब, वित्त मन्त्रीले दोस्रो पटक सम्भवतः बजेट पेश गर्न संभव लाग्दैन । शायद राज्य सभा सदस्य पदको दुई वर्षे कार्यकाल पुरा हुदैछ । उसरी पनि मन्त्री मण्डल अहिले हो कि भोली ठेगान छैन भनि सञ्चार माध्यम संकेत गरी रहन्छन् । कार्यान्वयनको भारबाट मुक्त हुने व्यक्तिले आफ्ना प्रतिभा अनुसार काम गर्न नपाई चौतर्फी दवावमा परेपछि अकारणको तनाव किन सहने मनोविज्ञानले पनि काम गरेकै होला, अर्थमन्त्रीज्यू अर्थविद हुनुका साथै राष्ट्र बैंकको गभर्नर, योजना उपाध्यक्ष लगायतका महत्वपुर्ण पदको अनुभवि पनि हुनु भएकोले हवाई उडान जस्तो काल्पनिक बजेट किन पेश गर्नु भएको होला भन्ने सामान्य जिज्ञासाको जवाफ कठिन छैन, विगत वर्ष बजेट पेश गर्दा स्वार्थमा आघात पर्ने तत्वहरुले आफ्नै दलका अर्थमन्त्रीको तिखो आलोचना गरेको तथ्यलाई बुझी क्षमता र यथार्थ अनुसार काम गर्दा कोपभाजन बन्नु भन्दा आखिर समय सर्वदल हिताय जस्तो वितरणमुखी कार्यक्रम अस्वभाविक भएन ।
सम्भवतः काल्पनिक अत्यावहारिक कार्यान्वन हुन लगभग असंभव एकातर्फ छ भने अर्को तर्फ झण्डै १६ खरबको विशाल धनराखी कुन श्रोतबाट प्राप्त हुन्छ भनि देखाएको प्राप्त हुनै नसक्ने पनि स्पष्ट लागेको अर्थमन्त्रीले इच्छा विपरित बजेट ल्याएको बाध्यता बुझ्न सकिन्छ, यहि त नेपालको विशेषता हो । राजश्व श्रोत यत्ति आउँछ भनि परिकल्पना गरिएको वैदेशिक र आन्तरिक ऋण झण्डै ३० % बढीका श्रोत देख्दा पहाडी लोकोक्ति सम्झना गरायो ।
एक जना कुमाउ तर्फका व्यापारी आफ्नो उधारो रकम असुल गर्न एका गाउँमा पुगेछन्, त्यहाँको डाणामा धान बीउ उमारेको देखि सोधेछन्, त्यहाँ सिचाईको श्रोत थिएन धानको बीउ रोपेर कसरी रोपाई होला ? जवाफमा के थाहा पाए भने वर्षा भएछ भने त्यही पानीबाट रोपाई गर्न आम सर्वसाधारणको त्यस्तो जवाफ सुनेपछि ति महाजनले भनेछन्, यि रणका सर्कसँग पनि उधार गर्ने रहेछन्, मेरो रकम के देलान भनि फर्के ।
कुनै विदेशीले ऋण नदिए वा आन्तरिक श्रोतबाट ऋण प्राप्त भएन भने, कल्पना गरेको राजश्व उठ्न सकेन भने खरबौको बजेट कुन हालतमा रहला ? बजेट भाषण हुने वित्तिकै कसो आयो के होला भनि चर्चा परिचर्चा हुन थाल्छन्, कर्मचारीहरुका तलब बृद्धि हुन्छन् बजार मुल्य झण्डै दोब्वर भएर जाने प्रचलनबाट आम सर्वसाधारण जन जिविकी चलाउन र भ्रष्टाचारीहरुको परिपुर्तिका लागि दासत्व जीवन विताएर भए पनि खाडीको गर्मीमा जिउ ज्यान फाल्नु पर्ने कस्तो लोक कल्याणकारी राज्य स्थापना भएछ सोच्न बाध्य पार्छ । ३ प्रतिशत मात्र काम बाँकी रहेको मेलम्ची आयोजनाका लागि ७ अरब भन्दा बढी लगानी किन भएछ यो कमैबाट छिपेको होला त्यसै मन्त्रालयमा कार्यरत स्थानान्तरित सचिवको पोलबाट नै छर्लंग हुन्छ । सांसद कोषको रकम चौतर्फी विरोधको बावजुट ६ करोड बनाईयो यद्यपि माँग १० करोड थियो कांग्रेसीहरुले पनि त्यस्तो वितरणको विरोध गरेको सुनिन्छ त्यसो हो भने ६ करोड फिर्ता गरी जनताको प्यारो बने भई हाल्यो नि तर त्यसो गर्न त कमै तयार होलान, सांसद पिन्सिन लगायत अतीतका घटनाक्रममा सर्ब सांसद हितायमा कोही विमत्ति राखेको देखिन्न ।
वास्तवमा त्यस्ता रकम दुरुपयोगकै लागि वितरित भएमा पहिलाका कामहरुबाट छर्लंग हुँदै आएको छ । अव दोष पनि कतिलाई दिने सामान्य कर्मचारी समेत अरबौं कमाई रहेका दृष्टान्त छन्, । राजनीतिज्ञहरु त १ नम्बरमा परेको राष्ट्र परेसी इन्टरनेशनलको प्रतिवेदनले नै देखाई सक्यो, अरबौंका रकम त भ्रष्टहरुले नै विभिन्न बहानामा सखाप पार्दैछन्, कोही क्षेत्र बचेको छैन । जसरी सैनिक जनरलले हालै एक जना कर्नेललाई जेल चलान गरी सक्यो, कैयौं मन्त्री राजनीतिज्ञ, आईजीपी, न्यायाधीश यहाँसम्म कि अख्तियार आयुक्त समेत घुस काण्डमा मुछिए, अब त न्यायाधीश समेत नक्कली प्रमाणपत्रधारी भनि विशेष अदालतमा मुद्दा खेप्दै छन्, १६ जना भू.पु. प्र. न्यायाधीशहरु करोडौंका गाडी नबुझाई घर लगि सके, न्यायाधीश हुने वित्तिकै दल कार्यालय पुगी अभ्यर्थना गरेका घट्ना नयाँ रहेनन्, भागबण्डामा अशान्ति हुने देशमा वित्तिय क्षेत्र कसरी सन्तुलित परिणाम मुखी हुन सक्ला ?
त्यसो भए अब परिणाम के कसो होला गम्भीर भएर सोच्ने बेला आईसक्यो, तलब तनख्वाई बढेको खुसी धेरै दिन टिक्ला जस्तो लाग्दैन, कोष रित्तिएपछि दिवालिया भएपछि पिन्सिन तनख्वाई पाईएला भनि शंका गर्ने वातावरण बन्दैछ ।
जताततै ब्रहमलुट मच्चिएपछि निकट भविष्य कहाँ पुग्ला यसै भन्न नसकिए पनि त्रास भने उत्पन्न गराएको छ, निष्टा र देशभक्ति नरहेपछि के नै होला ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *