महाकाली अञ्चल अस्पतालको व्यवस्थापन किन कमजोर

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ११ जेठ
आज सिंहदरबार गाउँ गाउँ पहाडका कुना कन्दरामा पुगे पनि महेन्द्रनगरमा भने पुग्न सकेको छैन । उहिले त सिंहदरबारले अधिकार प्राप्त र स्थानीय सरकारलाई दिईसकेको हुँदा अव हामी सिंहदरबार सित केही भन्न सक्दैनौं । प्रान्त र स्थानीयले टेर्दैन भनि रहेका छन्, महेन्द्रनगरबासीहरु । महाकाली अञ्चल अस्पतालमा अरु सुविधा त छोडौं खानेपानीको व्यवस्था छैन । अल्ट्रासाउण्ड गराउदा पहिले पानी पिउनुपर्छ भन्छन्, तर अस्पताल हाताभित्र कतैपनि सुद्ध पानी पाईदैन । एकजना विरामी भन्दथे पानी पाईन र साँझाबाट रु १५ मा एक बोतल पानी किनेर लगे यस्ता म जस्ता विरामीहरु कैयौं छन् ।
सरकारी कार्यालयहरुमा पिउने पानी राखेका हुन्छन् भने हाम्रो महेन्द्रनगरको अस्पतालमा खानेपानी नहुनु चिन्ताजनक नै हो । महाकाली अञ्चल अस्पतालले सेवाग्राहीबाट मनग्य पैसा उठाएका छन् । बजारमा ४५० मा गर्न सकिने अल्ट्रासाउण्डको शुल्क अस्पतालले ५०० रुपियाँ लिने गरेको छ । त्यस्तै बजारमा सुगर चेक गर्दा रु ५० लिन्छन् भने सरकारी अस्पतालले रु ६० लिने गरेको भए पनि स्तरीय छैन । यदि अस्पतालले चाह्यो भने डीप ट्युवेल गराएर धनगढीको अस्पतालको जस्तै सुविधा दिन्थे तर चाहादैनन्, किन ? अस्पतालमा सेवाग्राहीलाई लाईनमा लगाउन अलग ठाउँ नभएर यताउता जाने बाटो छेकिने गरी लाईनमा लगाउने गरेको छ । प्रसस्त कर्मचारी हुँदा हुदै सेवाग्राहीहरुले एउटा पर्चि बनाउन एक्सरे, अल्ट्रासाउण्ड तथा ल्याव टेष्टको लागि दस्तुर बुझाउदा घण्टौं कुर्नुपर्ने व्यवस्था छ । कर्मचारीहरु छदाछ्दै सेवा सुविधा छिटो छरितो छैन । यहाँका जनताको चाहना छ जसरी गेटा आँखा अस्पतालले स्तरीय सेवा दिएर भारत तथा तेस्रो मुलुकका विरामीहरु पनि उपचार गर्न आउछन् । भरसक त्यस्तै खालको होस्, काम चलाउ हुनैपर्छ भन्ने जनधारणा रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *