मझगाँउ हवाई मैदान पनि माफियाको कब्जामा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ११ जेठ
बहुदलिय व्यवस्थाको सुरुवातसंगै कञ्चनपुर महेन्द्रनगरको मझगाउँ हवाई मैदान बन्द गरिएको छ । एयरपोर्ट चालु हुदा छुटाएको मुआब्जा सट्टा भर्ना दिएको जग्गा पनि हाल माफियाहरुको कब्जामा रहेको छ । २०४७ सालदेखि यो हवाई मैदान बन्द गराउनु सामान्य कुरा होइन सु.प.को जेठो र भरपर्दो बढी चल्तीमा आएको दुर्गम भेकका जनतालाई सुविधा दिदै आएको हवाई मैदान कसैका राजनीतिक रीस साध्न बन्द गर्नु अन्याय हो ।
जनता माथीको अत्याचार हो । कसैले पनि खाइपाई रहेको सुविधा एकासी रोकीनु हुदैन थियो तर यो हामी बनाउछौ आज भोली गर्दा गर्दै हाम्रा यस जिल्लाका नेता मन्त्रिहरुबाट नै बन्द भयो । पर्यटक मन्त्री छदा तारिणी प्रसाद चटौत प्रधान मन्त्रि गिरिजा प्रसादको मन्त्रिमण्डलमा रहेकोले पनि जनताले आसा गरेका थिए, गर्छु भन्दा भन्दै आफ्नो कार्यकाल पुरा गरि फर्किए त्यसपछि कञ्चनपुर जिल्लाबाट उर्वादत्त पन्त, भोजराज जोशी, एनपी साउद, रमेश लेखक, डा. दीपक प्रकाश भट्ट, नरबहादुर धामी, दिवान विष्ट लगायतका थुप्रै नेताहरुले जनताका प्रतिनिधि भई राज्य सञ्चालनमा रहेको अवस्था पनि रहेको बेला कसैले पनि मझगाउँ हवाई मैदानमा जहाज सेवा चलाउन पहल गर्नुको साटो हवाई मैदान पश्चिम तर्फ तारबार भित्रको जग्गामा समेत कब्जा जमाई बसेका बस्यै छन् ।
हवाई मैदानमा पश्चिमतर्फको एरियामा न.पा.ले सडक पीच गर्ने तर्जुमा मिलाएको भए पनि एयरपोर्ट पश्चिम तर्फको तारबारतर्फ बनाउनु पर्नेमा सडक पश्चिम एयरपोर्टको जमीन छोडी भित्र तर्फ सडक रहेको छ । मझगाउँ हवाई मैदानको जग्गा माफिया देखि सरकारसम्मकाले हवाई मैदानलाई अतिक्रमण गरेका छन् । जनताले त्यसबारे बुझ्न खोज्दा मैदान सानो छ । जहाज चल्दैन त्यसैले चलाएको होईन भन्ने भनाई पाईन्छ । मझगाउँ एयरपोर्ट मात्र यस्तो सुगम र आधुनिक छ जति चाह्यो त्यति जग्गा प्रसस्त मात्रमा छ । यदि आफ्नो जमिन प्रयोगमा ल्याएर पनि कम पर्यो भने अल्का रुखका टुपा मात्रै काटे पनि पुग्छ । मुआब्जा, सट्टा भर्ना लिई दिई सकेपछि सरकारले त्यो साँझा सम्पत्तिको संरक्षण नगर्नु बर लुटाउन खोज्नु भ्रष्टाचार होकि होईन । के भ्रष्टाचार भनेको मुखिया खरिदार सुब्बाले सय, पचास १/२ सय सेवाग्राहीबाट लिएको रकम मात्र भ्रष्टाचार हो ।
के मझगाउँ एयरपोर्ट के कोही वारेस छैन ?
के यसको सम्पत्ति चोर्यो माओवादीहरुले आगजनी गर्यो जलायो भनेर सरकारले पन्छिन पाउछ ? त्यो सम्पत्ति तिन करोड जनताको साँझा हो, सरकारले संरक्षण सम्बद्र्धन गरी २०३२ सालदेखि २०४७ सालसम्म चालु अवस्थामा रहेको हवाई मैदानमा नियमित हवाई जहाज सेवा तुरुन्त सञ्चालन गर्नुपर्ने माग यहाँका जनताको रहेको छ । हुन त गत निर्वाचनमा मागलाई समर्थन त नेताहरुले गरेकै हुन तर आजसम्म कार्यान्वयन गरिएको छैन । मझगाउँमा कहिले देखि प्लेन सेवा सुरु हुने हो जनताले जवाफ मागेकाले सरकारले गम्भिरतापुर्वक ध्यान देवस् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *