के नेपाल र मोदीले एक अर्कालाई चिन्लान ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पहिलो पटक भारतका प्रधानमन्त्री नेपाल आई नेपाल र नेपाली प्रतिनिधिलाई चिन्ने प्रयास गर्यो मोदीले न नेपाललाई चिन्न सक्यो न नेपालले मोदीलाई चिन्यो । नेपाल र भारत दुवै देशसित जोडिएको राष्ट्रिय निकुञ्ज छ पशुहरुमा कुनै रोकटोक छैन उताका नेपाल पस्छन् यताका भारत एक अर्का सित राम्रो चिनजान छ तर मनुष्य जातीमा त्यस्तो नहुदो रहेछ ।
मोदीका आशा र इच्छा नेपाली जनताको हितको लागी भए पनि हाम्रा नेताहरुले हस्तक्षेप सम्झे, जति बेला भारतको विहारबाट द्वन्दकालमा हतियार नेपाल भित्र्याई कर्नालीको बेल्ट हुँदै हुम्ला जुम्ला सम्म हतियार पुगी १७ हजारको ज्यान लियो त्यसबेला हस्तक्षेप ठोनेनन् । आज नरेन्द्र मोदीले या भारत सरकारका पदाधिकारीले नेपाल बारेमा केही बोल्यो भने हस्तक्षेप गर्यो भनेर सुनिन्छ । तर कुरा के हो भने छिमेकीहरु सितको अर्थात आफ्ना दाजुभाईहरुको शीप ज्ञानलाई आत्मसाथ गरेर केही प्रगति गर्नुपर्छ त्यो नै बुद्धिजिवी हो, यदि बढी संका गर्ने मानिस यो समाजमा धेरै टिक्न सक्दैन । हालै हिजोअस्ति मात्रै शंका र रिसको भरमा एउटी स्वास्नीको लोग्नेले स्वास्नी समेत ९ जनालाई खुकुरीद्वारा काटेपछि आफै झुन्डिएको खबर ताजै छैन्, यस्तो हो छिमेकीहरुको सम्बन्ध पनि । रिसको आवेगमा आएर उपदेशलाई हस्तक्षेप भन्नुहुदैन । आफ्ना साथी मित्र जसरी हित चाहन्छन्, त्यस्तै हित चाहेका हुन्छन् छिमेकीहरुले अब ईर्या गर्ने अर्को देशलाई दवाउने दिनहरु गईसकेका छन् । यी सबै कुरालाई ध्यानमा राखेर नरेन्द्र मोदीलाई हामी सन्त नेता भन्न सक्छौ, देशको खातिर युवावस्थादेखि नै आफ्नो घरबार त्यागी राष्ट्र र जनताको लागी मात्र हैन हाम्रा वेद पुराण प्राचीन सम्पदाको संरक्षण गर्नमा पनि त्यत्तिकै सफल रहेका छन् । मोदी भाग्यमानी अवश्य हुन आज सम्म आफ्नी जिवित जननी आमाको आशिर्वाद पाई रहेका छन् । निर्वाचनमा आमा विरामी
परिन आमाले राष्ट्रदिपक नरेन्द्र मोदीलाई भनिन् “म तिम्रो सफलताको पुरै अवधी हेर्ने छु जाउ तिमी आफ्नो कार्य गरी सताब्दी पार गरेकी भाग्यमानी आमाले कलियुगमा सनातन धर्म वेदपुराणका समग्रमा पृथ्वीबासीहरुको हितको लागि पुत्र नरेन्द्र मोदीलाई आशिर्वाद दिई रहेकी
छन् । विश्व मानवताको हितको लागी जीवनदान दिनु हो मोदीले आफ्नो जीवन जनतामा समर्पित गरेका छन् आफ्नी आमाको रेखदेख पनि उनका भाईबाट भएको छ, धन्य धन्य नरेन्द्र मोदी ।
भारतीय कांग्रेस गान्धीको विजय भएपछि वर्षको ७५ हजार वार्षिक दानलाई विष दान सम्झे । गरिवलाई दिने घोषणा गरे पनि जनताले स्वीकारेन, भारतीय जनता लोभमा फसेनन् प्राचीन धर्म संस्कृतिको संरक्षकको पक्षमा लागे लोभिएनन् भारतीय जनता धन्य हो धन्य, मोदीको इमान्दारिता यति चाडै जनतामा पनि भिज्ला भन्ने कल्पनासम्म पनि राहुल गान्धी पक्षको थिएन । पहिलो पटक प्रधानमन्त्री हुँदा मोदीको पहिलो भ्रमण नेपाल थियो, नेपाल आउँदा आफ्नो घरमा काम गर्ने नेपाली युवकलाई उसका आमा वा बुवासित हस्तान्तरण गर्न आफै सवार भएको वायुयानमा साथै लिएर आएका थिए । नेपालप्रति उनको सच्चा प्रेम उनले नेपालको संसदमा गरेको सम्बोधनले प्रष्ट झल्काएको थियो, सबै नेपाली सभासद्हरुले तालिको गडगडाहट मोदीलाई मात्र होईन विश्वलाई सुनाएका थिए ।
मोदी पशुपतिमा पसे एक घण्टा भन्दा बढी विशेष पुजा गरी सकेपछि १२५ किलो श्रीखण्ड चन्दन पशुपतिमा चढायो त्यो उनको साङ्केतिक निवेदन थियो विश्वभरीका हिन्दु एक भई पृथ्वीमा बस्ने मानव जातीको कल्याण गरौं पौराणिक हिन्दु सम्भतालाई जीवित राखौं भन्ने उदगार थियो । हामी नेपाली जनता सामाजिक जनताले वार्षिक ७५ अस्वीकार गरी भारत माताको हितको लागी जीवन समर्पण गरे बरु भोकै बसैला राष्ट्रलाई अगाडी बढाउ भन्ने तर्फ जनता गए । आज मोदी र मोदीका मतदाताबाट ज्ञान लिनै पर्छ । रक्तपात विना प्रेमले सत्ता प्राप्त गर्यो तुलना गर्न सकिदैन हाम्रा नेताहरुले १७ हजार भन्दा बढी नरसंहार गरी सत्ता प्राप्त गरे जुन सत्ता माईन्यूट बुकमा निर्णय मात्र गरेर पनि प्राप्त गर्न सक्दथे । विस्तारवाद भातरले हाम्रो जमिन फिर्ता दिएको छैन जुन जमिन १९५० का सन्धीको दफा ८ ले प्राप्त गरेको थियो, त्यो प्राप्त गर्न हाम्रो लडाई हो राजालाई हटाई गणतन्त्र बनाउ भन्ने नाराहरुकै भरमा हामीले पनि नालापानी पुग्न पाउने लोभमा स्वीकार गर्यौ जुन मित्थ्या रहेछ ।
अवको कुरालाई नबङ्याई मित्रताको भावनाका साथ आजसम्म देशको शासन व्यवस्था परिवर्तन गर्दा जे जसरी भारतको सहयोग नहुने गरेको थिो त्यो सहयोगालाई तिरस्कार र निरन्तरता दिन होईन । एक समाज धर्म संस्कृति बंशजहरुको समेत रंत बाडिएको देशसितको सम्बन्ध सुमधु गर्नुपर्छ । कुनै कुराको सुझाव सल्लाह आफ्नो मित्र देशलाई भारतले दिन्छ भने त्यो सल्लाह सुझावलाई विशेष अध्ययन गरेर संका रहित ढंगले दुवै राष्ट्रको व्यवहार हुनुपर्छ । यहा त एउटाले बोका किनेर लगेछ बाटोमा गुण्डाहरुले ति पोका लुट्ने मनसायले बोकालाई कुकुरमा कति रकम हाल्यो भनेर २/४ ठाउँमा बसकोले सबैको एउटै मिलेकोले हामीे ल्याएको बोका रहेनछ, कुकुर रहेछ भनेर बोकालाई जोडी गएछन् । अनि कडाँकाहरुले सोचेको कुरा सजिलै सित भयो भन्ने कुराहरु सुनिन्थ्यो, त्यस्तै हो, हामीले मिथिला राष्ट्रमा शंकनगरी भारतीय पक्षबाट गरिएको सबै कुराहलाई पक्ष विपक्षका माझ राखी सर सल्लाहले स्थायी मित्रता गास्नो काम गर्नुर्पछ । साथीको नाताले केही अनौपचारिक कुराहरु पनि भन्न सक्लान् ती पनि नेपालकै हितमा हुनेछन् ।
जव उनले श्रीखण्ड पशुपतिमा चढाई हिन्दुधर्मको आदर खातिर नेपालाई विश्व हिन्दुर राष्ट्र भनै राखिदेवस भन्ने इच्छा मात्र दर्शाएको थियो तर हिन्दुराष्ट्र नै बनाउ भनेको त थिएन । तैपनि विरोधका स्वरहरु सुरु भए नेपाल मोदीले अस्क्षेप गर्यो भन्ने त्यो सांकेतिक सल्लाह तिर नेपाल भारतको बन्द भारतले नगरी नेपाल पक्षबाट भएको थियो भन्न कुरा पनि हामीले बुझिहाल्नु पर्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *