नेपालको राजनीति र उद्योग नीति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हुन त राजनीतिक र उद्योग नीति एक अर्काका पुरक नै हुन तै पनि आजको राजनीति र उद्योग नीतिमा जनता रमाएका नभई कमाउने भएका छन् । राजनीतिमा एकपक्षले राम्रो गर्न खोज्यो अर्को पक्षलाई देखि नसक्नु हुन्छ । देशको हितमा काम भई रहेको भए पनि विपक्षीको मन परेन भने विरोधका उपाय खोजेर ल्याउछन् । आज त्यो बन्द भएर पार्टी पार्टी बीच भागवण्डा मिल्यो भने नराम्रो काम भएपनि विरोध गर्दैनन्, नराम्रो काम पैसाले देविन्छ । जहाँ पनि अव त पैसा भए पुग्यो । देशलाई औद्योगिकरण गर्ने नीति कार्यान्वयन तर्फ जाँदा पैसाकै खेलमा रमाउछन्, उदाहरणको लागि सरकारले क्रसर उद्योग खोल्न ठाउँ किटान गरी इजाजत दिएको हुन्छ तर जनता नामको हुल आएर बन्द गर भन्छ उद्योग चलाउन दिदैनन् र उद्योगीलाई सास्ती भईरहेको देखेका छौं । खोल्ने बेलामा ठिक छ यहाँ उद्योग राखेमा राम्रो छ भन्छन् र पछि गएर हटाउनु पर्छ भनेर आन्दोलन गर्छन यस्तोमा उद्योगीले के गर्न सक्छ ?
त्यस्तै राजनीति तर्फ निर्दलिय व्यवस्था ठिक छैन जनमत गर्नु पर्छ भने जनमत संग्रह गर्यो सबै खुस भए अन्तमा गएर २०३६ सालमा जनमतले समर्थन दिएको भए पनि २०४६ मा भारतीय नेताहरुलाई नेपालमा बोलाई पंचायत र राजाको विरोधमा जनता उतार्नु पर्यो उतार्यो, आन्दोलनकारीहरुकै हातमा राज्य गयो, त्यो पनि चलेन भने त्यसलाई परिमार्जन या बदल्न शसस्त्र आन्दोलन गरेर वर्तमानको व्यवस्था चालु भएको छ । यी व्यवस्थालाई पनि कसैले निरंकुश टाईपको व्यवस्था भन्छन्, कसैले अति उत्तम भन्छन् तर दुर्भाग्य के छ भने राजनीतिमा गणितिय तरिका छैन । इमान्दारीताका साथ जे
गर्यो त्यही राम्रो हुन्छ ।
जनताले दिएको मतबाट अर्थात जनमतबाट व्यवस्था परिवर्तन परिवर्तन गर्नुपर्नेमा त्यो गरिएन । सनातन हिन्दुराष्ट्रको विरोध कही कतै विरोध नभएको अवस्थामा धर्म निरपेक्ष राष्ट्र गरियो । यो राष्ट्र ३÷४ जनाको मात्र नभएर ३ करोड नेपाली जनताको साँझा भएको हुँदा जे जनताले चाहन्छन्, प्रत्यक्ष मत दिएर व्यवस्था बदलनुपर्छ भन्ने मान्यता राख्नेहरु वर्तमानको सरकारलाई निरंकुश भनिरहेका छन् ।
विभिन्न गुट उपगुट पार्टीहरुमा राज्य विभाजन भएको छ ।यदि पुरानो एकता भन्दा झन अनेकता हुने हो भने बलजफतीले मात्र राष्ट्रलाई कन्ट्रोलमा राखेर शान्ति हुदैन । अझैपनि समय बाँकी छ, सबै राजनीतिक दलहरुलाई सबै विपक्षीहरुलाई साँझेदारी बनाई नेपालको विकास उन्नती कसरी गर्ने भन्ने सरसल्लाह नगरेर मुखै नबोल्नुपर्ने विपक्षी सम्झेर एकतर्फी गर्दै गयो भने राज्य सञ्चालन गर्न कठिन पर्छ । त्यहि मात्र होईन सरकारबाट जसरी उद्योगीहरुलाई उद्योग स्थापना गर्न सर्वेक्षण गरेर इजाजत दिईसकेपछि अर्को पक्षद्वारा विरोध गरेर उद्योगलाई हटाउनुपर्छ भन्ने कुरा ठाउँ ठाउँमा सुनेका
छौं । यसरी उद्योग चल्दैन, भने राजनीतिक व्यवस्थामा पनि निर्दललाई हटाएर बहुदल, बहुदललाई हटाएर गणतन्त्र अझ यसलाई हटाएर के गर्न खोजेका हुन्, किन एकजुट हुन लागेका छन् । आफ्नै सहपाटी बाबुराम भट्टराई विप्लब चन्द जस्ता बुद्धिजीवि प्राणीहरु राष्ट्रको लागि ठूलो चिन्तन गरिराखेको बेला किन समेट्न सकेनन्, हाम्रा महान पुष्पकमल दाहाल जस्ता नेताहरुले, यसमा हाम्रो संका छ, माथिल्लो तहका किन फुट हुन्छ । माथि फुट गराएर के स्थानीय तहमा मेलमिलाप गर्न सकिन्छ । के स्थानीयको मेलमिलापले मात्रै राष्ट्र चल्न सक्छ । यदि देशलाई माथि लाग्ने हो भने यहाँको राजनीतिमा पुष्पकमल दाहाल, केपी शर्मा ओजी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लब, पुर्व राजा लगायतका राष्ट्रिय चिन्तन बोकेका राष्ट्रिय नेताहरुले एक हुनुको विकल्प छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *