नेपालमा छायाँ सरकारको प्रयोग








नयाँ नेपालमा निरन्तर प्रयोगहरु भईरहेका छन्, यस्तो लाग्छ विश्व परिवेशका लागि यो देश प्रयोगशाला बनि रहेको छ । निर्जिव जस्तै लाग्ने प्रतिपक्षको खोजी सत्तारुढका शीषस्र्थ नेताहरुबाट व्यङ्ग्यात्मक रुपमा भईरहेको अवस्थामा नयाँ विडम्बना के पनि भयो भने प्रतिपक्ष त स्वयम् सत्तारुढ दल भित्र नै बलशाली हुँदै गएको छ । त्यसैले त वरिष्ठ भनिएका क. माधव नेपालले स्वयं सार्वभौम संसदको रोष्टमबाट वारिस कोही छ कि बताई देउ भनि रहदा कोष्टारिकाबाट दूरभाष यन्त्रबाट म आउँदै छु भन्ने आकाशवाणी भएछ, यसरी देखिने गरी सत्तारुढ दल सवयम् प्रतिपक्षको भूमिकामा देखिएपछि वैधानिक रुपले प्रतिपक्ष अन्योलमा पर्न गयो तर वर्षौसम्म सत्तासुख भोगेको कांग्रेस पनि कहाँ कम छ र ? उसले देखाई दियो जव सत्ता प्रतिपक्ष कथित उउटै दल हुन सक्छ भने विपक्षी भनिएको दल किन सत्तारुढ नहुने ? त्यसको चमत्कारीक उयायका रुपमा छाया सरकार भनि मन्त्रीज्यूहरुका नाम सार्वजनिक रुपमा घोषणा मात्र गरेन २ कदम अघि बढ्दै सत्तारुढका २१ लाई उछिन्दै २५ मन्त्री बनायो भनि सञ्चार माध्यमहरुमा पढ्न पाईयो, यो हो नि राजनीतिक सुझबुझ, अव संसदमा प्रस्ताव लगेर (त्यो पनि जरुरी सार्वजनिक महत्वका रुपमा) छायाँ मन्त्रीहरुलाई समेत राज्य कोषबाट गाट, झण्डा गाडी अझ तलब भत्ता समेतको व्यवस्था हुनै पर्छ भन्ने चर्को आवाज उठ्न बेर छैन, पंचतन्त्रका कथाहरुमा दिवास्वप्त मनका लड्डु घ्यूसित खाए भने झै भारतका हास्य कवि काका हाथरसीले कल्पना नै गर्नु छ भने मामुली किन पुरै आत्मसात गर्ने भनि कविता रचना गर्नु भए झै नेपालको प्रयोगशालामा छाया सरकार भनेर जुन घोषणा भयो त्यसका लागि बधाई ।
संसदमा ३ वटा विधेयकले सत्तारुढ राष्ट्रपति आफै पनि गहिरो चासो राख्दै २ जना वकील सांसदहरु राम नारायण विडारी, राधेश्याम अधिकारीसँग परामर्श गर्नु भयो भनि समाचार पढ्न पाईयो, अलङ्कारिक राष्ट्रपतिले २२ पटक नीति तथा कार्यक्रममा मेरो सरकार भनि बाचन गर्नु भएको कार्यकारी प्रधानमन्त्रीले शसक्त रुपमा बचाउ पनि गरीरहनु भएको नौलो प्रयोग भईरहेको हुनाले कुनै विषय पनि अनौठो लाग्न छोड्यो । सार्वजनिक लेखा समितिमा विद्युत
प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले ९ अरवको नीतिगत भ्रष्टाचार
गरे भनि एक जना मदनलाल मोदीले आरोप लगाएपछि त्यो प्रमाणित भए झुण्डिएर मर्न तयार छु, भनि आदरणीय कुलमान गर्जिए । कुरा के रहेछ भनि बुझ्दा ९ अरव कथित उद्योगपति हरुले बक्यौता नबुझाएकाले कडाई साथ असूल गर्ने अभियानलाई माननीयले नीतिगत भ्रष्टाचार भनेछन्, यो पनि नयाँ सोच शैली र नेपाली संस्कार नै होला, सरकारी विगो नतिर्नु पनि अधिकार नै हो भन्नेहरुका पनि बारिस त हुनै पर्यो अन्यथा त्यस्तो महत्वपुर्ण समितिमा विगो नतिर्ने आफै त प्रतिरक्षा गर्न पाउदैनन् । त्यसैले हाम्रो संविधानले सवका अधिकार रक्षा गर्ने विभिन्न उपाय व्यवस्थित गरेकै छ । नारायणमान विजुक्छेले प्रचण्डको ५० वर्षे वैवाहिक जीवनको पुनरविवाह उत्सव पप्पु कन्स्ट्रक्सनका तर्फबाट तारे होटलमा व्यवस्थित गरिएको भनि सार्वजनिक रुपमा बोल्दै सर्वाधिक भ्रष्टाचारीको पदवी पनि भिराई दिएछन् भनि समाचारमा पढ्न सुन्न पाउँदा अनौठो आश्चर्य केही नलागि नेपालमा विविध अभ्यास भईरहेको
निरन्तरता अझै देख्न सुन्न पाइने नै छन् ।
नाजी जर्मनीका तानाशाह एडोल्फ हिटलरका संचार मन्त्री गोयवल्स निकै चर्चित छन् । उनको भनाई अनुसार एउटा झुठ १० पटक दोहर्याउदा साँचो हुन्छ भनि प्रोपगण्डा बारको सञ्चालन गरे जुन केही समयका लागि सफल रहेकै हुनुपर्छ त्यसैले सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्ने क्रममा छाया सरकार निकै सहयोगी र नयाँ नेपालको सफल प्रयोग सम्भव छ भनि अभियान सञ्चालित भएको हुनु पर्छ हेलिकोप्टर चढेको रहरलाई वैलगाडा चढी यहि गन्तव्य र बोईड भन्दा पनि सपना त साकार होला नै, यो संसार मिथ्या हो मायाजाल हो यावत स्वप्न हुन भनि ऋषिहरु मध्ये केहीका दर्शन अकारण त होइनन् त्यसैले सरकार वास्तविक अर्कै भए पनि छाया सरकार भनि आधिकारिक घोषणा त गर्न पाईयो नै यसलाई सामान्य उपलब्धिका रुपमा लिनु हुदैन, त्यसैले मन्त्रीज्यू छायाकै रुपमा भए पनि प्रतिपक्षी नेतालाई कानूनले नै सुविधा प्रदान गरेको छ भने उनका मन्त्रीहरु त्यो सुख भोगबाट बन्चित गर्नु पाप हो अन्याय हो, ढिलो चाणो ओली सरकारले त्यसलाई सम्बोधन नगरी सुकै छैन भन्ने लाग्छ, भत्ता गाडी कार त जन्म शिद्ध अधिकार नै होला ।
सरकार, छाया सरकार जो जे भए पनि यसलाई आम सर्वसाधारणले ठूलै उपलब्धी मान्नु पर्ने होला । पहाडी लोकोक्ति छ “उजड्डी किर्मुली प्वाँख”
वलियो धरातल बनि रहेको छ, विदेश जाने युवा युवतीको संख्या करोड नाघेकै होला । बृद्ध र वालबालिका मात्र रहेपछि शान्ति त स्वतः हुने नै होला, शासक छाया शासक सबैको तुफान पहिलेको शान्तिले नै त विराट परिवर्तन हुन्छ ।







