युवाहरुको आकर्षणको केन्द्रविन्दु झोलुङ्गे पुल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ४ जेठ
कञ्चनपुरको दोधरा चाँदनीमा अवस्थित एसियाकै दोस्रो लामो झोलुङ्गे पुल युवाहरुको आकर्षणको केन्द्र विन्दु बनेको छ । झोलुङ्गे पुल पर्यटकीय गन्तव्यको रुपमा
परिचित भएको छ । निकै मन लोभ्याउने खालको फोटोहरु खिच्न अति नै रुचाउने गरेका छन् । कञ्चनपुरको पारी दोधारा चाँदनी र वारी भीमदत्त नगर जोड्नका लागि ०६१ सालमा स्थानीय सडक तथा पूर्वाधार विकास शाखा (डोलिडार)ले पुल बनाएको थियो । आठ ठुला रतीन साना पिल्लर सहित निर्माण भएको झोलुङ्गेपुल एक हजार चारसय ९६ मिटर लामो छ ।
२०५७ सालदेखि निर्माण कार्य शुरु भएको पुल ०६१ मा चार बर्ष लगाएर निर्माण कार्य पुरा भएको थियो । स्वदेशी तथा विदेशी पर्यटकले दोधाराचाँदनी झोलुङ्गे पुलको अवलोकन गरिरहेका छन् ।
छेउमै रहेको हात्तिसार, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकन सकेर पर्यटक पुलको अवलोकन गर्दै एकल, सामुहिक फोटो सेसनमा व्यस्त हुन्छन । अधिकाँस पर्यटक स्मरणका लागि समेत पुलबाटै सेल्फी लिईरहेका भेटिन्छन् ।
महाकालीपारी दोधारा–चाँदनीका जनतालाई जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्का लागि पुल निर्माण गरिएको थियो । पुल निर्माणले महाकालीपारीका जनतालाई यातायातको सुविधा संगै उनीहरुको जनजीवनमा समेत आयाम ल्याईदिएको छ । पुल निर्माणले नेपाली नागरिकलाई आफ्नै भूमिमा आउन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । पुलले पारीका जनतालाई सुुविधा मात्र नभई समग्र कञ्चनपुरको पर्यटकिय आकर्षणको केन्द्र बिन्दु बनाएको छ । महेन्द्रनगरदेखि झण्डै ८किलोमिटर दुरीमा रहेको पुलसम्म यातायातका सवारी साधनले थप पर्यटकलाई सुविधा पु¥याएको छ ।
पुल छेउकै स्थानीय होटेल व्यवसायी दिल बहादुर सिहले पुल निर्माणभएसंगै पर्यटकको चाँप बढेको बताए । ‘पुल बनेपछि देशविदेशका पर्यटन आउँछन, ‘उनले भने, ‘पर्यटकको मनै लोभ्याउने खालको पुल बन्यो ।’ पुल निर्माणसंगै वारीपारीका स्थानीयले
रोजगारी समेत पाएको उनले बताए । पारी र वारी पसल थापेर बसेका स्थानीय लाभान्वित भएका छन् । उनका अनुसार शनिबार दैनिक ५ सयको हाराहारीमा पर्यटन आउँने गर्दछन् । स्वदेशी र विदेशी मध्ये भारतीय पर्यटक आउने गरेको उनले बताए । अर्का स्थानीय खडक रावलले पुल अवलोकनका लागि हिउँदे सिजनमा बढि पर्यटन आउने गरेको बताए । उनका अनुसार विभिन्न विद्यालय, क्लब, समुह पुल हेर्न र पिकनिक खान आउने गर्दछन् । पुल क्षेत्रका पिकनिक स्पोर्ट र शौचालय हुनुपर्ने उनको भनाई छ । पर्यटकका लागि भरपुर सुविधा हुनुपर्नेमा उनले जोडदिए । समय समयमा पुल मर्मत गर्नुपर्नेमा समेत उनले जोडदिए । स्थानीय सरकारले समेत एसियाकै दोस्रो लामो झोलुङ्गे पुललाई पर्यटकिय गन्तव्य र थप सौन्दर्यताका लागि पहल गरिरहेका छन् ।
भीमदत्त नगरपालिकाले महाकाली झोलुङ्गे पुल क्षेत्रलाई पर्टकीय गन्तव्य बनाउनका लागि गुरुयोजना अघि सारेको छ । भीमदत्त नगरपालिकाका प्रखुम सुरेन्द्र विष्टले चालु आर्थिक बर्षमा ५० लाख रकम विनियोजन गरेको बताए । उनका अनुसार शौचालय निर्माणका लागि १० लाख र मर्मतका लागि प्रदेश सरकारबाट ५० लाख रुपैया विनियोजन गरिएको छ । ‘पुललाई थप सौन्दर्य बनाउन प्राविधिक टोली खटाएका छौँ, ‘भीमदत्त नगरका प्रमुख विष्टले भने, ‘झोलुङ्गे पुललाई प्रदेशकै प्रमुख पर्यटकिय गन्तव्य बनाउँछौँ ।’
पुल अवलोकनकर्ताको तथ्याङ्क संकलनका लागि समेत नगरपालिकाले पहल थालेको मेयर विष्टले बताए । भीमदत्त नगरले उत्तरमा जैविक दक्षिणमा पर्यटन मार्गसंगै शुक्लाफाँटा र झोलुङ्गे पुललाई एकिकृत रुपमा जोड्न प्रयास थालेको छ । भीमदत्त नगरले यहाँका पर्यटकिय गन्तव्य विस्तारका लागि सरोकारवालासंग हातेमालो गर्ने जनाएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *