सरकारले ल्याउन लागेको मिडिया विधेयक खारेजीको माग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३ जेठ
सरकारले ल्याउन लागेको प्रतावित नेपाल मिडिया काउन्सिल विधेयक खारेजीको माग राख्दै कञ्चनपुरमा समेत आन्दोलन गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अगुवाईमा शुक्रबार आन्दोलन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आ–आफ्ना सञ्चार माध्यम सहित प्रर्दशन गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले प्रस्ताविक नेपाली मिडिया विधेयकले पत्रकार विस्थापित हुने भएकाले जनताको खबरदारी गर्ने संस्था नै हराउने भ्रष्टाचार मौलाउदै दण्डहिनता हुने भएकाले विधेयक संशोधनको माग गरे । अध्यक्ष अवस्थीले विश्वका अन्य मुलुकले पनि पत्रकार नियमन गर्ने बनाईएको कानुन कडा नभएकाले नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि दुभाग्र्य भएको बताए । विधेयक खारेजी नहुन्जेलसम्म आन्दोलन जारी राख्ने महासंघले चेतावनी दिएको छ ।
सरकारले मिडियामाथि यस्तो विधेयक ल्याएर मिडियालाई आफ्नो कब्जामा राख्न खोजेको छ राज्यको चौथो अंगको रुपमा भएपनि सरकारले यसलाई दमन गर्न खोजेको मिडियाकर्मीहरु बताउँछन् । मिडियालाई अधिकारबाट बन्चित गराउन खोजिरहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *