राष्ट्रमा एकता चाहिएको छ तर नेता अनेकता चाहन्छन्

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज होईन नेपालमा प्रजातन्त्र आएदेखि नै एकताको संकट आईपरेको थियो २००७ साश डुबाउने संकेत किन देखिए भने जनतामा मेरो देश भन्ने भावना त थियो तर अनेकतामा फसाउने हितको नाममा अहित रुचाउनेहरु भने धेरै थिए, नेपाललाई बाह्य शक्तिले आफ्नो कब्जामा ल्याउने संकेतबाट सतर्क भई राजा महेन्द्रले केवल देशकै लागि कदम उठायो जुन कदममा रिस्क थियो आफू मारिने सम्भावनामा पनि कमि थिएन ।
प्रजातन्त्र कुन खालको ठिक बेठिक भन्नेमा मन्थन भई रहेको थियो चीनको जस्तो राखे भारत रिसाउने भारतको जस्तो राखे चीन रिसाउने अवस्था थियो अन्तमा दुवै देश सित नमिल्ने खालको निर्दलीय पंचायत प्रजातन्त्र नामको व्यवस्थाको सुत्रपात भयो । जुन ३० वर्ष चल्यो, त्यसबेला देशमा बाध्यात्मक एकताले डोरिने र डोर्याउने प्रयास भए । गाउँ पंचायतदेखि राष्ट्रिय पंचायतसम्म गठन भयो अवस्था अनुसारको प्रजातन्त्रको स्थापना त भयो जसलाई निरंकुश भन्ने गरिन थाल्यो । निर्दलमा बहुदलका सम्भावना थोरै थिए अन्तमा देश दुई दलीय झै थापा पक्ष र चन्द पक्षले देशमा राजनीतिक खेल खेल्यो । १७ सालको कदमपछि जनकपुरमा राजा महेन्द्रलाई मार्न बम प्रहार गरे राजा बसेको तर्फ बम नलागी अर्को ठाउँमा लाग्यो राजाको जीप क्षेत विक्षेत पारिदियो जुन जीप अचेल छौनी संग्रहालयमा राखिएको छ । एकताको प्रयास राजा महेन्द्रले गर्यो अन्तमा “भय विना पिरती नहोई” भन्ने नीति अनुरुप कम्युनिष्ट, ने.का. का केही उच्च नेता सितको एकता भयो त्यो एकताले थप एकताका प्रयास भए विद्धान विपक्षीहरुले राजा महेन्द्रका भावना बुझ्यो । राजाको समय महेन्द्र देखि विरेन्द्र तथा राजा ज्ञानेन्द्रको पालामा समेत मदेशको हित गर्न मदेशबाट उच्च ओहदामा पदासिन गरिए प्रधान न्यायाधीश, राष्ट्रपति,
उपराष्ट्रपतिको स्थान हालसम्म रहेकै छ भन्न सकिन्छ । मदेशमा राजा विरेन्द्रको पालामा पनि एकतामा आँच आएन, महेन्द्रले त झन विरगंज चीनि कारखाना, ज.चु.का लगायतका थुप्रै कारखाना मदेशी जनताको सुविधाको लागी तराईमा नै राखे ।
अन्तराष्ट्रिय बहुराष्ट्रिय सहयोगी संस्थाहरु जस्तै केयर नेपाल जस्ता उच्च कोटीका संस्था मार्फत पनि तराईको विकासमा लगाए । राजा र राजसंस्था केवल देशको हितको लागी काम गर्दथे काम गराउने अधिकारीहरुले भ्रष्टाचार गरेको थाहा पाएपछि कडा कारवाही गरिन्थ्यो यौटा उदाहरणको लागी भन्नु पर्दा २०७२ सालको भूमिसुधार क्रान्तिपछि गाउँ गाउँमा अन्न बचतका भकारीहरु राखिए । ब.स.नि.हरु त्यसको जिम्मा लिने गर्दथे एकदिन पिपलाडी बेलौरीमा एकजना बसईले धान बेची भकारीमा भूस भरी आयो लगायो निभाउने प्रयास गर्दा पछि त्यस भकारीमा धान नभई भूस भरिएको भकारी रहेछ । त्यसैमा आगो लगाई आगो लाग्यो धानको भकारीमा भनि जाहेर गर्दा चेकजाँच गर्दा एकदाना पनि धान नभई भूस बलेको देखिदा भ्रष्टाचारी माथि कारवाही गरी नोकरीबाट बरखास्त गरेकाले सोही रिसले राजा महेन्द्रको नामको महेन्द्रनगरको नाम बदली २०६२÷०६३ पछि भीमदत्त नामाकरण गर्न भ्रष्ट नेताका नक्कलीहरु सफल भएपनि अन्तमा इतिहास आफै आफ्नो ठाउँ खोज्नेछ जनता जागरुक हुनेछन् र यी इतिहास मेटाउने भ्रष्टमाथि कारवाही गर्नेछन् । यस्तै कामले आज पनि एकताको मार्ग बाधक भएको छ ।
देशको हित भन्दा आफ्नो हितमा नेताहरु तल्लिन भएको समयमा हामीलाई पनि लाज लाग्दछ । देशभर यहि व्यक्तिगत स्वार्थले गर्दा गुट उपगुटमा देश विभाजित भएको छ ।
राम्रो कामलाई राम्रो भन्न नसक्ने विपक्षी नेता जनता छन् भने नराम्रै भएपनि राम्रो छ भन्ने अर्को पक्षका नेता र जनता छन्, भने तेस्रो पक्षले यी दुई पक्षको अचाकली मनमानी देशको अहित निजी स्वार्थमा डुबेका भन्ने अर्थ लगाई त्यही निर्मूल पार्ने निहुँमा जंगल पसेर जसरी पनि आफुले चाहेको काम कुरा गर्न गराउन चाहन्छ । जस्तो कि सुरुमा माओवादीको एकता, माओवादीका नीति निर्देशन रक्सी जुवा तास बन्द, सर्वाजनिक हितका कार्यहरु जनताद्वारा सजिलैसित गराउने गरेका थिए । जव यिनीहरु पनि सत्ताको स्वादमा डुवे अनि देशलाई पनि रसातलमा डुवाउन खोजेका छन्, त्यसको उदाहरण हो, माओवादीले खराव नेतृत्व लियो, प्रचण्डा बाबुराम जस्ताले देश विगार्यो भन्ने भन्ने भनाई राखेर विप्लप माओवादी पुनः माओवादीकै नाममा जंगल पसेको छ । आज माओवादीलाई नै आतंककारी घोषणा गरेको छ । एवं क्रमबाट देशमा द्वन्दको गति तीब्र गतिमा बढ्दै गएको छ । जसरी आज एउटा विद्धान व्यक्ति जसले १७ औं हजारको हत्या गरिदा आफू बहाल रहेको माओवादी पार्टी परित्याग गर्न नसकी अन्तमा गएर माओवादी पार्टी ठीक होईन त्यसका प्रमुखले लडाकुको नाममा खरबौ रकम भ्रष्टाचार गरेको छ । मैले त्यो भ्रष्टाचार सहन नसकी त्यो पार्टी परित्याग गरी नेपालमा एउटा नयाँ पार्टी खोलेर जसको नामै नयाँ शक्ति नेपाल पार्टी राख्यो, त्यो पार्टी पनि ठीक लागेन भनेर अरु सित एकिकरण गर्न नयाँ शक्ति पार्टीलाई पनि परित्याग गरी आज समाजवादी पार्टीमा विलय भएका छन् बाबुराम भट्टराई । भन्नुस् के यो देशमा एकता होला ? नेताहरुमा त फूट छदैछ देखिएकै छ, जनतामाझ पनि अप्ठ्यारा फूटहरु ल्याई देशलाई कसैको गुप्तचर संस्थाको रुपमा स्थापित गर्न खोजिएको छ । नेपालका हरेक कुराहरु बाहिर जान्छन्, भित्र आउदैन, यस्तै विडम्बना भएको छ । एकताको कुरा गर्ने हो भने राजसंस्था जिवित रहेको बेला एकता गर्न नसकेपनि आज राजसंस्थाले संस्था छोडेपछि राजा, नेता, जनता मिलेर देशमा जुनसुकै व्यवस्था कायम गरी जनतालाई सुख सुविधा दिन सकिने अवस्था आईपरेको छ । यो कुरालाई गम्भिर सोच्नुपर्ने नेताहरुको दायित्व देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *