प्रेसमाथि अंकुश लगाउनु कपट हो








आज प्रेसमाथि प्रत्यक्ष अप्रत्यक्ष जुन अंकुश लगाउन खोजिएको आभास भएको छ त्यो असाध्यै दुःखद हो । प्रेस जगत सरकार तथा
राष्ट्रको आँखा हो । देश सरकारले र विद्वानहरुले अध्ययन गर्न सक्नु पर्दछ । विरोध गर्नुमा भन्दा विरोध ग्रहण गर्नेलाई फाईदा हुन्छ ग्रहण गर्न सिक्नु र सक्नु पर्दछ । विना विरोध कुनै काममा पनि मजा आउदैन । जव सत्तापक्षले गलत काम गर्छ त्यो गलत कार्यलाई ठिक गर्यौं भन्ने हो भने शासक अन्धो हुनेछ र जनता माथि अन्याय हुनेछ ।
जव भारतले उपनिवेशबाट स्वतन्त्रता पायो विशाल भारतका प्रधानमन्त्री पंण्डित जवाहरलाल नेहरु भए सारा भारतीय जनताले अपमान पाएको बेला नेहरुले जनताको कदर गरे प्रजातान्त्रिक शासन पद्धति चलाए कतै कहिबाट कुनै पनि पत्रिकाले उनका केही कमी कमजोरी र गल्ती भए पनि ढाकछोप गर्न लागे । मैले भूलवस यस्तो गल्ती गरेको छुँ भन्ने थाहा हुन्थ्यो नेहरुलाई एक दिन काल्पनिक मानिस खडा गरी आफ्नो विरोध गर्न लगायो मिडियाहरुले पनि त्यसपछि अध्ययन गर्न थाले र नेहरुका कमि कमजोरी देखिएको जनतामाझ ल्याउदा अत्यन्त खुसी भए आफ्नो गल्ती तथा अन्य सुझावहरु मिडियाहरुले दिदै गए नेहरुले पालना गर्दै गए अन्तमा तिन पिडिसम्म जवाहरलाल नेहरु, उनकी छोरी इन्दीरा गान्धी र त्यसपछि राजिव गान्धीले लगातार भारतको बागडोर आफ्नो हातमा लिन सफल भए । हामीसँग एक अवधि पनि पुरा गर्न सक्ने नेता कोही पाईएन गिरिजा प्रसाद कोईरालालाई मौका मिलेको थियो बहुमतको सरकार थियो विपक्षी पार्टी तथा मिडियाहरुको विरोध सहन नसकी सांसद भंग गरी पुनः निर्वाचन गर्यो त्यसपछि झन तल झर्नु पर्यो । विरोध र सल्लाहको कदर गर्न नसकेकोले समयको उपयोग गरी बाबुराम र पुष्पकमल दाहाल गाउँ गाउँ पशे जंगलबाट जनआन्दोलनको नाममा १७ हजार भन्दा बढी जनताको नरबली भयो गर्यो । मिडिया तथा प्रतिपक्षीको सुझाव अनुसार चलेको भए आज नेपालले सकारात्मक बाटो लिने थियो यहाँ त राजनीतिक पार्टीहरु मिडियाहरुलाई पार्टीका पम्पलेटको रुपमा राख्न थाले मिडियाहरुलाई राष्ट्रको पक्षमा होइन कि आफ्नो पक्षमा उभ्याउन थाले पत्रिकाहरु पनि सजिलै सित चिनिन थाले । प्रेस काउन्सील नेपालबाट निश्पक्ष मुल्यांकनको प्रयास भएपनि पत्रिका वर्गिकरण गर्ने समिति भित्र पार्टीको बाहुल्यता घुसेको हुँदा गुणगान नगाउने पत्रिकाहरुलाई सामान्य आरोप लगाई ख बाट सिधै “घ” मा झारेका र कसैलाई वर्गिकरणबाट हटाई दिने कर्मकाण्ड त गत विगत देखि चलि आएकै भए पनि यस वर्ष भने अलि ज्यादै पेच लगाएको महसुस गरेका छौं ।
आज धेरै जसो पत्रिकाहरु अदृष्य तथा केही पत्रिकाहरु राजनीतिक पार्टीका प्रचारककै रुपमा बाध्य भएर हो अथवा पार्टीहरुले नै खोलेका हुन्, कि भन्ने आशंका उब्जिएको छ । पार्टीहरुका भातृ संगठनको रुपमा मिडियाहरु रहनु यस देशको लागि दुःखको कुरा हो । जुन मिडियाले कुनै पनि पार्टीको गुणगान गाउन सक्दैन यथेष्ट मात्रामा यथार्थ कुरा लेख्न चाहन्छ भने उसलाई तल झार्ने प्रयास अवश्य भएको छ । केही मिडियालाई त राजनीतिक पार्टीहरुले आफ्नै तरिकाबाट नियन्त्रण गरिसकेका थिए भने अब विपक्षी देखिने पार्टीसँग आवद्ध रहेका मिडियाहरुलाई पनि अप्रत्यक्ष तरिकाले कन्ट्रोलन गर्न खोजिएको छ, तैपनि सत्तापक्षका मिडियाहरुलाई कुनै असर नपर्ला भन्न सकिदैन जस्तो आज राष्ट्र डगमगाई राखेको छ र अनेकताको बीउ रोपिएको छ । त्यसैगरी सत्ता पक्षका मिडियाहरु पनि संकटमा नपर्लान भन्न सकिदैन । शासकलाई मिडियाहरुलाई फूट गराई शासन गर्ने शैली अवशय राम्रो देखिए पनि वास्तवमा यसरी सत्ता पक्षलाई ठूलो नोक्सान हुनेछ, त्यो नोक्सान हुनु भनेको राष्ट्रको नोक्सान हो त्यसकारण मिडियाहरुले मर्यादित हुनै पर्दछ र आफ्नो सत्यतथ्य कुराको
जानकारी जनतालाई गराउनै पर्दछ । त्यसैगरी राजनीनैतिक नेताहरुले पनि पार्टी पार्टीहरुबीच बैमनश्यता ल्याउने खालका भाषण भिषण र गफ गर्नु भन्दा निश्पक्ष भएर मिडिया मार्फत देशको स्थिति सार्वजनिक गर्न दिनुर्पछ । मिडियाहरुले देखाएको बाटो अंगाल्न सक्नुपर्छ । त्यो नै यस देशको हित हुनेछ र मिडिया माथिको अंकुश पनि टुट्ने छ ।







