नियतको प्रमाण पत्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आम सर्वसाधारणको मनमा ज्ञात अज्ञात रुपमा उठ्ने गरेको गहन जिज्ञासाको विषय नियतको प्रमाणपत्रका लागि के के आवश्यक पर्ने होला भनि व्यग्र रुपमा खोजी भएकै हुनुपर्छ । चरित्रको प्रमाण पत्र सामान्यतया आवश्यक परि रहन्छ । यसको अभावमा अनेक क्षेत्रमा कठिनाई पैदा हुन सक्छ । कुनै यस्तो क्षेत्र पनि छ । जहाँ योग्यता, क्षमता नियत प्रतिभा केही नभए पनि उपलब्ध छ त्या ऐश्वर्य अकारणको मान सम्मान तडक भडक, अरु भन्दा श्रेष्ट हुन सक्ने प्रचुर सम्भावना छन्, त्यो भनेको नेपाली राजनीति मात्र छ । दलीय व्यवस्थाले बरदानका रुपमा दिएको अमुल्य निधि ताकतवर दलसँग आवद्ध रहनु नै हो भन्ने समय क्रमले प्रमाणित
गरि दिएको छ । जति सुकै ऐन कानून, संविधान बनाए पनि सर्बोपरी बाहुबलीहरुका लागिकुनै बन्धन छैन । किन भने बर्ग समन्वयका नाममा विशिष्टकृत समाज निर्मित हुन लागेको छ ।
अहिले मुलुकभर खासगरी सञ्चार जगतमा मिडिया काउन्सिल विधेकले तरंग ल्याएको छ । यसमा आश्चर्य अनपेक्षित अस्वभाविक केही देखिदैन । नयाँ नेपालको जग हल्लिने निरन्तरता अनौठो पनि हुन सक्दैन । प्रेस काउन्सिल समेत नभए पनि मान सम्मानको रक्षाका लागि मुलुकी देवानी फौजदारी संहिता साईबर क्राईम्स समेतमा विभिन्न कानूनि प्रावधान सजाय उपचार, क्षतिपुर्ति समेतमा यथेष्ट व्यवस्था गरिएको
छ । यस्तोमा २५ हजार देखि १० लाख सम्म जरिवाना लगायतको आवश्यकता स्वच्छ पत्रकारिताको संरक्षण भन्दा पनि यावत अधिकार (सेना समेत) आफुमा केन्द्रित गर्ने प्रधानमन्त्रीको नियत भित्र लुकेको आकांक्षा सर्वशक्तिमान राज्यका सम्पुर्ण अंगहरुमाथिको निर्वाध नियन्त्रणको चाहना छिप्ने विषय नै
रहेन । त्यसैले ऐन कानुन कर्म भन्दा पनि वास्तविक तथ्य अन्वेक्षण गर्ने हो भने नियत खोज्नु पर्ने हुन्छ ।
समाचारको निरन्तरता भित्र ब्रहमलुट सामान्य खबर बनि सकेको छ । यस क्रममा भु माफिया करतुतका लागि छानविन हुनु निकै प्रशंशनीय काम हो तर पहिलो गासमा नै ढुंगा भने झै वाईडबडीमा मन्त्री दोषी छैन, ललिता निवास जग्गा लुट प्रकरणमा महासचिव निर्दोष मात्र होइन क्षतिपुर्ति समेत पाउनु पर्छ भनि स्वनाम धन्य मन्त्री समेतबाट बाणी प्रकट हुनु माधव नेपाल प्रधानमन्त्री हुँदा भएको मन्त्री परिषद् निर्णय लुटकै बुनियाद हुने समाचार आई रहदा बाँकी को नै रहे ? अख्तियार प्रमुख मुख्य सचिव, राजदुत, मन्त्री परिषद, सत्तारुढ दलका शिर्षस्थहरु समाविष्ट भएपछि संस्कार संस्कृति नै भिन्न प्रकृतिको पैदा भएको स्पष्ट छ । भ्रष्टाचार रकम असुल्नु पक्षपात नाताबाद कृपावाद, आजका विशेषता बनेका छन् । पवित्र न्यायालयहरु समेत दुर्गन्धित बनाउने धृष्टता सामान्य विषय हुन सक्तैन, सेनामा समेत अनेक किसमको खबर प्रसारित हुन प्रारम्भ भईसकेपछि के बुझ्न कठिन छैन भने नेपाललाई असफल राष्ट्रमा रुपान्तरित गरी समाप्त पार्ने बलियो पृष्ठभुमी निर्माण तिव्र गतिमा चलिरहेको छ । आम सर्वसाधारणका मन मष्तिष्कमा देशका लागि कसैले केही गर्लान भन्ने आकांक्षा आशा
भरोसा पटक्कै हराउन लागेको छ । सामान्य जनका लागि सुविधा रहोस भनि स्थानीय तहका सरकार समेत बने तर ठुलो लुट बेरुजु बेतिथि जताततै व्याप्त भयो । भोकाएका कति रहेछन् पालो कुरी बसेकाहरुले अलिकति मौका पाउने वित्तिकै ब्रहमलुटमा पछि नपर्ने नियत र अठोट देखियो कुनै आशा भरोसा हुन्थ्यो भने लाखौ होइन करोडौ नेपाली दासत्वको जीवन विताउन नरक सरहको यात्रा किन गथ्र्यौ ? कुनै रकम वा योजना प्रारम्भ नहुँदै कसको लुट कमिसन कति भनेर छिना झपटी भएका समाचार अनौठा हुन छोडे । लगभग पुरा हुन लागेको मेलम्ची किन रोकियो ? भागबण्डा त कानुन भन्दा पनि ठुलो प्रभावकारी बनि सकेको छ विभिन्न टुडे युनियनका नाममा दलिय स्वार्थ
विकराल मात्र होइन अधिकार कै रुपमा स्थापित भई सकेको छ । प्रायः जसोको नियत माथि शंका उत्पन्न हुने परिस्थितति निर्माण भएको छ । इमान्दारलाई समाज परिवार समेतले निकम्मा मुर्ख सम्झने स्वाभाविक प्रवृति चुनौतिका रुपमा देखा परि रहेको छ । स्वाभिाविक रुपमा त्यस्ता कथित इमान्दार स्वाभिामानी प्राणीहरुका मनमा पनि जीवन बाच्ने यथार्थ कला नजाने कै रहेछु भन्ने हिनता बोध उत्पन्न हुदो रहेछ भनि स्वयम शिद्ध अनुभवबाट लेखि रहेछु । जीवनको
उत्तरार्धमा आफ्ना मनमा गहन चिन्तन यो भएको छ कि तथाकथित आदर्श स्वाभिमानले त गुमनामीको र अन्ततः असफल जीवन मात्र हात लाग्ने आत्मज्ञानको उदय भएकोले नियतका सम्बन्धमा सान्दर्भिक लागेर यो मृगतृष्णा र अरण्य रोदन विश्लेषण गर्न खोजेको हुँ । असल मानिस किन हुनु पर्ने ? नियत देश भक्तिबाट धन र धर्म त केही हुँदैन भने व्यर्थ चिन्तन किन गर्ने एउटा कहावत छ ‘Do as Remains do’ बाच्नु छ भने समाजको गति र नियत परम्परा बमोजिम चल्ने हो । अन्यथा घरको न घाटको अवश्यम्भावी नियती बन्छ । राष्ट्र नै आफ्नो हो होइन भनि भ्रम उत्पन्न हुन लागे त्यस्ता देशबासीमा
राष्ट्रभक्तिको कल्पना मुर्खता सिवाय अरु के होला ? तर के यही अन्तिम सत्य हो र ? त्यस्तो हुन्थ्यो भने मानवता समाप्त हुन समय नै लाग्ने थिएन त्यसैले कर्मका साथ त्यस भित्रको नियत प्रवल हुने हुनाले
आम सर्वसाधारणले निष्टा पुर्वक नियतको प्रमाणपत्र बनाउनु र दिनु अनिवार्य भई सकेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *