माओवादीका जेष्ठ तथा संस्थापक नेता प्रचण्ड र चन्द विप्लबमा के फरक छ ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कुनै पनि जनता, नेता, कर्मचारी तथा अन्य सर्वसाधारण समेत नयाँ नयाँ राज्य व्यवस्था सुश सुविधा चाहन्छन्, त्यही सुख सुविधाको खोजी गर्दागर्दै जनताका भावना बुझी पुष्पकमल दाहालको नेतृत्वमा र डा. बाबुराम भट्टराईको अग्रसरमा नेपालमा माओवादी आन्दोलनको घोषणा २०५२ सालमा भयो । जसको हेडक्वाटर दिल्लीको न्वयडामा रहेको थियो भने त्यहीबाट निर्देशन भईरहने गर्दथ्यो र माओवादीका सेनाहरुलाई तालिमको व्यवस्था पनि देहरादुन लगायतका विभिन्न ठाउँहरुमा भएको थियो । हातहतियार समेत भारतबाटै प्राप्त भएको थियो भनेर हामी किन भन्न सक्छौ भने नेपाललाई हतियार दिएको भनेर एक जना विहारको प्रमुख प्रहरी अधिकृतलाई निलम्बन गरिएको थियो ।
त्यसपछि हतियार र तालिम प्राप्त गरेपछि नेपालका गाउँघर कब्जा गरी आफ्नो शासन व्यवस्था गाउँबाटै सुरु गरी अन्तमा केन्द्रीय सरकारलाई कब्जामा लिएको थियो । नेपाल सरकारका सम्पूर्ण पदाधिकारीलाई अर्थात नेपाली कांग्रेसका गिरिजा, एमालेका माधव नेपाल लगायतका ७ दलहरुलाई सातमा लिएर माओवादीका प्रचण्डले हतियार सहित काठमाडौंमा प्रदर्शन गरेकै आधारमा नेपालको राज्य व्यवस्था परिवर्तन भएको इतिहासले देखाएको छ ।
नेपालले के कति जनतालाई गुमायो, के कति बेपत्ता पारिए त्यसको खासै एकिन नभएपनि जुन डाटा लिएको छ । त्यसलाई नै एकिन मान्न सकिन्छ । त्यसकै आधारले आज संविधानसभा बन्यो, नयाँ निर्वाचन पनि भयो, राजसंस्था पनि हटायो, देशमा के भयो के भएन, हामी सबैका सामुमा छ । त्यो ठीक थियो वा बेठिक यसको मुल्यांकन गर्ने जिम्मा पाठकहरुको नै छ ।
अव आयो कुरा विप्लव माओवादीको मुल माओवादीलाई प्रचण्ड र बाबुरामले हत्या गरिसक्यो, अब दोस्रो पुस्ताको माओवादी विप्लव चन्द बाँकी रहेको छ । त्यसका गतिविधिहरु पनि प्रचण्ड माओवादी जस्तै हुने हुन अथवा केही भिन्नता हुने हो यो हेर्न वाँकी छ । जेसुकै भएपनि आन्दोलनमा सरकारबाट दुःख पाई सत्तामा पुगेको स्वाद पनि चाखिसकेपछि आज समयमै विप्लब सित मेलमिलाप नगरेर धरपकड कारवाही किन गरिराखेको छ र विप्लब पनि किन वार्तामा आएको छैन, या त शक्ति प्रदर्शन गरी हत्या हिंसा विना राज्यमा उपस्थिति दिई सक्नुपर्यो अन्यथा माओवादी १ जस्तै देशमा जनहत्या रक्तपातको अवस्था ल्याईसकेपछि वर्तमानको जस्तै खास उपलब्धी विना नाम मात्र बदल्ने काम हुने हो भने त्यसको कुनै अर्थ छैन । वार्ता नै गर्ने भए धनजनको क्षति हुनुभन्दा पुर्व नै हुनुपर्यो र जव देशमा हत्यधिक जनजनको क्षति भएर डराई सम्झौता गर्ने हो भने त्यसको के अर्थ हुन्छ ?
अझै समय बाँकी छ, सत्ता पक्ष, विपक्ष तथा समग्र नागरिक समाज सित वार्तालाप गरेर स्थायित्वको बाटोतर्फ निर्धारण गर्न माओवादीका नेता चन्दलाई हामी सबैको अपि रहेको छ । देश सबैको साँझा हो सबैले आफ्नो दायित्व पुरा गर्नुपर्छ । खास गरी मतदाताहरुको गल्तीले आजको यो अवस्था आएको हो भनि भन्न सकिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *