नेतृत्व विहिन कञ्चनपुर

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, २८ बैशाख
कञ्चनपुर जिल्ला नेतृत्व विहिन भएको छ । यसको वारेस कोही छैन यदि छ भने त्यो कतै देखिन सकिएको छैन । अध्ययन गर्ने हो भने पनि सानो रिस बोकी अर्काले बनाएका संरचना ध्वस्त पार्ने काम हुँदा त्यसको रोकथाम गर्ने अग्रप्रक्तिमा रहेको नेतृत्व वर्ग सु.प.ले पाएको छैन भन्न सकिन्छ ।
आज धनगढी विमानस्थल मर्मत भैरहेकोले एक महिनाको लागी बन्द गरिएको सबैलाई थाहा नै छ र यो पनि थाहा छ अत्तरीया गेटाको ५० किलोमिटर भित्रै कञ्चनपुरको महेन्द्रनगरको मझगाउँ विमानस्थलमा २०३२ सालदेखि जहाज चलिरहेका र माओवादी द्वन्द खासगरी नेपालमा बहुदलिय प्रथाको पुनरवहाली भएपछि प्लेन सर्विस बन्द गरियो । त्यो राजनीतिक दावा पेच नै थिएन भन्न सकिदैन ।
हामीले सुनेका छौ भान बहादुर चन्द र लोकेन्द्र बहादुर चन्दले आफ्नै गाउँ पाटन भएर गोकुलेसम्म जहाज पनि लगे सडक पनि लगे, त्यस्तै महेन्द्रनगर हवाई मैदानको निर्माण किन भएको थियो भने सँगै जोडिएको आरक्ष शुक्लाफाँटा क्षेत्र रहेको यहाँबाट पर्यटकीय क्षेत्र देहरादून, मनसुरी बद्रीनाथ, केदारनाथ, नालापानी, हरिद्वार र दिल्ली नजिकै रहेकोले त्यहाँबाट पर्यटकहरु भित्रिने प्रवल सम्भावना रहेको हुँदा भारत र अन्य देशबाट भित्रिने नेपालीहरु सुदूरपश्चिम भरी सजिलै सित यात्रा गर्न सकून भनेर मझगाउँ, पाटन, गोकुले, बझाङ, अछाम मैदान सितको लिंक रहेको हुँदा पंचायतको पालामा बनाएको भन्ने राजनीतिक रिस साध्न यी हवाई मैदान बन्द गरी महेन्द्रनगरको नाम बदली भीमदत्त नामाकरण गरेकाले यहाँका सर्वसाधारण नागरिकहरुले ठूलो असजिलो व्यहोर्नु परेको छ ।
युवाहरु विदेश जान्छन् नागरिकको प्रमाणपत्रमा महेन्द्रनगर नगरपालिकाको प्रमाणपत्रमा महेन्द्रनगर नगरपालिका लेखिएको हुन्छ भने सिफारिसमा भिमदत्त नगरपालिका हुँदा त्यसबारेमा दुवै यौटै हो भनि बहस गर्न विदेशमा कानूनी व्यवसायी पनि राख्नु पर्ने अवस्था आयो । पंचायती व्यवस्थाका निसानी र राजा महेन्द्रका निसानी मेटाउन भ्रष्टाचारी अनधिकृत व्यक्तिहरुले महेन्द्रनगरबाट ७ जनाले गरेका सिफारिसलाई जनताको मत भनि नेपाल
सरकारले पनि महेन्द्रनगर बासीका जनभावनालाई कुल्चेर महेन्द्रनगरको नाम बदली भीमदत्त राखे । तर सेवा सुविधामा भने रोक लगाएका प्रमाण हामी प्रस्तुत के गर्छौ भने २०३२ सालदेखि चालु अवस्थामा रहेको हवाई मैदान र दार्चुला, बैतडीका हवाई मैदान पनि बन्द गरिदियो । नयाँ नेपालको नाममा २०÷२० वर्ष सम्म बन्द हुँदा पनि यहाँको कोही वारेस पाईएन न पुर्व नेताहरुको चासो पाईयो न नयाँ नेताहरुको । आज कञ्चनपुर जिल्ला नेतृत्व विहिन भएको छ । त्यसको प्रमाण हेर्ने हो भने ज्वलन्त उदाहरण महेन्द्रनगर स्थित महाकाली अञ्चल अस्पताल, महेन्द्रनगर नगर विकास समिति र मझगाउँ विमानस्थल लगायत बैतडी दार्चुलाका विमानस्थलहरु छन् । गेटाको विमानस्थल बन्द
रहेको समयमा पनि मझगाउँ विमानस्थल चालु गरि दिएन । हामी निरिह निहत्ताका नेता पनि निरिह र स्वार्थी रहेकोले खेद प्रकट बाहेक यहाँका जनता अरु के गर्न सक्छन् ।
राज्यको चौथो अंग पनि चुप छ, यहाँका जनताका भावना इच्छा आकांक्षा र जायज कुराको उजागर गरिदिदैनन् दुःख लाग्छ ।
हे युवाहरु हो यस प्रदेशका पनि वारेस वन नेताहरु केन्द्र सित मिलि भ्रष्टाचारमा लिप्त भई सके जनताको साँझा सम्पत्ति लुटाउनमा प्रमुख हात पार्टी, नेताहरुकै थियो । महेन्द्रनगर नगर विकास समितिको जिम्मामा रहेको जनताको साँझा सम्पत्तिका हाल सबै सामु छन् बढी नभनौ आफै बुझ्ने कोसिस गरौं ।
कञ्चनपुर जिल्लाको जस्तो समस्या अरु जिल्लामा नहुन सक्छ, किनभने यो जिल्ला पुनर्वास गरिएको क्षेत्र हो । खान लाउन नपुगी पहाडी क्षेत्रबाट पुनर्वास गराईएको हो । त्यसमा पनि पुनर्वास क्षेत्र त झन ऐतिहासिक क्षेत्र नै बनेको छ । त्यो क्षेत्र भारत तर्फ सिमाना घुसेको त्यो सिमानालाई लैजान सिमा पारीका मानिसहरु तयार भएको अवस्थामा पुनर्वास गरिएको हो । त्यति हुँदा हुँदै पनि सिमानाकै लागि त्यहाँ भारततीय प्रहरीबाट गोविन्द नाम गरेका एउटा व्यक्ति भारतीय गोलीद्वारा मारिए । अझै थप सिमा अतिक्रमण भईराखेका छन् । कहाँ के भईराखेका छन्, कसरी नियन्त्रण गर्नुपर्छ समाजको अवस्था के छ । समाज कहाँ दगुरीरहेको छ । २०२८ सालको जनगणनामा कञ्चनपुर जिल्लाको जनसंख्या ६८ हजार मात्र थियो भने आज घना बस्ती भएको छ । र जनसंख्यामा ठूलो बृद्धि भईराखेको छ भने यो क्षेत्रलाई व्यवस्थित बनाउन जनताको साँझा सम्पत्तिमाथिको लुटपाट कम गर्नतर्फ नेताहरुले कञ्चनपुरको लागि ध्यान नदिएर आफ्नो पार्टी, कार्यकर्ताहरुको लागि मात्र ध्यान दिएको देखिन्छ । यसरी नै यो जिल्लाको अवस्था नाजुक भई नेतृत्वविहिन सरह पुगेको छ भन्नु हुन्छ हरिहर पाण्डेय ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *