के भ्रष्टाचार भाषणले रोकिन्छ ?








हामी मानव अधिकार, बाल अधिकार, नारी अधिकार, नागरिक अधिकारको घोषणा मन्चमा गर्छौ र व्यानरमा लेख्छौं तर कार्यान्वयनमा सुन्यता देखिन्छ । भ्रष्टाचार हत्या हिंसा उन्मुलन गर्छौ त्यो पनि मन्चमा तर कार्यान्वयनमा सकिदैन आफैले मात्र भ्रष्टाचार गरेर अरुलाई गर्न नदिए विरोध र असहयोग गरिन्छ । सरकार प्रमुख व्यक्तिहरु भ्रष्टाचार मुक्त हुन चाहन्छन् तर अन्य अधिकारीहरु भ्रष्टाचारमा लिप्त भैहाल्छन् तपाई हामीले सुनेका छौं हरेक नेताहरुका भाषणमा भ्रष्टाचार हुन दिन्नौ कारवाही गर्छौ बरु कोही भ्रष्ट छन् भने गोप्य सुचना दिनुस् भन्ने नारा जही तही लागेका सबैले देखेकै हौ । त्यस बेला जनता खुसी हुन्थे, केही वर्ष पुर्वसम्म तर आज त सबै जनता त हैन तर जो भ्रष्टाचारी सित मिलेका छन्, उनीहरु त्यो नारा सुन्दा निश्चय पनि दुःखी हुन्छन्, कारण उनीहरु पनि ग्रामिण योजनाहरुमा सहभागी भई सक्दो भ्रष्टाचारमा लिप्त भैसकेकाले भ्रष्टाचार विरोधीको भन्दा भ्रष्टाचारमा सिपालु भएकालाई राम्रो मान्न थाल्दछन् ।
भ्रष्टाचार नाराले नभई विरोधी योजना नीति बनाएर रोक्न नसकिए पनि कम गर्न सकिन्छ । कम गर्न पनि २०४६ साल पहिलेको जस्तो सजिलो छैन, त्यसबेला आत्मसंयम, आर्थिक अनुशासन, थोरै मात्रामा भएपनि कायम थियो । एक पटकको सम्झना छ २०४१÷४२ साल तर्फको कुरा हो मालपोत कार्यालय कञ्चनपुरमा विशेष प्रहरीको टोली आयो एक्कसी ४ जनाले पुरा कार्यालयमा छापा मार्यो, मालपोत असुलीको समय थियो फाँटहरुमा गई कारोवार बन्द गरी आधा घण्टा सम्म हिसाब हेर्यो असुली रकम र रसिद सित भिडान गर्यो फरक पर्यो केवल २०÷३० रुपियाँ बढी देखिए २ जनाको रकममा २० र ३० रुपियाँको
फरक परेकोले दुवै जनाको स्थलमा नै १/१ ग्रेड कट्टी गर्यो ।
मालपोत कार्यालयको प्राङ्गणमा रहेका सेवाग्राहीलाई सोधपुछ समेत गरी के कस्तो सुविधा असुविधा र कर्मचारीको व्यवहार कस्तो रह्यो भनि एक एक गरी सोध्यो तर कसैबाट थप रकम लिएको खुलेन २०/३० रुपियाँ बढी देखिएको रकम १०/२० पैसा फिर्ता दिन खुद्रा नभएकोले पचासो व्यक्तिहरुबाट ५/१० पैसाले गर्दै बढी असुल भएको मात्र थियो ।
आज त्यस्तो रकमको त कुनै हिसाब किताब नै छैन, नेता र कर्मचारी एक अर्काका पुरक बनेका छन् । कर्मचारीको सहयोग विना नेताहरुले भ्रष्टाचार गर्न नसक्ने र नेताहरुको सहयोग विना कर्मचारीहरुले अबैध धन कमाउन नसक्ने अवस्था आएको छ । यदि कुनै ठाउँमा बढी भ्रष्टाचार हुन लाग्यो भन्ने हल्ला चल्यो भने मुखिया खरिदारलाई योजनाबद्ध तरिकाले सेवाग्राही हस्ते सरकारी पैसा दिएर घुस लिएको देखाई कारवाही गर्ने प्रचलन रहेको छ ।
नेताहरु त राम्रै हुन तर कर्मचारीले घुस लियो भन्ने देखाउनलाई यी सारा बाहाना गर्दछन् पिपासुहरु । भ्रष्टाचार कुनै पनि नाराले रोकिदैन । योजना बनाउनुपर्छ । जस्तो कि भारतको रोडबेज बसहरुमा परिचालकले टिकट विना कसैलाई बसालेको छ भने पक्राउ गरी बीच बाटोबाट ड्राईभर र परिचालकलाई
गिरफ्तार गरी नयाँ गाडी चालकद्वारा गाडी चलाउन लगाईन्छ । त्यस्तै कारवाही गर्नुपर्छ ।
अनि मात्र अलि डर त्रास हुन्छ । यहाँ त मानव अधिकार छ । मान्छेलाई मृत्युदण्ड दिन पाईदैन तर चीनमा तपाई सबैले देखेकै कुरा हो, भ्रष्टाचारीलाई जो सुकै भएपनि मृत्युदण्ड दिने चलन छ । नेपालमा मृत्युदण्डको कुरा त छोडो नेताहरुलाई भ्रष्टाचार गरे वाफत पाँच दश वर्षसम्म निर्वाचनमा उम्मेद्वारी दिन नपाउने र कर्मचारीहरुलाई भ्रष्टाचारमा लिप्त भएको पाईए उसका सेवा सुविधाहरु कट्टी गरेर सजाज दिनुपर्ने त सकिने थियो, तर यहाँ त्यस्तो गर्न चाहदैनन्, किनभने नेताहरुको रोजीरोटी सिद्धिने खतरा हुन्छ । त्यस कारणले बढी लोभी पापी नभएकाहरुलाई जिम्मेवारी दिन चाहन्छन् ।
भ्रष्टाचार त यस्तो विषय रहेछ जसले रोक्ने खोज्छ उसै कहाँ गएर बडल पुरस्कार सहित बसिदिने भएकोले भ्रष्टाचार निर्मूल गर्न कुनै हालतमा पनि नसकिने देखिन्छ । यदि सम्पूर्ण सेवाग्राहीहरु र कर्मचारीहरु इमान्दार भएपछि मात्र भ्रष्टाचार रोकिन सक्छ । तर निर्मुल पनि कुनै हालतमा हुदैन । यीनीहरु जतिसुकै ठूले स्वरले भ्रष्टाचारको विरुद्धमा कराउन केही हुनेवाला देखिदैन ।







