गरिव देशका गरिव शरणार्थी माथि अन्याय किन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालमा प्रवेश गर्ने पहिला शरणार्थी हुन तिब्बती जसको संख्या अझै लगभग १२ हजारसम्म छन् । नेपालका २१ जिल्लाहरुमा बसी
रहेका छन् । ६० वर्ष पुर्व नेपाल तथा भारत पसेका थिए । अझै वापस भएका छैनन् । तिब्बती शरणार्थीहरु चीनको विरोध गर्छन, कि भन्ने डर चीनलाई पनि थियो तर नेपाल चीनको मित्रताले नेपालबाट चीनको विरोध कोही पनि गर्दैनन्, तर दलाई लामा लगायतका तिब्बती शरणार्थी भने भारतको हिमाञ्चल प्रान्त स्थित धर्मशालामा बस्दै आएका छन् । उनीहरु चीन विरोधी गतिविधि सुरु देखि गर्दै आएका गुनासाहरु थिए । तर नेपालमा बसेका तिब्बती शरणार्थी चीन विरोधी गतिविधि गर्न नेपाल सरकारले सुरुदेखि हालसम्म दिएको छैन ।
त्यसपछि जव नेपालमा प्रजातन्त्रको पुनरवहाली भयो त्यसको सँगसँगै भुटनाी शरणार्थीहरु छिमेकी देश भारतलाई छोडेर नेपाल पसेका थिए । ती मध्ये धेरै शरणार्थीहरु आफ्नो देश भुटान फर्कन चाहन्थे, तर फर्काउनमा नेपाल सरकारले कुनै ठोस भूमिका खेल्न सकेन । भारतको बाटो भएर नेपाल पसेका भुटानी शरणार्थीलाई जुन बाटोबाट आएका थिए । त्यो बाटोबाट भूटान पस्न भारतले दिएन ।
नेपालमा हामीले प्रजातन्त्र ल्याईसक्यो, बहुदलिय व्यवस्था ल्याईसक्यो, भुटानमा रहेका प्रजातन्त्रबादीहरु पनि जाग उठ, प्रजातन्त्रको लड, हामी पनि सहयोग गर्छौ भनेर नेपालका उच्च नेताहरुले भनेका थिए, र यिनीहरुकै भनाईमा थप आन्दोलन भुटानमा चर्कियो । भुटानले भारतको सहयोग लिएर ती प्रजातन्त्रवादीहरुलाई देश निकाला गरी उनीहरुको सम्पत्ति जफत गरिदियो, प्रजातन्त्रवादीको केही चलेन, अन्तमा उनले देश छोडी शरणार्थीको रुपमा नेपाल पसे । त्यसपछि भुटान फर्काउने बारेमा भुटान सरकारले कुनै वास्ता गरेन् । ख्याल ठट्टामै टारिदियो । संयुक्त राष्ट्रसंघले पनि आफ्नो निरिहता प्रकट गर्नु सिवाय अरु केही बाँकी रहेन् । अन्तमा षडयन्त्रपुर्वक व्यवारिसे भुटानी शरणार्थीहरुलाई अमेरिकाका विभिन्न राज्यहरुमा लगेर वाधा मजदुर सरहको जीवन यापन गराईरहेका छन् ।
आजको विश्व कति स्वार्थी छ भन्ने कुरा यी शरणार्थीहरुबाट प्रष्ट गर्न सकिन्छ । हालसम्म तिब्बती भुटानी शरणार्थीहरुलाई आफ्नो देश फर्कन नपाउँदै म्यानमारबाट बंगलादेशमा आएका रोहिंगा शरणार्थीहरु मध्ये केही शरणार्थी अझै नेपाल पसेका समाचारहरु छन् । यदि संयुक्त राष्ट्र संघले चाहेको भए अवश्य पनि उनीहरुका देशमा फिर्ता पठाउन सक्दथ्यो तर पवित्र मन लिएर शरणार्थीलाई फिर्ता गर्न चाहेन् । बरु अमेरिकामा स्थानान्तरणको बहानामा लगेर बाधा मजदुर शरहको काम गराई रहेका छन् । यदि विश्वका मानव अधिकारवादीहरुले समेत कुनै आवाज उठाउन सकेको छैन । बुझ्दै जाँदा पशुहरुको बथानबाट निरिह पशुलाई धपाएर बाघले झम्टेझै भएको अवस्था आजको विश्वमा देखिन्छ । मानव अधिकार बाल अधिकार तथा महिला अधिकार जस्ता नाराहरु मात्र उठ्ने गरेका छन् । कार्यान्वयन भएका देखिदैन । यदि कार्यान्वयन हुने देखिदैन भने किन भाषणबाजी गर्नु पर्यो । आज विश्वभरी रहेका निरिह गरिव देशका गरिव शरणार्थीहरुमाथि कसैले पनि इन्साफ गरेका देखिदैन् । आफ्नो देशमा फर्कने बाहेक अन्य विकल्प नराखेका भुटानी
शरणार्थीहरु लगभग १० हजार जति छन्, उनीहरु बाधा मजदुृर सरह जीवनयापन गरिरहेका छन् । उनीहरुको श्रीसम्पत्ति कसैले आफ्नो बनाई सकेको छ । धन्य होस्, प्रजातन्त्र, मानवअधिकारवादी समाजवादी नेताहरु हो, तपाईहरुलाई धन्य छ, जसको कोही छैन, उसको जीवन व्यर्थ छ, भाषणै भाषणमा नेपाल पसेका शरणार्थीहरुको आज दुर्दशा भएको छ । एकै परिवारका सदस्यहरु अमेरिकाका विभिन्न प्रान्तहरुमा छुट्याएर राखिएका छन्, त कोही मात्रृभूमि फर्कन इच्छाले नेपालमै बसिराखेका छन्, यो देख्दा नेपाली जनताको मन रोएको छ । बरु आफ्नै भागहिस्सामा कमी आएपनि बाँकी रहेका भुटानी शरणार्थीहरु नेपालमा बस्न चाहन्छन् भने उनीहरुलाई नेपालका नागरिक निर्धारण गरी बसोबासको स्थायी व्यवस्था गरिदिन हुन सरकार सित अपिल पनि गरेका छन् । र बाँकी फर्कन चाहनेको हकमा जसरी पनि फर्काउनु पर्ने दिशातर्फ नेपाल सरकारले अगाडि बढ्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *