जेष्ठ नागरिक स्वास्थ्य सुविधाबाट किन बन्चित ?








दिशानिर्देश समाचार
महेन्द्रनगर, २१ बैशाख
महाकाली अंचल अस्पतालले जेष्ठ नागरिकहरुलाई सक्दो स्वास्थ्य सेवा सुविधामा उपलब्ध गराउने गरेको भन्ने नागरिक वडा पत्रमा पनि उल्लेख भएको छ सो सुविधा पाउनको लागि जेष्ठ नागरिक खुल्ने प्रमाण परिचयपत्र वा नागरिकता वा सामाजिक भत्ता बुझिलिने कार्ड (परिचय पत्र माग गरिएको छ) सो बमोजिमको सुविधाको माग गर्ने एकजना जेष्ठ नागरिक नागरिकता र जेष्ठ नागरिक परिचय पत्र लगेर एक्सरेको लागि रकम बुझाउन काउन्टरमा जादा त्यसले हुदैन सामाजिक सुरक्षा बुझ्न पाउने परिचय पत्र चाहिन्छ हुदैन भनी फर्काएको सन्दर्भमा कुरा गर्दा कहि अन्य सुविधा लिएको हुन सक्ने भएकोले त्यो परिचय पत्रवालालाई मात्र सुविधा दिन मिल्छ । अरुलाई मिल्दैन भन्ने जवाफ पैसा बुझ्ने काउन्टरमा रहेको कर्मचारीले बताए ।
जेष्ठ नागरिकहरुले राज्यबाट कुनै सुविधा पाएका हुन सक्छन् । नेपाल सरकारलाई आफ्नो उता उमेर र शक्ति सौपेपछि बृद्ध हुँदा पेन्सन पाएको होला अथवा कसैले सामाजिक सुरक्षा भत्ता पाएको होला त्यस्ता जेष्ठ नागरिकले स्वास्थ्य सुविधा नपाउने भन्ने नियम कहाँ छ ? कुन सभाका सांसदहरुले बनाएको छ, यदि बनाएको छ भने उनीहरु मुर्ख हुन भन्नु हुन्छ हरिश्चन्द्र भट्ट । हुन पनि हो उनको कुरामा दम छ जेष्ठ नागरिकलाई स्वास्थ्य सुविधा दिनुपर्दछ भनेको छ, तर त्यो भनिएको छैन कि जेष्ठ नागरिकहरुले सरकारबाट कुनै सुविधा जस्तो पेन्सन सामाजिक सुरक्षा भत्ता खाएको छ । त्यस्ता जेष्ठ नागरिकलाई नदिने भनेको छैन तर महाकाली अञ्चल अस्पतालले पेन्सन पाउने जेष्ठ नागरिकलाई दिने गरेको छैन । निजामती अर्थात राष्ट्रसेवकहरुको सुविधाको लागी काठमाडौंमा अस्पताल खोलिएको छ । स्वास्थ्य सुविधा दिएको छ श्रेणी अनुसार खर्चमा छुट दिएको छ भने उही सरकारको अस्पताल दुईटै हुन भने देशभरीका अरु अस्पतालहरुले नागरिकता प्रमाण पत्रको वा जेष्ठ नागरिक परिचयपत्र वा सामाजिक सुरक्षा भत्ता पाउने परिचय पत्रको आधारमा जुनसुकै जेष्ठ नागरिकलाई सरकारी अस्पतालहरुले स्वास्थ्य सेवा सुविधा दिएको छ भने कञ्चनपुरको महाकाली अञ्चल अस्पतालले मात्र नदिने किन ? यसतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने देखिन्छ ।
जेष्ठ नागरिकहरुको खास गरी सेवानिवृत्त राष्ट्रसेवक जसले जेष्ठ नागरिकको परिचय पाएका छन्, उनीहरुको गम्भीर आपत्ति छ । सबै जेष्ठ नागरिकलाई समान रुपले हेर्नु पर्यो यदि सेवानिवृत्त जेष्ठ नागरिकले सरकारी अस्पतालबाट सुविधा पाउने होईन भने निजामती अस्पतालको काम कारवाही प्रत्येक जिल्लाका सरकारी अस्पतालबाट गराई सेवा निवृत्त राष्ट्रसेवकहरुलाई सुविधा दिनु पर्यो भन्नु हुन्छ सेवानिवृत्त राष्ट्रसेवक कञ्चनपुर जिल्ला कार्य समितिका कोषाध्यक्ष कृष्णानन्द भट्ट । उहाँ भन्नु हुन्छ सुविधा कसैले कम लेला कसैले बढी तर सरकारबाट भेदभाव गरिनु हुदैन भनि थप्नुहुन्छ ।
त्यस कारण महाकाली अञ्चल अस्पतालबाट जेष्ठ नागरिकहरुले पाउनुपर्ने सुविधामा थप सुविधा लिने पेन्सनवाला हुन या जेष्ठ नागरिक भत्ता बुझ्नेवाला हुन यी दुवै जेष्ठ नागरिकहरुले समान अधिकारको उपभोग पाउन भन्ने जनभावना रहेको छ ।







