नेपाल चीन सम्बन्धमा भृकुटीको याद








चीन तिब्बत सितको सम्बन्ध मित्रतामा बाधेको भृकुटीले हुन, भृकुटी उत्तरतर्फ उदाईन भने सिता दक्षिण तर्फ, यी दुई नारीले नेपाललाई उच्चतम विन्दुमा पुर्याई नेपालको अस्तित्व जोगाएर शीर बृद्धि गरेको हुन् । नारीको मित्रता अमर हुदो रहेछ । जसले जे सुकै भनुन उच्च ओहदा ओगन पुग्नु भएकि हाम्रा राष्ट्रपति ज्यूले चीन सितको सम्बन्ध पूर्ण रुपमा नविकरण हुनेछ । भृकुटीको समयमा नेपाल चीन सम्बन्ध प्रगाढ रहेको थियो भने यहाँको पालामा नेपाल चीन ऐतिहासिक सम्बन्धको बलियो गाठोमा बाधिने छ भन्ने हाम्रो आशा र सुवेक्षा छ । चीन सितको दौत्य सम्बन्ध बलियो रहोस् यही हाम्रो शुभकामना छ २०७६ सालको ।
एउटा गजबको कुरा
माउत्सेतुङ चीनका निवासी हुन, उनका विचारहरु विश्वका धेरै नेताहरुले अबलम्बन गरी रहेका पनि छन् । २०५२ सालमा नेपालमा माओवादी विद्रो भयो, भारतबाट नेपाली माओवादीहरुलाई भारतकै पक्षबाट मदत गर्ने काम भयो । तर विडम्बनाको कुरा के छ भने नेपालको जस्तै भारतमा माओवादको कुरा उठाउँदा कानूनी कारवाहीको नामबाट माओवादीमाथि आक्रमण गरिन्छ भने नेपालका माओवादीलाई सघाई नेपाली सेनासित लड्नसक्ने क्षमतावान समेत बनाउनमा भारतबाट तालिम दिएको प्रष्ट देखिन्छ । यस विषयमा हामीले गम्भिर हुनुपर्ने किन छ भने माओवादीले भारतमा गतिविधि गर्यो भने कारवाही हुने तर नेपालमा गर्यो भने भारतले इनाम दिने काम किन गर्दो रहेछ, यो बुझ्न सकेको छैन ।
यो नै यस देशको लागि ठूलो खतरा हुन सक्ने हामी देख्दछौं । अब माओवाद नेपालको सांसदमा रहेन, पहिले पनि जंगलमा थियो अहिले पनि जंगलमा छ, बाबुराम जस्ता नेताले माओवादीको काम सिध्याई अब उनी मधेशवादीको काम तर्फ लागेका छन् । जसरी माओवादबाट देशमा विचल्ली भयो त्यस्तै
गरेर मधेशी नामको अर्को आन्दोलनद्वारा मधेशलाई माओवादीको झै अर्को रुपबाट दुःख नहोला भन्न सकिदैन ।







