वीर भोग्ग्या बसुन्धरा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धर्मग्रन्थहरुमा वीरहरुले भोग गर्ने पृथ्वी हो भनेको पाइन्छ ।”Herbest spencer” भन्ने विद्वानले “Survival of the fittest” अर्थात जो फीट छ उसैले बाच्ने अधिकार
राख्दछ भनेका छन् । दक्षिणी अफ्रीकी घना जंगलहरुमा जनावरहरुले रुख विरुवाहरुको जस्तै रंग फेर्ने क्षमता राख्दछन् । आत्म रक्षाका लागि प्रकृतिले दिएको बरदान जस्तै छ जसले रंग फेर्न सक्तैन उ मारिन्छ । यही प्रकृतिको नियम छ र सार्वभौम छ, राज्य उत्पत्तिको शिद्धान्तमा प्रशिद्ध विद्वान हब्स (बेलायत लौक, रुसो, (फ्रान्स र रुस)ले State of Nature दर्शन लेखे, निर्धालाई बलियाबाट जोगाउन शक्तिशाली शासन व्यवस्थाको माध्यमबाट संरक्षण गर्ने कर्तव्य अन्तर्गत नै विविध प्रकारका राज्य प्रणाली विकसित हुँदै गरेका छन् । अनेकौ क्रान्ति आन्दोलन हिंसा आतंक यिनै पृष्ठभूमीमा भएका ऐतिहासिक पौराणिक तथ्यहरुबाट देखिन्छ ।
जस्तो सुकै शासन प्रणाली आए पनि बाहुबली प्रबृति अभिजात्य र अरु माथि श्रेष्टता कायम गर्ने मानवीय स्वभाव नै हो कि भन्ने यथार्थलाई नेपाली समाज राजनीतिक र अनेकौं घटनाक्रमहरुले यसलाई पूर्ण रुपमा पुष्टी गरी सकेको छ । यिनै विषयहरु सर्वाधिक कौतुहल र पीडाबोध गराई रहेको हुनाले विश्लेषण गर्न सान्दर्भिक लागेको छ ।
शहशा यस्तो पिडाबोध के बाट उत्पत्ति भएछ भनि आफैलाई प्रश्न गर्दा माननीय भूमी मन्त्री पदमा अर्यालको वाणीले उत्प्रेरित गर्यो, बालुवाटार जग्गा प्रकरणमा कसैलाई छोडीन्न भनेको लगत्तै पछि महासचिव विष्णु पौडेलका सम्बन्धमा त्यो खरिद विक्रि वैध हो किनभने मोही लागेको जग्गा भनि प्रष्ट गर्नुभयो । त्यसो भए विभिन्न मन्त्री परिषद् निर्णयहरु जसमा स्व. कृष्ण प्रसाद, क. माधव कुमार नेपाल, क. बाबुराम भट्टराई ३ जना प्रधानमन्त्रीहरुको यसमा उल्लेख सुनियो, सर्वोच्व अदालतका २ जना प्र.न्या. गोपाल पराजुुली र ओम प्रकाश मिश्रका निर्णयहरु सञ्चार माध्यमहरुमा पढ्न पाइयो, यी सवमा मोहीको प्रसंग छ भने महासचिव बाहेक अबका खरिद विक्रि कसरी अवैध हुने भन्ने माननीय मन्त्री पद्मा अर्याल, सञ्चार मन्त्री गोकुल बास्कोटाबाट महासचिव दुधले धुएका हुनाले क्षतिपूर्ति पाउनु पर्नेसम्म भनेको पढ्दा सहसा अर्को महावली नर शम्शेरको गोल समरण हुदैछ, फुटबलमा गोल गरे जीत हुन्छ, नर शम्शेरले किक गरेको बल गोल हुन सकेन रेफ्रीले त्यही सत्य बचन बोल्न लाग्दा गोल भयो यो नर शम्शेरको हो भने पछि गोल मानियो ।
२०१९ सालको संविधानमा न्यायपालिका व्यवस्थापिका र कार्यपालिका सम्बन्धित सम्पूर्ण अधिकार मौसुफबाट निमित्त भई विशेषाधिकार यथार्थ हो, २०७२ सालको संविधानमा नेपाली जनता सार्वभौम सत्ता सम्पन्न हुन भनि तोकियो, संविधानको कितावमा लेखिएको त त्यही छ । हामी सार्वभौमको क्रुर उपहाँस जस्तो बनेको अनुभूति हुदैछ । त्यसको प्रत्यक्ष अनुभव स्वयम् आफैले भोगेको हुनाले कितावमा लेखिएको
र व्यवहारमा देखिएको वास्तविकताबाट के प्रष्ट भयो भने मौलिक नेपाली विशेषता भनेको सामन्त र उत्पीडीत शाशक र शाषितका बीचको विभेद, वर्ग विभाजन हेर्दा नर शम्शेरको गोल, २०१९ को संविधान, राणाजीहरुका खड्ग निशाना हुकुमी प्रवृत्तिमा रत्तिभर अन्तर देखिदैन । बाहुबली तिकडम बाज अवसरवादीहरु सुकिला चिल्ला प्राणीहरु सदा कालका वीर देखिएको कुन बेलाको हुने हो यकिन गर्न नै लगभग असंभव जस्तै बनेको छ । कांग्रेसी शाशकहरु २०४९ सालपछि नव धनाड्य वर्ग खडा गर्न सफल भए
सर्वहाराको शासनका दाबेदारहरुमा ठुलो वर्ग विभाजन भएको पाईन्छ । यिनीहरुका विषयमा बोल्नु लेख्नु भनेको आफूलाई जोखिममा पार्ने आशंका स्वतः मनमा किन आउँछ ? साम्यवादी नायकहरुको महाधनाड्य सुविधा सम्पन्न तडक भडकले युक्त वीरमा रुपान्तरित भएको सवतः देखिने विषय छ । अखबारहरुमा लेखिए अनुसार शेर बहादुर, प्रचण्ड लगायत सर्वाधिक धनाड्यका सूचीमा परी सके । गाट, गाडी, सुविधा भत्ता लगायतको खुलाहाथ ब्रहमलुट गरेको छिप्ने विषय रहेन । दण्डहीनता पराकाष्टामा छ । दशौं वर्षसम ठेक्का लिएर कामै नगर्ने, उपचारका नाममा विदेशमा करोडौंका रकम सहायताका नाममा आफ्ना वीरहरुलाई बकस दिए झै लाखौं रकम बाडिएका निर्लज्जता छिपेको छैन । हुँदा हुँदा बालुवाटार टुडिखेल मञ्च समेत कब्जा ३८ क्यीन्टिल सुन तस्कारी, वाईडबडीबा प्रारम्भ भएको ध्वजाबाहक वायु सेवा निगम उठ्नै नसक्ने गरी थला परेको यथार्थबाट साम्यवादीहरुको आश्चर्यजनक उत्कर्षमा ग्रहण लागि सकेको छ । कुनै पन्थ भन्दा पनि यी वीर पृथ्वीको भोग गर्नका लागि प्रतिस्प्रधि, कथित आन्दोलन क्रान्तिको राग जप्ने प्रवृत्ति नाटकीय रुपमा देखिदैछ । यसको एउटै अर्थ असफल राष्ट्रमा रुपान्तरण भन्ने कल्पनाले समेत मन भयभित बनेको छ र ज्योतिषहरुका कथन भित्र पनि यही यथार्थ कल्पना गरिएको हो कि ? भन्ने यक्ष प्रश्नको जवाफ त स्वयम् यहाँ शक्तिशाली वीर स.प्रधानमन्त्रीबाट दक्षिणाको प्रसंगले नै झलक दिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *