एनसेल होईन पार्टी बहिष्कार गरौं








आज राजश्व तिरेन भनेर युवाहरु एनसेलमाथि आक्रमण र एनसेल सिम बहिष्कार गरिराखेका छन्, जे जसरी भएपनि एनसेलले नेपाली जनतालई भरपर्दो सेवा उपलब्ध गराएको छ । जनताबाट लिएको कर दाखिला गर्न एनसेल तयार थियो, गरिराखेको थियो त्यसै सम्बन्धमा राजस्व नतिर्नुस, भन्ने मनसायले एनसेलबाट एकै पार्टीले २३÷२३ अरब रकम चन्दा लिएको र राजश्व नर्तिुस भन्ने कुरा देशभरी फैलिएको छ । सम्पूर्ण पार्टीहरु एनसेलबाट चन्दा माग्ने र चन्दा दिने तर राजश्वमा घटाउने गरेकाले यो बदनियतपुर्ण गरेको काम हुँदा यति ठूलो रकम चन्दा लिई राजश्व नतिर भन्ने पार्टीहरुमाथि कारवाही गर्नुपर्छ, र पार्टीहरुद्वारा नै लिएको राजश्व असुल उपर गर्नुपर्छ । बरु एनसेललाई बढी राजश्व तिराउन उपयुक्त छ, राजश्व नतिर हामीलाई चन्दा देउ भन्ने पार्टीहरुलाई हामीले बहिष्कार गर्नुपर्छ । आफूलाई सेवा दिने एनसेललाई कारवाही गर्न उपयुक्त छैन ।
राजश्व असुल गर्ने काम सरकारको हो । तर
सरकारमा राजनीतिक पार्टीहरु नै भएकाले राजश्व लिई चन्दामा कट्टी गर्ने महान नेताहरुलाई कारवाही गरी पार्टी नै बहिष्कार गर्नुपर्ने धारणा रहेको छ ।
सिम जलाउने सेवादायीमाथि कारवाही गर्नु, यो भविष्यको लागि पनि खतरा छ, यसले गर्दा कुनै पनि विदेशीले लगानी लगाउन सक्दैन । हुन त एनसेलले प्रत्येक नेपालीले प्रयोग गरेको सिमबाट नै पैसा असुलेको छ । नेपालीको पैसा नेपाललाई नै राजश्व बुझाउनमा के आपत्ति आयो राजश्व बुझाउने दायित्व एनसेलको र बुझ्ने दायित्व नेपाल सरकारको हो ।
एक गरिव नेपालीबाट कुनै पनि काम जन्म, मृत्यु दर्ता गर्दा समेत राजश्व तिर्छन भने यत्ति ठूला लगानीकर्ताबाट कानून बमोजिम समयमा राजश्व नलिनाको कारण के थियो, यौटा स्वदेशी नागरिकले जतिसुकै छोटो व्यापार गरी भ्याटमा दर्ता भईसकेपछि प्रति महिनाको २छ गते हिसाब बुझाउनुपर्छ । हिसाब नबुझाएमा दण्ड जरिवाना गरिन्छ भने के एनसेलले हिसाब बुझाउनु पर्दैन । यदि हिसाब बुझाउनुपर्छ भने आजसम्म अरबौ रुपियाँ कसरी बक्यौता रहेको छ । के सरकारी पदाधिकारी र एनसेल पदायधिकारी बी गोप्य वार्ता भएको छ ?







