नेपाली जनतामाझ राजाले घुडा टेकेको ठीक कि नेताले दिल्ली दरबारमा घुडा टेकेको ठीक ?








मलाई हाम्रा नेताहरुको माझ यौटा प्रश्न राख्न मन लाग्यो उत्तर जनतालाई दिने काम नेताहरु कै हो तर यथार्थ कुराको बारेमा हाम्रा विद्धान राजनीतिक विश्लेशकहरुले यो प्रश्नको बारेमा यथार्थता के थियो ठिक बेठिक भनि दिन हुनेछ भन्ने विश्वास लिएको छु ।
राजासँग वंशजको नाता मेरो छैन न राजनीतिक नाता छ मैले कुनै पनि बादको भारी बोकेको छैन कुनै पनि वाद नेपालीको लागी स्वाभिमानी छैन राजनीतिक दर्शन होला पुस्तकमा तर नेपालीको इमान्दारीता भित्र कुनै पनि वाद दर्शन भिजेको छैन । हामी विहान दाल भात तरकारी खान्छौ साँझ दालरोटी, रोटी दाल र आलु प्याज र प्याज आलु खान्छौ भने कोही भातै भात खान्छन् । अन्नमा गणितिय हिसाव छ मौलिकता छ अरु देशहरुमा अन्न त्यही भए पनि परिकार अलग्गै बनाउछन् । त्यस्तै त्यही अन्न खानेहहरुले नै संसारमा शासन गरेका छन् ।
त्यस्तै मानिस सबै यौटै पञ्चतत्वबाट बनेका छन् जव मानिसलाई अगुवाको आवश्यकता पर्यो मुखिया बनाईयो र अन्तमा त्यही मुखियाले नै साना साना राजाको रुप लियो, राजा बने बनायो विश्वमा जनताले आफ्नै तरिकाले नेता छान्ने र नेतृत्व गर्ने चलन चलेको छ । नेपालमा पनि धेरै वंश जातीका राजाहरु भए कोही पराजयमा परे कोही कोही बलजफति विजय प्राप्त गरी राजा भए । राजा होउन वा राष्ट्रपति चुनाव जितेर होउन वा बारुद पटकाएर पनि
राजा र राष्ट्रपति भएका छन् । हुने प्रकृया रही रहनेछ । विश्वमा मौजुदा राजनीतिक सिमानाको विभाजन शक्तिले बनेका हुन न्यायोचित तरिकाले राजनीतिक सिमा कोरिएका होईनन् । जव मुखियाबाट राजामा विकास भयो भनिन्छ राजाको जड पुर्खा मुखिया हो । जनचाहना अनुसार मुखियाले जनसेवा गर्दथ्यो भने राजाले पनि त्यही परम्परा कायम राखी जनचाहना अनुसार काम गर्नु पर्ने भयो अन्यथा भएमा राजा सवतः हट्दै गए । विद्वान राजाहरु आफ्नो वंशको स्थायित्वको लागी जनभावना अनुसार काम गर्छन भने कोही केवल एक आफ्नो पिडीको लागी मात्र गर्छन र अन्तमा तिनीहरु निन्दनीय भएर जान्छन् । अव नेपालकै राजाको बारेमा कुरा गर्यौ भने शक्ति, जनप्रयि दुवै प्रकार राजाको विकास भयो । विकसित राष्ट्रका सेनासित राजा पृथ्वीनारायण शाहका सेवा वीर अमरसिंह वीर बलभद्र कुँवर र ७० वर्षिय भक्ति थापाले लड्नु पर्यो अंग्रेज सित रहेका ३००० सैनिकको साथमा ६ सय सेना महिला केटाकेटीले समेत नालापानीमा लड्नु परेको तितोसत्यले कसैलाई दुःख नलागोस् पृथ्वीनारायण शाह, बहादुर शाह र राजा महेन्द्रलाई हेरौ राष्ट्रको लागि के गर्यो के गरेन । मुर्खलाई पनि पनि थाहा छ ति तीन जना बाहेक अरु कोही पनि नेपालका नेता छैनन् । राजाहरुमा पनि बाँकी आज सम्मका सबै राजाहरु निरिह थिए सकि नसकी देश जोगाउने काम मात्र गरे विकास निर्माण तर्फको कुरा गर्दा राजा महेन्द्र र विरेन्द्रको देन छ । राजा विरेन्द्र त विकास प्रेमीको नामले पनि चिनिएका थिए ।
वर्तमानका नेताहरु छडोल
बाबुराम भट्टराई प्रचण्ड लगायतका समस्त नेताहरु राजालाई निरंकुश र निरंकुश तन्त्र भनेर हेला गर्दै हामीले राजा ज्ञानेन्द्रलाई घुडा टेकायौ भनि छाती फुलाई बकवास गरी रहेका छन् । राजा विरेन्द्र माथि जे भयो त्यो सबै सामु छ तर उनले न्याय पाएकै छैन भन्न सकिन्छ ।
पृथ्वीनारायण शाह बाहेकका सबै राजाहरुले जेल जीवन जस्तै विताए जव जंग बहादुरको उदय भयो, तर राजाले पाउने मानमर्यादा भने राणा सरकारले दिई रहे । यदि राणाहरुले चाहेको भए राजालाई मारी आफू राजा बन्न सक्दथे र सतधर्ममा रहेका राणाहरुले आफ्नो धर्म, राजा तथा देशलाई जोगाई राखे । शासन सत्ता आफ्नै प्रकारको जहानिया शासन चल्यो त्यो नै विष हो । तर जनता र राष्ट्रको इज्जत विश्वमा जोगाएर राखेका हुन आजसम्म जंग बहादुरको चर्चा परिचर्चा भई रहेकै छ । यस देशका पाँच जना नेताको नेतृत्वमा देश बाचेको कुरा सबैलाई थाहा हुनु पर्दछ । यी चार जनाः १ बडामहाराजा पृथ्वीनारायण शाह २ बहादुर शाह, ३ जंग बहादुर राणा, ४ राजा महेन्द्र माथि लेखिएका चारजना प्रमुख बाहेक अरु राजाहरु सर्वप्रथम राणा सरकारको बन्धनमा र त्यसपछि पंचायती शासकहरुको बन्धनमा रही अन्तमा बहुदलिय व्यवस्थाका शासकहरुको पञ्जामा रहे, बन्धनमा राख आज उनै निरंकुशहरु राजालाई निरंकुश भनि रहेका छन् र राजालाई २०६३ बैशाख ११ गते घुडा टेकायौ भन्दै आई रहेका छन्, नेपालको पवित्र राजसंस्थाको र राजाको बदनाम गर्दै हिडी रहेका छ्न । हो राजालाई सातदलका नेताहरुले घुडा टेकाए र राजाले टेकेकै भए पनि को सित टेक्यो नेपाली
नागरिक सित हो राजा विरेन्द्रले पनि भनेका थिए विदेशीको शरणमा जानु भन्दा आफ्नै नागरिकहरुको शरण लिन्छु भनेका थिए त्यस्तै राजा ज्ञानेन्द्रले पनि नेपाली जनताको हित हुन्छ भने ठिक छ जनताको नासो जनतालाई नै फिर्ता गर्छु तर श्रीपेच र राजदण्ड सुरक्षित राखी दिनु भने नारायणहिटी प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालालाई बुझाएका थिए । यो देशको माटोमा जन्मिएको हु यही मर्छु तर देश छोड्दैन भनेका थिए । आज राजा ज्ञानेन्द्र जहा जान्छन् त्यहाँका जनताले अंकमाल गरी रहेका छन्, राजा र जनतामाझ मिलन हुन नदिने व्यक्तिहरु नांगिएका छन् ।
राजाले विदेशी बैंकमा रुपिया राखेका छन् त्यही रुपियाँ ल्याई देश चलाउछौं पम्फा देवीको खातामा स्वीस बैंकमा रोखेको रकम फिर्ता ल्याउछौं भन्नेहरु आज सरकारी तथा बालुवाटर प्र.नि.को जग्गा बेची पैसा कसको खातामा राख्दैछन् । के पम्फा देवीको खाता स्वीस बैंकमा जम्मा गर्दैछन् ? त्यस्तै राजालाई निरंकुश ठान्ने स्वयम आज निरंकुश बनेका छ्न ।
राज संस्थाले विदेशी सामु घुडा टेकेन तर नेताहरु घुडा टेकायौ भन्नेहरुले दिल्ली दरबारमा घुडा टेकी नेपाली जनतालाई मार्ने गृहयुद्ध गर्ने बाचा गरी देशमा आगो लगायो । कुन ठिक हो नेपालीले नेपाली सामु घुडा टेक्नु राम्रो कि विदेशी सित बार्गेनिङ गरी नेपाली जनतालाई मार्न स्वीकार गर्नेहरु ठिक २०६३ को १२ बुँदे सम्झौताको लिखित प्रमाण दिल्लीमा छ नक्कल चाहे माग्नोस । कम्मेन्टको लागि ९८४८७२२७४२ ।







