भ्रटाचारको पर्दाफास प्रम केपी शर्माको कार्यकालमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

भ्रष्टाचार जो सुकैबाट जुन सुकै प्रधानमन्त्रीको कार्यकालमा भए पनि त्यसको पर्दाफास भने प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भएको छ । आफ्नै पार्टीका कार्यकर्ता नेताहरु समेत भ्रष्टाचारमा सामेल भए पनि त्यसको पर्दाफास हुने भनेको निश्चय पनि गम्भिर विषय नै हो । आफ्नो गल्ती होस् वा नहोस् जनता सामु, जनताको सम्पत्ति लुटेका लुटराहरुको पर्दाफास हुनु एकदम सकारात्मक कुरा भएको सबैले मान्नै पर्छ । प्रधानमन्त्रीको त भावना र नीति मात्रै हो उनी एक्लै केही गर्न सक्दैनन्, खराव कामको विरुद्धमा सबै संयत्न्त्रले ध्यान पुर्याउनु पर्दछ । नत्र एक्लोको केही चल्दैन प्रधानमन्त्रीलाई चोरी भ्रष्टाचार गर्छन कहिले चोर पक्रन सकिन्छ कहिले सकिदैन । पुर्व प्रधानमन्त्रीहरुको पालामा भएको भ्रष्टाचारालई वर्तमान सित जोड्नु हुदैन । जुनसुकै युगको यूग पुरुष नै भए पनि भ्रष्टाचारी ग्रुपमाथि कारवाही हुनै पर्छ । जनतासामु ल्याउनै पर्छ अरु त छोडौ सन्तनेता कृष्णप्रसाद भट्टराई होउन वा गिरिजा, विपी कै पालामा भएका भ्रष्टाचारको पनि पर्दाफास गरी जनतामाझ आउनै पर्छ । एक्लो प्रधानमन्त्रीले भ्रष्टाचारीमाथि
कारावाही गर्न सक्दैन । हरेक बृद्धिजिवी जानिफकार विद्वान देशभक्त व्यक्तिले जानकारी दियो भने सरकार कारवाही गर्न तत्पर हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।
२०४७ पछि आजसम्म नेपाली जनताको सम्पत्ति जे जति दलालहरुले खरिद विक्रि गरेका छन् । ती दलाल भूमाफिया माथि कारवाही हुनै पर्दछ । हो प्रधानमन्त्रीले भ्रष्टाचार गर्दैन तर उनकै नाम बेचेर भ्रष्टाचार गर्ने कोही छैन भन्न पनि मिल्दैन । राजाहरु घुस खादैनथे घुस राजाहरुको शत्रु थियो तै पनि सहयोगी भ्रष्टहरुलाई जिउदै खुट्टामा हाल्न खोजे पनि भ्रष्टहरुले भ्रष्टाचार गर्न छोडेका थिए भन्न सकिदैन । आज पनि त्यस्तै छ प्रधानमन्त्री मन्त्रि भ्रष्टाचारका सत्रु होलान तर उनको नामले आसेपासे तथा कारिन्दाहरुले भ्रष्टाचार गर्न छोडेका छन् भन्न सकिने आधार छैन । प्रमाणको लागि भन्नु पर्दा महेन्द्रनगर नगर विकास समितिको जिम्मा रहेको जनताको साँझा सम्पत्ति संरक्षणको अध्यक्ष २०४७ पछि नेपालका सबै पार्टीहरुका कार्यकर्ता भए । सबै सदस्यहरुले आफ्नो र आफ्ना नातेदारको नाममा जग्गा राखे नगर विकास समितिको गुरुयोजनामा आघात पुग्यो २०४७ पछि नै । नगर विकास समितिका पदाधिकारी तथा उनका परिवार नातेदारको नाममा सबैले जग्गा राखे त्यो छानविन गरेमा प्रष्ट हुनेछ । तलब, भत्ता पनि दियो पेन्सन नपाउने भनेर
घडेरीहरु दियो । पेन्सन नपाउने नखाने सर्तमा नै कर्मचारी पनि भर्ति भएका थिए, नोकरी पनि खाए, तलब भत्ता अन्य सबै सुविधा खायो, त्यसमा थप जग्गा खायो, सबै सदस्यहरुले खायो कसैले पनि इन्कार गरेन । साना उद्योगको नाममा पनि दियो उद्योग स्थापना नै भएन प्रमाणको लागी भन्नु पर्दा बनखेत र कारागर एरिया हामी सबै सामु छ उद्योगको नाममा कुन कुन उद्योगलाई दिएको थियो सार्वजनिक हुनुपर्छ ।
औद्योगिक क्षेत्रको जग्गा पनि जनताकै भएकोले त्यहाँ केवल उद्योग मात्र चल्नुपर्छ । नीति नियमले अरु काम गर्न मिल्दैन त्यहाँ त उद्योगको नाममा दर्ता भएको जग्गा विक्रि वितरण गरी पैसा आर्जन गर्ने काम मात्र देखिन्छ । त्यसकारण भ्रष्टाचारको पूर्ण ब्याख्या गरेर जसले सरकारी जमिन बेच्छ, जसले सकारी जग्गाको माटो विक्रि गर्दछ, सम्झौता विना सरकारी जग्गा ओगटेर राख्छ त्यस्ता माथि आजसम्म कुनै कारवाही नभएको भएपनि अब यहि सरकारले गर्नुपर्छ । अरु भ्रष्टहरुको विश्वास लाग्दैन । कैयौ सरकारको पालामा बेचेको सरकारी जग्गाको पर्दाफास वर्तमानको सरकारले गरेकोले हामी धन्यवाद पनि दिन चाहन्छौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *