नयाँ वर्षका तरंगहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

ज्योतिषिहरुले गरेका २०७६ सालका भविष्यवाणीहरुले सर्वत्र तरंग उत्पन्न गरेको छ । यसको प्रतिध्वनि शक्तिशाली प्रधानमन्त्रीका वाणीहरुबाट उत्पन्न भएको हुनाले समीक्षा गर्न सान्दर्भिक लागेर भविष्य कथन वा सम्भावना व्यक्त गर्न सक्ने क्षमता ल्याकत नभए पनि कानूनी भाषामा न्यायोचित अनुमान ‘Judicial presumption’ लाई पनि निर्णयका आधार हुन सक्ने प्रावधान राखिएकोले विश्लेषण गर्ने प्रयास हो । इन्टरनेटमा २०७६ सालमा हुन सक्ने ज्योतिषिय गणितबाट अनेकौं सम्भावना व्यक्त भएका छन्, यि सबैमा एकरुपता छैन अन्तर विरोध अतिरंजना समेत बोलिएको सुन्दा सामाजिक सञ्जालको दुरुपयोग भईरहेको सहजै अन्दाज गर्न सकिन्छ । एक जना स्वनाम धन्य रिखीले त ५ लाख मानिस मर्न सक्ने लगायतका सन्त्रास फैलाउने प्रत्यक्ष बोले अर्का एक जनाले प्रधान सेनापतिलाई नै प्रधानमन्त्री बनाउछु समेतको अन्तरवार्ता दिए यसै गरी व्यवस्था परिवर्तन लगायत के.पी. ओलीको भविष्य नै संकटापन्न अवस्थामा दर्शाएकोले नै होला आफ्नो सिंहासनलाई नै लक्षित गर्दा स्वभाविक प्रतिक्रियाका रुपमा महिमामण्डित मात्र हुने स्वभाविक अधिकार सम्झने प्राणीले आक्रोश सहन गर्न नसकी सार्वजनिक सभाहरुमा नै कठोर आलोचना गरी रीखीहरुको महत्व बढाई दिएको अनुभूति हुन्छ ।
ज्योतिषि भविष्य वेत्ता ज्ञानी हुन होइनन् , त्यो भन्दा महत्वपुर्ण स्थिति शासन तन्त्रमा देखा परी रहेका असन्तुलनबाट निक्लने परिणामका लागि कुनै रिखीका वाणी भन्दा पनि हामी आम सर्वसाधारणले देखे भोगेका विषयबस्तुबाट सबै काम सुचारु परिणाम मुखी सकारात्मक छैनन्, भन्ने त स्पष्ट भएकै छ यसका लागि कुनै अनुमान भन्दा पनि तथ्यगत विश्लेषण गर्ने हो र इमान्दारी पुर्वक व्याख्या गर्दा निकै ठूलो विभेद शासक र शासितका बीच उत्पन्न भईसकेको छ । एउटा वर्ग दोहन गर्ने कानून भन्दा माथि सम्झने अर्को निरीह बनेर अन्याय सही रहेको अभाव झेल्नु परेको यथार्थलाई त कुनै ज्योतिष गणना नै गर्नु पर्दैन होला, ऐन कानून संविधान गणना नै गर्नु पर्दैन होला । ऐन कानून संविधान एकातिर काम कार्वाही भित्र विपरित गतिमा गएको स्पष्ट मानचित्रलाई सही बाटोमा लग्ने प्रयत्न पनि देखिदैन र शीर्षस्थहरुबाट नै अधिकारको दुरुपयोग भईरहदा पनि उपचार नै हुन नसक्ने वा
नगरिएपछि अविश्वास घृणा व्याप्त हुुनु स्वाभाविक नै छ, जे मा पनि कमिसन भ्रष्टाचार व्याप्त भएपछि त्यसले परोक्ष मान्यता मात्र होइन त्यसको प्रतिकार गर्ने झिनो प्रयास हुँदा समेत निर्ममता र असहजताको शिकार बन्नु पर्ने दैनिकी हुन थालेपछि विकास र समृद्धि कोरा कल्पनामा रुपान्तरित हुन लागेको छ । भ्रष्टाचारलाई जति घृणाको शब्द मानिए पनि त्यो नभए ऐश्वर्य असम्भव बन्न पुग्दछ । गच्छे अनुसारका रकम कलम नगदी जिन्सी प्रायः बहुसंख्यक सत्ताधारी र
विपक्ष भनिएकाहरुका पनि प्रशस्त देखिने गरेका छन् । त्यसैले त ठूला ठूला काण्ड हुँदा पनि वास्तविक विरोध देखिदैन सञ्चार माध्यमहरुमा निरन्तर यस्ता खबर नआएको कुनै दिन छैन तर उपचार लगभग शुन्य देखिएपछि असन्तोषको ज्वाला स्वाभाविक रुपमा उत्पन्न हुने निश्चित रहन्छ ।
विरोध घृणा पनि गर्ने शरणागत पनि हुने प्रवृत्ति सुखद हुन सक्तैन वर्तमान विश्व सञ्चार क्रान्तिको युग हो, एक देशमा हुने गरेका घटनाक्रम विश्वव्यापि प्रभाव पार्छन भेनेजुएला प्रकरण यस्को नमूना छ, लगत्तै त्यही सम्राज्यवादी भनि कटु टिप्पणी गरिएको देशमा उपचार खोज्न जानु कुन सन्देश दिन्छ जसका लागि स्वयं राष्ट्रपतिले Lo investigation भनि आदेश नै जारी गर्नु पर्यो ? यो सामान्य हुनै सक्तैन भ्रम शंका अविश्वास बेगका साथ उत्पन्न गर्ने यस्ता घटनाक्रम भूसको आगोझै हुन सक्छन्, एकातर्फ हिन्दुत्वको नारा अर्को तर्फ सर्वोच्व कार्यकारी सबै काम छोडेर होटलमा बास बस्ने क्रियाकलाप आवश्यक थिएनन्, बस्तुतः जानाजान यस्ता क्रियाकलापहरुलाई कुटनैतिक र शाशकीय क्षमता विपरित हुने स्थितिलाई आमन्त्रण गर्नु बुद्धिमत्तापुर्ण मान्न सकिदैन अराजकताको पराकाष्टा त बालुवाटार लगायउतका सरकारी जग्गा कब्जामा नामै किटेर लिने पाउनेहरु तथा सम्मानित सर्बोच्व अदालतका २ जना प्रधान न्यायाधीशहरुले गरेका निर्णय नै खुलेआम प्रकाशित भएपछि त्यसमा के कस्तो छानविन हुन्छ हुदैन प्रतिक्षा कै विषय छ, लाज लाग्ने गरी १४ जना प्रधान न्यायाधीशहरुले कानून विपरित सरकारी गाडी जवर्जस्ती लगेका खबर त्यस्तै सत्तारुढ दलकै शक्तिशाली महासचिव विवादित बनेको लगायतका प्रसंगहरुबाट व्यवस्थामा आएको परिवर्तनले हामी निमुखा सर्वसाधारणले समेत जानकारी पाउनु सक्नु युग परिवर्तनको सकारात्मक सन्देश हो । सरकारका मन्त्रीहरुले गर्ने गरेका कतिपय क्रियाकलाप सन्देहास्पद हुन थालेपछि केही न केही अप्रिय घटित हुन सक्ने धरातल निर्मित भएको यथार्थ हो यसले वर्तमान वर्षमा नयाँ तरंगहरुको झलक त निरन्तर दिई नै रहेको छ । नेपाल के कसो अवस्थामा रहने हो यी र यस्तै तरंगहरुबाट उत्कर्षमा पुग्ने निश्चित छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *