हामी स्वाभिमानी बन्न चाहन्छौं








हाम्रो इतिहास गौरवशाली छ, ५/६ वर्ष पहिले मात्र भारतको आसामबाट भारतिय आर्मीमा कार्यरत युवक पेन्सनमा घर फर्कदा रेलमा डाँकाहरुले लुटपाट गरी सँगै रहेकी एक युवती माथि पनि हातपात व्यइज्जति सुरु गरेपछि सहन नसकेर त्यो युवकले एक हातले पेस्तोल बाला डाकाको हातसमाती आफ्नो गोरखाली खुकुरीले एक जनालाई तुरुन्तै काटी ३ जना जति अरुलाई खुकुरी प्रहार गरी डाकाहरुको हत्या हुँदा ६÷७ जना डाकाहरु भाग्न सफल भएका थिए । निकै हलचल भयो विर गोरखाली योद्धा पनि घायल भयो, भारतीय सेनिकले निज अवकाश लिई घर फर्कन लागेकालाई फर्काइ सम्मान गरी भारतीय सरकारले वीरचक्र ठूलो तक्मा दियो त्यो सुन्दा करोडौ नेपाली हर्षित भए खुसीको सिमा नाघ्यो स्वाभिमानी नेपालीको, तर जव हाम्रा आईजीपी, सेवानिवृत्तपछि पनि जेल पर्दा र त्यस्तै नेपाली जनता माथि माओवादीको नामद्वारा आक्रमण गराउदा नेपालीको स्वाभिमान गिर्यो त्यस्तै ४६ हजार सैनिकहरुको घेरामा रहेका राजा विरेन्द्रको बंश नाश हुने गरी हत्या हुँदा हामी रोयौं बेसरी रोयौं, नेपाली युवक भारतीय सेनामा हुँदा एक्लैले त्यस्तो गर्नु हाम्रो यहाँ यस्तो हुनु चोट पर्यो दिलमा ।
अर्को राजा महेन्द्रले पुर्वपश्चिम महेन्द्र राजमार्गको सिलान्यास चितवनमा गर्यो । राजमार्ग निर्माण गर्न केही मित्र राष्ट्र सित अनुरोध गर्यो सहयोगको लागी त्यस्तै त्यही समयमा भारतीय प्रधानमन्त्री सित पनि अनुरोध गर्यो पश्चिम खण्ड निर्माणको लागि सहयोग गर्न, सहयोग गर्नुको साटो त्यो क्षेत हाम्रो सिमानामा पर्छ हामीलाई नसोधेरै किन सुरु गर्यौ भनि इन्दिराले दिएको जवाफको प्रत्युत्तर दिदै राजा महेन्द्रले भन्नुभयो “मेडम सिमानाकै
कुरा गर्ने हो भने जहाँ जहाँ गोरखाली खुकुरी पुगेको छ त्यो क्षेत्र नै नेपाल हो” भनेपछि प्रधानमन्त्री इन्दिरा गान्धी मौन रहेका खबरहरु हामीले उहिले सुनेका थियौं, त्यो देशको गौरव हो ।
हामीले सबैले सुनेकै कुरा हो प्रहरीले घुस खान्छन् भन्ने कुरा राजा महेन्द्र सित सिकायत हुँदा एक दिन अध्यारो परेपछि राजाले आफैले गाडी चलाएर दरबार नजिक रहेको एक प्रहरी चौकीमा पुग्दा गाडीको लाईट बन्द गरेर गाडी चलाउदा प्रहरीले रोक्यो आजलाई विग्रेको छ बनाउदा बनाउदा बनेन रात परि हाल्यो भोली बनाउला आज जान देउ भनि १० रुपियाँ प्रहरी जवानलाई दिदा लिएन र जान दिएन हबल्दारलाई खबर गर्यो हबलदार आयो राजाले २० रुपियाँ दियो अनि जान देउ हवलदारले भन्यो । जव राजा निवासमा पुगे आईजीपिलाई बोलाई सिपाहीको प्रमोशन गरी हवल्दार बनाउने र हवल्दारलाई जसले २० रुपियाँ लियो उसलाई वरखास्त गर्ने आदेश दियो अर्को दिन विहान रु २० लिने हबल्दारको ठाउँमा राजाको गाडी नछोड्ने प्रहरी जवान पो हवल्दार भएछन् ।
त्यस्तै राजा महेन्द्र तथा विरेन्द्रले घुसको आरोपमा प्रहरी महानिरिक्षकहरु माथि कारवाही गरेको के कुरा त मरिचमान सिंह श्रेष्ठ प्रधान मन्त्री भएको समयमा पनि सुनेकै होला । २०४६ सालपछि ति भ्रष्टहरुलाई राजनीतिमा ल्याई राष्ट्रियकरण गरिएको सम्पत्ति पनि फिर्ता दिएको सबैलाई थाहा छ । आज प्रधानमन्त्री मरिचमानको पालामा पनि सुरक्षित रहेको बालुवाटारको जग्गा राजाको पालामा इमान्दार देखिएका बाम कालमा निर्वाचन आयुक्त बनेका सुधीर कुमार शाह समेतले ललिता निवासको जग्गा अतिक्रमणमा सामेल भई बालुवाटारको जग्गा लुटपाटमा सामेल रहेको सुन्दा देशको नै बदमान भयो, हाम्रो समेत शीर निहुरियो विस्तृत विवरण २०७६ बैशाख ४ गतेको कान्तिरपुरमा पढेकै होला नपढेकाले पढ्नु हुनेछ । आज यो देश शान्तबाट अशान्त र भ्रष्टाचार निर्मूल सरह नै रहेको देशलाई भ्रष्टाचार भई र शान्तीमय राष्ट्रलाई अशान्तमा रुपान्तरण गरेर विश्वसामु देश झुकेको छ, आफ्नो मौलिकता गुमाउदैछ ।
सुधीर शाह र विष्णु पोडेल जस्ता इमान्दार व्यक्ति हुन भन्ने भ्रममा हामी रहेछौं, उनीहरुलाई होइन कि हामीलाई धिक्कार छ के गर्ने अव त म नेपालको हुँ मेरो देश नेपाल हो भन्न पनि लाज मान्नु पर्ने अवस्थामा हामी कसरी किन पुग्यो खोजविन हुन जरुरी छ ।







