राणा, राजा, जनता आफ्नो भूमि फिर्ता माग्छन भन्ने त्रास थियो नयाँ भारतलाई








अंग्रेजले भारतमा प्रवेश गर्दा भारत थिएन, ४/५ सय राजा रजौटाका राज्यहरुलाई एकिकरण गरेर पुर्वमा असाम अरुणाञ्चल पश्चिममा गुजरात उत्तरमा जम्भुकास्मीर र दक्षिणमा कनिया कुमारी उत्तर तर्फको नेपाल, सिक्किमलाई आफ्नो सिमा भित्र थिएन बाँकी क्षेत्र अंग्रेजले विभिन्न देशहरुलाई विजय गरी एक इण्डिया बनाएको हो जो आज भारत भनेर चिनिन्छ तर भारतको अंग्रेजी नाम India भने होइन सबै राज्य जितेपछि आफ्नो देशको नाम राखेको हो India जो आज सम्म पनि इण्डिया र भारत दुवैको नामले परिचित छ । भारतका दूरदर्शि नेता जवाहरलाल नेहरु महात्मा गान्धी लगायतका थुप्रै नेताहरुले स्वतन्त्रता प्राप्त हुना साथ सबभन्दा पहिले पाकिस्तानलाई स्वतन्त्रता प्राप्तको घोषणा गरियो त्यसपछि वर्तमानको भारतलाई, नेपालको हकमा जन्मजात नै स्वतन्त्र नै रहेकोले र हिन्दुहरुको राष्ट्र भएकोले भारतीय नेताहरु निडर नै थिए । तर डर थियो सुगोली सन्धीले अंग्रेजसित रहेको भूभागको बारेमा । भूलबस १९५० को नेपाल भारत बीच भएको मैत्री सन्धीद्वारा सुगौली सन्धी खारेज भएकोले शक्ति चलेको बेला त्यो क्षेत्र नेपालले फिर्ता माग्छ कि भन्ने डर भारतीय नेताहरुको मन मस्तिष्कमा रही रहेको थियो ।
आज फणिन्द्र नेपाल तथा अन्य देशभक्तहरु सुगौली सन्धीको कुरा गरिहन्छन्, फिर्ता पाउनलाई भनेर तर भित्री कुरा थाहा छ वा छैन । अनुभूति र अभिव्यक्ति आत्म कथामा पुर्व प्रमुख सचिव रेवतीरमण खनालले पेज नं. २४९ मा लेखेका छन्, “२०५३ सालमा संसदबाट महाकाली सन्धी पारित गराउन सो महाकाली आयोजनाबाट नेपाललाई वार्षिक १ खरब २० अरव आम्दानी हुन्छ भनि एमाले नेता खडगप्रसाद ओली र विद्या भण्डारीले वक्तव्य दिएका थिए तर सो आयोजना धेरै वर्षसम्म बन्न सकेन ।
भारत स्थित अंग्रेज र नेपाल सरकारका बीचमा भएका सन्धी सम्झौताहरु १९५० को नेपाल भारत मैत्री सन्धीको दफा ८ ले खारेज गरेकाले सुगौली सन्धी पनि
खारेज भयो । सो सन्धीले कायम गरेको सिमा पनि समाप्त भएकोले नेपालको कुनै पनि पश्चिममा किल्ला कागडा र पुर्वमा टिष्टा नदीसम्म दावा गरी दुःख देला भन्ने भारतलाई भएको भय भने यस सन्धीले हटायो ।
भारतलाई तत्काल फाईदा त्यही भयो,” भनेर उल्लेख गरिएको एकातर्फ छ भने अर्को तर्फ दार्जिलिङका नेपाली र नेपालका फणिन्द्र नेपाल लगायतका व्यक्ति समूहले आवाज उठाईरहेका छन् । तर कसले सुन्ने ? यदि ती आवाजहरु यथार्थ हुन भने दुवै देशका सरकारहरुले सोच्नु पर्दछ । नेपाल शान्तीमय देश, राजामा विश्वास गर्ने भएकोले त्यस विषयमा दुवै देश बीच वैमनश्यता उत्पन्न भएन ।
अव राजा पनि छैन समय र परिस्थिति फेरिएको हुँदा अन्तराट्रिय न्यायालयका सरणमा जानु पर्ने नै
देखिन्छ । गिरिजा प्रधानमन्त्री भएको बेला ६० जनाको टीम दिल्ली गयो महाकाली सन्धी गरेर आए अनि नागरिकलाई ठगेन काम पनि भयो । गिरिजाको साथमा साहना प्रधान, झलनाथ खनाल लगायतका नेताहरु साथमा गएका थिए । त्यस बेला गिरिजाले गरेका कामको सहयात्रा गर्ने एमाले पनि थियो त्यस भित्रका नेताहरु कुनै पनि कमजोरी थिएन ।







