एक सलाईको काटीले जंगल जलाई दिन्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

भनिन्छ आगो, सत्रु, ऋणको बचत राख्नु हुदैन बढ्दै जान्छ भन्ने कुरा जेष्ठ नागरिकहरुबाट हामीले सुन्दै आएका छौ । जेष्ठ नागरिक ज्ञानका भण्डार पनि हुन भन्न सकिन्छ । देशलाई बलियो पार्नको लागी उक्त कुरामा ध्यान दिनु नागरिक, सरकारको दायित्व पनि रही आएको छ । खास गरेर २०१७ सालदेखि नेपालमा वैमनस्यताको सुरुवात भएको १८/२० वर्षपछि राजा विरेन्द्र र वि.पि. कोइरालाले देशमा एकता ल्याउन राज्य व्यवस्था कस्तो र कसरी चलाउने भन्ने विषयमा जनमत संग्रह गर्यो जे जनताले परिणाम दियो त्यसलाई राजा र दलहरुले स्वीकारे पनि एकजुट भएर देश चलाउने बारेमा पुनः बाहनाबाजी खोजियो, महान नेता वि.पि. कोईराला भै दिएको भए आफूले प्राप्त गरेको विदेशी षडयन्त्रको बारेमा देशबासीहरु माझ ल्याउने थिए आफू रहेनन् तर उनका भाई गिरिजाको हातमा पार्टीको नेतृत्व रह्यो, विदेशीको लहैहलमा परि पुनः २०४६ साल ठीक १० वर्षमा भारतीय नेताहरुलाई सल्लाहकार बनाई राजसंस्था तथा व्यवस्थाको विरुद्धमा उभिई बहुदलिय व्यवस्था प्राप्त त गर्यो तर देशमा भ्रष्टाचार अहंकारीहरुको अहमता बढ्यो । मदन भण्डारीद्वारा कम्युनिष्टको नयाँ व्याख्या गरियो जनताको जनवादमा रुपान्तरण भयो । शासन सत्ताको बागडोर नेता गिरिजा प्रसाद कोइरालाको हातमा गयो तै पनि देशलाई जलाई रहेको आगो निभेन ।
२०५२ मा त झनझन दन्कन थाल्यो, २०६०÷०६१ मा पुग्दा देश लथालिंङ भयो । देशलाई एक सुत्रमा बाध्ने प्रयास भन्दा पनि सत्रु पक्ष माथि विजय गरे जस्तो व्यवहार देशमा भयो तै पनि २०७२ मा १० वर्षको अथक प्रयासपछि विवादित संविधान बनायो भन्ने चल्यो चलिरह्यो केही शक्तिहरुलाई संविधान भित्र अटाउन सकिएन, माओवादी नेतृत्वलाई दोषारोपण गर्दै बाबुराम भट्टराईले माओवाद परित्याग गरे विप्लप माओवादीले पनि नेता पुष्पकमल दाहालको नेतृत्व स्वीकार्न नसकी माओवाद विचारमा अडिग रहे आज उनमाथि प्रतिबन्ध लागेपछि विप्लव माओवादी गुप्तबासमा रही कम्युनिष्ट पार्टीका नेताहरुले बाटो विरायो भनि लडाईको संकेत दिएको छ, प्रचण्ड पनि तर्सिएका छन्, आफूलाई मार्ने धम्की दियो भनेर तर यो देशको लागी दुर्भाग्य हो ।
झगडाको विउ मेटिन सकिएको छैन सकेन कि बीउ राखेका हुन नेताहरुले । सरकार र अरु नेताहरले सामान्य देखका छन्, विप्लबलाई तर त्यो गलत हो विप्लवलाई पनि समेट्नु पर्छ किनभने झगडाको विेउ राखेमा खेती मौलाउछ बढ्छ मानिस पनि नयाँ नयाँ नारा रुचाउछन् ।
सलाईको एक तिल्लीको हेला गर्नु हुदैन सारा जंगल जलाउन सक्छ त्यस्तै विप्लवलाई पनि मित्र बनाउनुपर्छ वार्ता गर्नु पर्छ वा के गरेर झगडाको जड उखेली देशमा शान्ति हुन्छ त्यो काम सरकारले तुरुन्तै गर्नु पर्दछ । विप्लव यौटा शक्ति हो देश बन्द गरेपछि तुरु तुरु बन्द हुन्छ भैरहेको छ ।
त्यस्तै राज संस्था अर्थात राजा पनि एक शक्ति नै हुन फरक यत्ति मात्र हो कि राजाले जनता मार्न चाहदैन जनता मारी राजा हुन चाहदैन माओवादले संघर्ष लडाई गर्छ कैयौको धनजन क्षति हुन सक्छ यदि देशमा राजा, नेता, जनता मिलेर गए भने देश स्वयम्ले उच्चतम विकासको सुरुवात गर्नेछ । यी सबै कुरालाई ध्यानमा राखी देशका सबै विद्रोही पार्टी समूह र राजा समेत बसेर यस देशको बारेमा गम्भीर भएर सोच्नै पर्दछ । देशमा झगडाको बीउ राखेमा देशले कहिल्यै पनि माथि बढ्न सक्दैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *