सुखी समृद्ध नेपाल बनाऔं

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

उपयुृक्त शीर्षकको संकल्प सम्माननीय प्रधानमन्त्रीको हो मेरो होईन, आफ्नो क्षमता सामर्थ र संकल्प गर्ने हैसियत होइन हुन सक्तैन, किनभने नेपाल माताले आश्रय दिएको यथार्थ हो बाहुबली सुद्रहरुबाट प्रताडित नभएको अवस्थामा कुनै कल्पनातीत शब्दहरु सुन्न पाए पनि मरुभूमीमा पानीका छीटा परेको जस्तो अनुभव क्षणिक भए पनि अन्ततः परिहाँसमा परिणत हुँदा घोर बेदना पनि प्रवाहित हुन्छ । त्यो भए शीर्षकको निहितार्थ उपादेयता के भयो त ? कागज भर्नका लागि औपचारिकता निर्वाह गर्न खोजिएको हो ।
किन ? त्यस्तो गर्नु घृष्टता र महान जनताको अपमान रहनेछ । आम सर्वसाधारणका पीडा के छन् कुनै सुझाव पनि छन कि ? भ्रष्टाचारले आक्रान्त नेपाललाई यसबाट उन्मुक्त गर्ने सुन्न पनि नचाहने, शुन्य सहनशिलताको नीति छ आफू पनि भ्रष्टाचार गर्दैन हुन पनि दिन्न भन्ने कार्यकारी प्रमुख प्रधानमन्त्रीको निरन्तर दृढता भाषणहरुमा सुनिने गरेको हुनाले अकाट्य प्रमाण छन्, त्यसमा तुरुन्त कारवाही गर्ने क्षमता र संवैधानिक अधिकार पनि राख्ने पदवीधारी झुठा नबोलेका हुन भने प्रथम दृष्टिमा निर्विवाद, घृष्णास्पद भ्रष्टाचार परिभाषित हुने केही झलक प्रस्तुत गर्न खोजिएको हो । राज्य सञ्चालनहरुमा कार्यपालिका व्यवस्थापिका र न्यायपालिका छन्, यिनैबाट शासन सञ्चालन भई रहने हुनाले र सोही अनुरुप गर्ने भनिए पछि प्रारम्भ गर्नका लागि व्यक्त गंभीर कार्यहरु के छन्, पुरै नभए पनि संक्षिप्त तथ्यतर्फ ध्यानाकर्षण गरिएको हो ।
केही दिन पुर्व सञ्चार माध्यमहरुमा १४ जना भू.पु. प्रधान न्यायाधीशहरुका नामै किटेर सेतो गाडीमा रातो प्लेट राखी अवैधानिक गाडी लगिएका खबर सुनिए, राष्ट्रको सम्पत्ति अनाधिकार लग्नु के हो ? त्यसमा के कसो हुने ? उमेर, शिक्षा योग्यता ढाटी सर्वोच्व पदसम्म पुगेको छर्लङ्ग भएपछि उनैलाई मान पदवी अलङ्कार के का लागि दिईएका हुन् ? स्वयम् प्रधानमन्त्री लगायत निवासका जग्गाहरुमा भुमाफियाको कब्जा कसरी हुन गयो ? यतिका वर्षसम्म खोजी नहुने कारण के थियो ? दिन दिनै सुनिन्छ केही हजारका घूस खाने पक्राउ हुन्छन्, स्टीङ्ग अपरेशन जारी छ भनिन्छ कुनै अपरेशनको झंझट नै गर्न नपर्ने गरी देखिएका प्रमाणित भएका विषयमा के भयो वा के हुन्छ ? कर्मचारी भर्नामा मात्र होइन ठूला संवैधानिक पदहरुमा समेत योग्यता दक्षता भन्दा पनि भागबण्डा गर्ने अनुमति कुन कानूनले प्राप्त भएको हो ? राज्यका ३ अंगहरुमा एकले अर्कालाई उपेक्षा गर्दै मनमानि भएका समाचार असत्य हुन भने त्यसमा कुनै कानुन छ कि छैन ? मेलम्चीको रकमबाट करोडौंका गाडी हुम्लामा चामल बाड्नु भन्दा पनि सहज हुने गरी के आधारमा बाडिएका हुन ? मेलम्ची पानीमा कैफियत कसले गरेको हो ? वर्षौ देखि रकम खाई निर्माण काम अलपत्र पार्ने पुरै देश भरीका बाहुबलीहरु विरुद्ध चलाईने भनेको अभियान के भयो ? नीतिगत भ्रष्टाचारको विगविगी जताततै छ भनि राष्ट्रका नियन्ता नै भनि रहेका छन्, त्यसो भए कहाँ त्यस्तो छ थाहा छ कि छैन ? बायु सेवा निगम धरासायी भईसकेको अन्तराष्ट्रिय जगतको लगानी सम्मेलन औपचारिक सम्म निर्वाह किन भएन ? संवैधानिक निकाय महालेखाको प्रतिवेदनमा खरबौका बेरुजु कुनै अर्थ राख्छन् कि राख्दैनन्, न्यायको पवित्र आसनलाई हल्लाउने गरी ठूल ठूला हाँक सुनिन लागेका छन्, कोही भन्छन् बेन्च बहिष्कार गर्छौ बहश नगर्ने अरे, मलाई अध्यात्मिक पात्र “घुईतडीको शेड्या” खुबै स्मरण हुदैछ, बहश नगरे कसलाई फरक पर्ने हो ? कहाँ कहाँ के आधारमा बहिष्कार हुन्छ ? ४५ वर्ष देखि निरन्तर आश्रित मेरो आधार, अन्तरात्माले मानेको कानून व्यवसाय न्यायिक जगतप्रति सदैवका लागि विरक्त हुने कारण के होला ? नपत्याएर पेशा नचलेर, आजीवीका परिपुर्ण भएर हो कि ? जव दलिय आधारमा व्यवसायिक संगठन परिचालित हुन्छन्, निजामती सेवा मात्र होइन शिक्षण, चिकित्सा वित्तिय, व्यापार व्यवसाय कही कतै बाँकी नराखी दलीय वर्गिकरण भएपछि नीमको रुख बनाउने खजूरको अपेक्षा गर्ने ? सरकारी जग्गा कब्जा गर्ने समूह स्वयम् सरकारी संवैधानिक पदवीधारीहरु नै लिप्त, यहाँ सम्म कि अख्यियार आयुक्त नै घुस्याहा भनि उसै निकायले मुद्धा गर्न बाध्य हुने अवस्थामा त्यस्तै गर्ने अरु माथि कार्वाही हुन्छ कि हुदैन ? कसरी विश्वास गर्ने यो देश शुखी र समृद्ध हुन्छ भनेर ? कसरी विश्वास गर्ने भ्रष्टाचारमुक्त हुन्छ भनेर ? भाषण सुकिला लुगा चिल्ला गाडी बैभव ऐश्वर्य विना श्रोत प्राप्त गरेको खाडी मुलुकमा मर्नेहरुको आत्माले निरन्तर गरेको चित्कार सुनिन्छ कि सुनिदैन ? हवाई उडान गर्ने शेख चिल्लीहरुले पनि एक दिन त हिसाव किताव बुझाउनै पर्ला है ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *