वन विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

१. भूमिका
नवीकरणीउ प्राकृतिक स्रोतमा वन सम्पदाको महत्वपुर्ण स्थान रहकेो हुन्छ । कृषि विकासको लागि आवश्यक पर्ने भू जलवायुको वातावरण अनुकल राख्न, सिचाईको लागि पानीका स्रोतहरुको जलाधार क्षेत्रहरु बचाई राख्न इन्धनको आवक्यता पुरा गर्न निर्माण कार्यमा आवश्यक काठ टिम्बर तथा फर्निचर उद्योगको आवश्यकता पुरा गर्न, बन्यजन्तु तथा वनौषधिहरु उत्पादन गर्न वन जंगलको आवक्यउता र महत्व सबैले बुझि आएको कुरा हो । अझ सबैभन्दा महत्वपुर्ण कुरा त प्राकृतिक वनस्पति फ्लोरा र वन्य जवजन्तु फाउनाको आश्रय थलो हाविटाटको रुपमा वन जंगल रहेको छ भने मानव लगायत सम्पूर्ण प्राणीहरुको लागी जिवित रहन आवक्य पर्ने अक्सिजन लगायत हावा स्वच्छ पार्ने विभिन्न तत्वहरुको अविरल निर्माणमा वन वनस्पतिको नै अद्धितीय योगदान हुने कुरा निर्विवाद छ । अर्थात वन वनस्पतिको उपयुक्त सन्तुलनबाट नै मानव जीवनको लागी चाहिने स्वच्छ वातावरण तयार गर्ने कार्यमा मदत पुगरहेको हुन्छ । यस पृष्ठभूमिमा सारांशमा भन्ने हो भने निम्न ५ कुराहरुमा वन जंगलको सर्वोत्कृष्ट स्थान रहेको छ ।
१) पुनरुत्थान हुन सक्ने प्राकृतिक स्रोतको रुपमा
२) भू तथा जलाधार संरक्षण गनेै आवरणको रुपमा
३) हरियाली र सौन्दर्यमा वातावरणको रुपमा
४) विकारका वस्तु र उर्जालाई स्वच्छ पार्ने माध्यमको
रुपमा
५) वनस्पति तथा वन्य जीवको आश्रय स्थलको रुपमा
उल्लेखित आधारभूत कुराहरुलाई ध्यानमा
राखी वन जंगलको उचित तरिकाबाट उपयोग गर्ने, समायोचित संरक्षण र संबद्र्धन गर्ने कार्य गरी वन तथा वन्यजन्तु संरक्षण गर्ने कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक हुन आउछ । नेपालमा वन व्यवास्था कार्यक्रम सञ्चालन गर्न गरिएका प्रयासहरु र निनबाट भएका उपलब्धिहरुको लेखाजोखा गर्दा निम्न अनुसार देखिन्छन् ।
नेपालको वन जंगलको व्यवस्था बारे विचार गर्नु पूर्व नेपालको सम्पुर्ण वन जंगलको स्वरुप बारे चर्चा गर्नु सान्दर्भिक हुन आउँछ । हाम्रो देशको भौगोलिक विविधताले गर्दा जलवायुमा पनि विविधता रहेको छ । यसै अनुरुप विभिन्न प्रकृतिका प्राकृतिक वन, वनस्पति र वन्य जीवको प्रादुर्भाव भएको छ । भौगोलिक विभिन्नताको आधारमा हाम्रा वन जंगललाई पनि ४ भागमा बाड्न सकिन्छ । ती हुन ः
१)तराई र भावर प्रदेशको वन जंगल
२) भित्री मधेशको वन जंगल
३) मध्य पर्वतीय क्षेत्रको वन जंगल
४) हिमाली भेगको वन जंगल
वन जंगलको परम्परागत रुपमा आर्थिक, सामाजिक र धार्मिक महत्वलाई बुझेर हाम्रा पुर्वजहरुले वन जंगलहरुको सुरक्षा गर्ने गरेका थिए । तर बीचमा आएर बनलाई राजश्व आर्जनको साधनको रुपमा मात्र लगाई दिनाले तराईका वन जंगलहरु अन्धाधुन्ध काटिए, पहाडतर्फ पनि मानिसहरु बसाई सर्न थाले, बढ्दो जनसंख्याको आवश्यकतालाई पुरा गर्न वन जंगल मास्ने एकोहोरो प्रक्रिया मात्र चालु रह्यो । वन सम्बद्र्धनतर्फ दृष्टि दिईएन ।
फलस्वरुप प्रजातन्त्रको उदयपछि बनलाई राष्ट्रियकरण गरियो तर संरक्षण र सम्बद्र्धनको कार्य अब सरकारको भयो, व्यक्तिगत वन जंगल सरकारी भएकोले आफ्नो हक हरायो भने र साविक वन धनीहरुबाट जथाभावी रुख काट्न थालियो भने स्थानीय संरक्षण अथवा नियन्त्रण नहुँदा अरुहरुबाट पनि वन जंगलको उपयोगमा तीब्रता आयो ।
सरकारी रेखदेख र नियन्त्रण पर्याप्त भएन र हुन पनि सक्ने स्थिति नभएकोले वन संरक्षण र सम्बद्र्धनको गति बढ्न सकेन । वन जंगलको ह्रासको प्रक्रियाभन्दा सम्बद्र्धनको प्रक्रिया तीब्र रुपमा बढ्न नसक्दा भएका प्रयासहरुको खास प्रभाव पर्न सकेन । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *