पहिचानको प्रश्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालमा अभूतपुर्व परिवर्तन हुँदै आएका छन् । वर्तमान समयको पृष्ठभूमी हेर्दा निकट भविष्यमा निकै ठूला परिदृश्य प्रकट हुने संकेत सहजै अन्दाज गर्न सकिन्छ । यसको मूलमा पहिचानको प्रश्न नै देखिन्छ । प्रत्येक नेपालीलाई संविधानले सार्वभौम घोषणा गरेको छ । यसको निहितार्थ कसैको पनि स्वाभिमान एक अर्का भन्दा फरक हुने स्थिति अन्त भई सकेको र अव प्रत्येक नेपाली शीर ठाडो पारेर रैति प्रजाबाट मालिक आफै बनि सकेको पहिचान परिभाषित भएको हुनाले सबै विभेद अन्त भई सकेका छन् भन्ने नै हो ।
पहिचानको प्रश्न अब रहेन रहन सक्तैन भन्ने स्पष्ट दिशानिर्देश गरिएको हुनाले वास्तविकताको धरातलमा कति यथार्थपरक छ ? लोक कल्याणकारी राज्य स्थापित भई संविधानले दिएका मौलिक अधिकार सबैलाई व्यवहारतः प्राप्त छन् त ? यी विविध प्रश्नहरु निरन्तर मनमा उद्धेलित गरी राखेको हुनाले आफ्ना बान्धव नेपाली समाजमा विचार विनिमय गर्ने प्रयासका रुपमा पहिचानको प्रश्न शीर्षक प्रस्तुत गरी रहेको छु ।
पंचतन्त्रका रोचक ज्ञान बर्धक प्रेरक प्रसंगहरुमा सोम शर्माको कथा पढेको थिए साथै एस. एल.सी.मा अंग्रेजी गद्य विषय भित्र बादशाहको नयाँ लुगा The emperoris new clothes” मा २ जना ठगहरुले धन सम्पत्ति लिएर बादशाहलाई नाङ्गै पारी एउटा बालकले वास्तविकता बताएपछि ठगहरु भागेका कथा आज भन्दा ५५ वर्ष अघि अध्ययन गरेको घटना नयाँ नेपालबाट पुनरावृत्ति भएको देखेपछि यस विषयमा केही विश्लेषण र यथार्थ परक टिप्पणी गर्न उचित सम्झे ।
संविधान देशको मूल कानून हो, यसैबाट निर्देशित भएर राज्य सञ्चालन हुन्छ हुनु पर्दछ आम जनताको मतबाट शासन गर्न प्रतिनिधिहरु निर्वाचित भएर सरकार बन्दछ, जनमतबाट बनेको सरकार प्रत्येक नागरिकको प्रतिनिधित्व गर्ने भएकोले शासकहरुलाई खाद्य आवास शिक्षक, रोजगार, औषधी उपचार प्राप्त भएमा त्यो प्रत्येक सार्वभौम नेपालीले पाएको अर्थ लाग्ने गरी मत दिनेहरुको अधिकार कर्तव्य मतदान गर्ने नै हो त्यसपछि कुनै
सरोकार राख्ने काम छैन । कसैलाई संविधानले दिएका हक पाउनै पर्छ भन्ने छैन किनभने हाम्रा प्रतिनिधिहरुले प्राप्त गर्दै रहेको हुनाले पाएनौ व्यर्थ भयो भन्ने प्रश्न कसरी गर्न सकिएला यो त अग्रगमनको विरोध हो हाम्रो पहिचान भनेको नै प्रतिनिधि हुन उनको ऐश्वर्यमय जीवनलाई चुनोती दिने अधिकार हुन सक्तैन भनि हाम्रा नियन्ताहरुले पटक पटक भाषण गरी रहेका ठूला ठूला माला लगाई हिडेको, धूलो खाडल जे होस त्यसमा चिन्ता गर्ने कारण छैन किनभने हेलिकोप्टर सहजै उपलब्ध छन्, धन दौलतकाद्वार खुला छन्, त्यसैले व्यर्थको प्रालाप कम लाग्दैन यही त दैनिक सन्देश पाई नै रहेका छौं, जे गरे पनि बाहुबली भएपछि तिकडम बाजीको कला जानेपछि ऐन नियम संविधान जे जस्तो लेखिए पनि भाग्य विधाताहरुले जे व्याख्या गर्छन असल खरावको वर्गिकरण नगरी मान्नै पर्ने कर्तव्य आम सर्वसाधारणको पहिचान हो ।
विभिन्न जातजाति भाषा लिंग क्षेत्रहरुलाई आफ्नो पहिचान मात्र चाहिएको छ, त्यसमा अर्कालाई देशबाट पलायन हुन परे पनि मतलब रहनु हुदैन कसको के जाति छ कुन क्षेत्रमा बस्छ त्यही पहिचानका आधारमा अधिकार कर्तव्य सुनिश्चित हुनु पर्दछ यही माग र प्रश्न चौतर्फी उठी
रहेको छ । विना परिश्रम ऐश्वर्यमय सुखभोग गर्ने वर्गप्रति प्रश्न गर्न पाईदैन बलियो दल र त्यसमा पनि शक्तिशाली गुट भित्र परेछ भने त्यही सार्वभौम बन्ने अधिकार राख्दछ यस्तै विविध खुवीहरुलाई पहिचानको प्रश्न समाधान गर्ने माध्यम बनेको पहिले गो.द.बा. लगायतका परिहाँसजनक तक्मा जस्तै भिन्न नामबाट पुनरावृत्ति भएका र पाण्डे पजनी जस्तै निहितार्थ राख्दै भागबण्डामा खुलेआम पदवी वाणफाण हुने गरेको यथार्थ आजको पहिचान हो ।
राज्यका सम्पूर्ण अंगहरुको पहिचान बाहुबलीहरुले निर्धारण गरे अनुसार नै हुने गरेका दृश्य अनौठा हुन छोडे, पुरानै झलक दिने गरी शासक र शाषितका बीचमा वर्गिकरण भई पहिचान बनि सकेको छ, बस्तुतः नेपाल र यसको झण्डा समेत परिवर्तन हुने गरी अर्कै पहिचान बन्नु पर्ने माँग पनि उठेकै हो र दुर्भाग्यवश त्यो समय पुनराबृत्ति नभई देओस ।
आखिर उपर्युक्त पहिचानको अन्तिम विन्दु के हुन सक्छ ? विश्वको सार्वधिक भयानक राज्य क्रान्ति फ्रान्समा भएको थियो ।French Revulution मा राजा रानी काटीएका थिए यहाँ सम्म कि काट्ने औजार गिलोटीनका आविष्कारक गिलोटिन नामकै वैज्ञानिक समेत आफै बनाएका अस्त्रद्वारा काटिएको ऐतिहासिक यथार्थ त्यसै क्रान्तिका नायक रोवेस्पायर पनि मारिए धेरै टाढा किन ? इरानका शक्तिशाली मुल्ला खुमैनीका प्रिय उत्तराधिकारी “धोर कुतुवजादे” लाई खुमैनीकै आदेशबाट मृत्यु दण्ड दिईएको तथ्य पनि पहिचान कै लागि बनेका थिए ।
पहिचानको प्रश्नको उत्तर आउन बाँकी छ, यसको भीषणता अनपेक्षित हुन सक्छ, ब्रह्मलूट छल प्रपंच धेरै समय टिक्न पनि सक्तैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *