भीमदत्त नगरपालिकाको न्यायिक समिति निष्कृय किन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश /महेन्द्रनगर, २३ चैत्र
यौटा मात्र महेन्द्रनगर बजारको मुटुमा रहेको शिवधाम विकास क्षेत्र भित्र पशुपतिनाथ कञ्चनेश्वरको मन्दिर छ, त्यहाँ हरेक वर्ष महाशिवरात्रीमा ठूलो मेला लाग्ने गर्दछ । त्यो क्षेत्रमा सन्तमहन्त, माईजीहरुको पनि निवास रहेको क्षेत्र भएकोले यी सबै क्षेत्रको संरक्षण, व्यवस्थापन गर्ने काम शिवधाम क्षेत्र विकास समितिको हो जसको संरक्षण विधानले नै प्रमुख जिल्ला अधिकारीलाई मानेको छ भने हाल त्यहाँ शिवधाम वा त्यहाँका सन्यासीहरुबाट स्वीकृत लिएर केही अवधीको लागी भाडा दिने लिने गरी १/२ व्यक्तिले डेरा गरी बसेका र हालसम्म न भाडा दिएको छ न जमिन खाली गरिदियो त्यो ठाउँमा गुरुकुल भवन निर्माण गर्ने भनि निर्माण सामग्री समेत खसाली सकिएको छ । त्यो भन्दा पुर्वको त्यो जमिन खाली गर्न गराउन आदेश, व्यवस्थाको लागी जिल्ला प्रशासन र भीमदत्त नगरपालिकामा पत्राचार गरेको थियो । भीमदत्त नगरपालिकाले सोही व्यहोरा खोली जिल्ला प्रशासन कार्यालय पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले शिवधाम क्षेत्र विकास समितिबाट जग्गाको स्वामित्वको प्रमाण सबै आवश्यक कागज मागेपछि २०७५ भाद्र १ गते देखि सो मुद्धा नगरपालिकाले हेर्ने भनि ऐनको दफा समेत उल्लेख गरी भीमदत्त नगरपालिकामा कारवाहीको लागी पठाएको र सहयोग चाहिएमा उपलब्ध गराई दिनु भनि जिल्ला प्रहरीलाई समेत जानकारी दिएकोमा सो बारेमा एक वर्ष सम्म पनि भीमदत्त नगरपालिकाको न्यायिक समिति भीमदत्त नगरपालिकाले कारवाही नगरिदिएकोले गुरुकुल भवन निर्माण तथा अन्य काम गर्नमा बाँधा परेको छ भन्ने जानकारी गुरुकुल समिति तथा शिवधाम समितिबाट जानकारी प्राप्त भएको छ । छिटो छरितो काम होस् भनेर ऐनले स्थानीय निकायलाई तोकि दिएकोमा झन ढिलो र वेवास्ता गरेको देखिन्छ । यदि सार्वजनिक संस्थाको काममा यस्तो ढिलाई गरिन्छ भने साधारण जनताको काममा नगरपालिकाबाट के काम गरिएला भन्ने गुनासाहरु सुनिन थालेका छन् । शिवधाम क्षेत्र विकास समिति भित्र रहेको घर जग्गा खाली गराउन तर्फ तुरुन्त कानूनी कारवाही गरोस् भन्ने जव आवाज रहेको पाईन्छ, सम्बन्धित पक्षको ध्यान जान जरुरी छ । जसमा सार्वजनिक सम्पत्तिको न संरक्षण भएको छ न त्यसबाट प्राप्त भएको भाडा सम्बन्धित पक्षबाट सम्झौता भएको मितिदेखि प्राप्त भएको आम्दानी जनाएको छ । यदि भाडा प्राप्त भएको होइन भने शिवधाम क्षेत्र विकास समितिले किन असुल गरेको छैन ? शिवधाम क्षेत्र विकास समिति र सम्बन्धित अतिक्रमणकारी पक्षबाट हर्जना समेत भराई सार्वजनिक सम्पत्तिको संरक्षण गरियोस् भन्ने जनधारणा रहेको छ ।
कसैले पनि शिवधाम क्षेत्र विकास समितिको जग्गा भाडामा दिई त्यसबाट प्राप्त आम्दानी नगरी भाडा असुल भएन भनेर मात्र पुग्दैन, रेन्टको नियमानुसारको लाग्ने प्रतिशत कर रकम नगरपालिकामा बुझाउनुपर्छ, र नगरपालिकाले पनि असुल गर्नुपर्छ । किन यस्तो अटेर गरिएको हो सम्बन्धित पक्षमाथि कारवाही गरियोस् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *