के महाकाली अञ्चल अस्पतालको नाम फेरिदै छ ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर बासीको मात्र नभएर पुरै सुदूरपश्चिम प्रदेशका जनताहरुको भावना अनुसार आजसम्म स्थापना गरिएका कुनै पनि गाउँ शहर, जिल्ला अस्पताल, विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरुका नाम परिवर्तन गर्नु हुदैन भन्ने धारणा रहेको छ ।
पटक पटक नाम परिवर्तनका आवाजहरु सुनिने गरेका छन् । हालै महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालको स्तर उन्नति जनताले चाहेका छन् तर नाम मेटाउन चाहेका छैनन्, त्यसकारण षडयन्त्रपुर्वक नाम परिवर्तन गरेर अन्य नाम राखिने कुरा चलिराखेको छ, त्यो यदि सही हो भने तुरुन्त त्यो बन्द गर्नुपर्छ । किनकी हरेक नामहरु इतिहास सित जोडिएका छन्, नाम मेटाएर होइन काम गरेर देखाउनुपर्छ । नाम मेटाउनेहरुले पहिले अस्पतालको अध्ययन गर्नुपर्यो जनताले कति सुविधा पाएका छन्, डाक्टरहरुले बस्ने उपचार गर्ने गराउने सुविधा कस्तो पाएको छ, डाक्टर तथा अन्य प्राविधिक कर्मचारीहरु तथा विरामीका मागहरु के छन् भनेर सरकारले बुझ्नु पर्यो यसतर्फ यहाँका व्यापारी बुद्धिजीवि, विद्यार्थी शिक्षकहरुको धारणा छ कि अस्पतालको नाम बदल्ने होइन कि सुविधा थप गरी स्तरउन्नति हुनुपर्यो भन्ने सक्त माग रहेको छ । र मान बदलिएमा कडा विरोधको सामना यहाँका नेताहरुले झेल्नुपर्ने भन्ने जनभावनाहरु देखिन्छन् ।
आज महेन्द्रनगरमा युवा विद्यार्थीहरु अध्ययनको लागि विदेश गईराखेका छन् र उनीहरुका विभिन्न प्रमाणहरुमा जस्तो बाबुको नागरिकता नेपाली, ठेगाना महेन्द्रनगर नगरपालिका र छोराको नागरिकताको ठेगानामा भीमदत्तनगर भनेर राखिएजस्तै विभिन्न प्रमाणहरुले द्विविधा जन्माई विदेशमा समेत नाम बदलिएको सामना नेपाली युवाहरुले गर्नुपरेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *