भेटवार्ता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

यहि २०७५ मंसिर महिनाको पहिलो साता बैतडीको पुर्चौडी नगरपालिका मल्लादेही उपरगाउ बस्ने वुवा नाथु धानुक र आमा बेलमती धानुकको कोखबाट विं.सं. १९९१ मा जन्मनु भएका पुर्व शिक्षक मानसिह धानुकसित दिशानिर्देश कंचन साप्ताहिकका प्रकाशक तथा प्रेस प्रतिनिधि बलदेब अबस्थीसंग भएको भेटघाटका केही अंशः
• तपाईले कहिले देखि शिक्षक पेशा अपनाउनु भयो ?
–मैले अनौपचारिक शिक्षक भएर त मैले २–३ ठाउँमा नयाँ स्कुल खोल्दै घर घरमा गई खाना खाएर जहापायो उतै सुत्दै खादै विद्यालय संचालन गरेको हु । औपचारिक तरिकाले स्थायी रुपले भन्नु पर्दा २०२५ साल देखि २०५१ सालसम्म दार्चुलाको खण्डेश्वरी, अल्कापुरी, कौतोलीमा तथा अन्तमा हिमालय नि.मा.वि. पटका क्षेत्ति दार्चुला मालिकार्जुन प्रा.वि. बाट २०५१ सालमा अवकास पाएको हु ।
• तपाईको अध्ययन ?
– मैले डिलेश्बरी आधार हाइस्कुल पुर्चौडी हाँटबाट आधार हाईस्कुल पास गरेको हु जस्को मान्यता एस.एल.सि वरावर थियो । राजपत्रमा समेत प्रकाशित भईसकेको छ ।
• शिक्षक पेसा कस्तो लाग्यो ?
– राम्रो लाग्यो पुस्तकबाटै भएपनि बालबालिकाहरुलाई शिक्षा दिन पाए धेरै खुसि छु ।
• त्यतिबेलाको विद्यालय र आजको विद्यालयमा के फरक पाउनुभयो ?
–त्यतिबेला स्कुल भवनहरु काठका खामा खुट्टाबाट घाँसको छाना राखेर गाउँको सर्वदानमा बनाएको भौतिक संरचना हुन्थ्यो भने आज वैज्ञानिक तरिकाको भवनहरु बनेका छन् । शैक्षिक सामग्रीहरु छन् तैपनि पुरानो शिक्षा प्रणाली जस्तो
छैन । नैतिक शिक्षाले गर्दा त्यतिबेलाका समाज नैतिकवान थियो आजको समाजले सामाजिक शिक्षा देख्न पाएको छैन । संस्कृत विश्वविद्यालयहरुमा आगजनी भएको, पुस्तकहरु जलाएका घटना सुनेका छौं, उहिलेका विद्यार्थी समाज किताबमा खुट्टा पर्दा समेत सलाम गरिन्थ्यो बस यस्तै यस्तै फरक छ । नैतिक शिक्षामा ह्रास, वैज्ञानिक शिक्षाको सुरुवात भएको छ, यो पनि राम्रै हो ।
• पुर्व समाज र आजको समाजमा के फरक पाउनुभयो ?
–पहिलोको समाजमा एकता थियो, नैतिकता थियो, सेवाको भावना थियो । आजको समाजमा बढी स्वार्थीपन देखिन्छ, जताततै पैशाकै लिला पाएको छु ,
• अन्तमा यो समाज शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई के भन्न चाहनुहुन्छ ?
–समाजमा सबैको भलाई हुने काममा तल्लीन हुनुपर्छ, शिक्षकहरुको हकमा आफ्नो तलब र निजी स्वार्थ नहेरी सिमित समयमा सिमित नरही अतिरिक्त समयमा पनि कोही पढ्न चाहन्छ भने निःशुल्क पढाई दिने हिम्मत गर्नुपर्छ भन्छु, विद्यार्थीहरुको हकमा आफ्ना गुरुलाई आदरपुर्वक सम्मान गर्नुपर्छ । दिएको शिक्षा प्रयोगमा ल्याउनु पर्छ । तथा अभिभावकलाई भन्नुपर्दा आफ्ना बालबालिकाहरुको गतिविधि कस्तो छ कतिवेला विद्यालय जान्छन्, कतिवेला फर्कन्छन्, साथीहरु कस्ता छन्, कतै कुलतमा त फसेका छैनन् भन्नेकुरा बुझिराख्नुपर्छ र प्रेमपुर्वक सम्झाउने काम आफ्ना नानीहरुलाई गर्नुपर्छ । जव क्याम्पस लेभलमा जान्छन्, पढाई नसकुन्जेलसम्म अरु कुनै पेशा नअपनाई तत्लीन भएर बस्नुपर्छ र राजनीतिक पार्टीहरुका बाधामजदुर हुनेतर्फ संलग्न हुने प्रयास नगर्न हुन सुझाव दिन्छु ।
• जीवन कस्तो लाग्यो ?
–जीवन एक खेलौना सरह लाग्यो खेलाउनेले मजा लिईराखेको हुन्छ अन्तमा खेलाउना नष्ट भएर जान्छ, त्यस्तै हो यो जिन्दगी ।
• पुर्चौडीको विकासबारे के धारणा छ ?
–यस क्षेत्रको विकासका लागि भनेर २००४ सालमा डम्बर बहादुर बमजीले विद्यालय खोलिदिनुभएको थियो, आज त झन ठूलो क्याम्पस हुनुपर्ने ठान्दछु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *