आन्दोलनको उत्पत्ति किन र कसरी ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आन्दोलनको बारेमा कुरा गर्दा सबै भन्दा पुर्व आफ्नै राष्ट्र नेपालको बारेमा बेग्लै कुरा भन्न मन लाग्यो । केवल देखिएका कुरा बाहिर मात्र ल्याउने जिम्मा पनि भएकोले ल्याउन मन लाग्यो । नेपालले संघर्षमयी जीवन विताउन लागेको लगभग २५० वर्ष पुरा भएको छ । एउटा विशाल राष्ट्रको भाग वण्डाले २२ से २४ से राज्यमा नेपाल विभक्त भयो राजा अथवा शासकहरुले भाईहरुको साथमा देशलाई निजी सरहठानी भाई भाग गर्दथे । त्यो चलन महाभारत कालमा पनि रहेछ महाभारतबाट प्रस्ट हुने गर्दछ । बडा कठीन पुर्वक नेपालमा गोरखाका राजा नरभुपाल शाहका छोरा पृथ्वीनारायण शाहले ति २२ से २४ से राज्यलाई एकिकरण गरी शासन सुव्यवस्था गर्न एकिकरण अधुरो काम रणबहादुर शाहको नेतृत्वमा पुरा भएपछि अंग्रेज, भोट, चिन सित युद्ध भयो । चारै तिरबाट नेपालमाथी आक्रमण भएपछि नेपाल अंग्रेजबिच सुगौली सन्धी भयो । र सिमाना फेरबदलमा अंकुस लाग्यो । देश जनताको हो राजाका छोराहरुको भाग अंश हुन सक्दैन भनी अंश बण्डा गर्ने चलन बडा महाराजाधिराज पृथ्वीनारायण शाहले बन्द गरी दिए पनि पछि आएर जंगबहादुरको उदय भयो, राजा अथवा जनताले राम्रो आफ्नो मन परेका व्यक्तिलाई प्रधान मन्त्रि बनाउन सकिने अबस्था बन्द भयो श्री ३ महाराजहरुको जन्म भयो । शासन सत्ता दुई तिहाई मात्र होईन कि सत प्रतिशत राणाहरुको जहानीया शासन कायम रह्यो । राज संस्थालाई दबाएर राख्यो जनतालाई पुर्ण कब्जा गरेर तालमेल मिलेन राजालाई भित्रबाट बाहिर नजान दिने हुदा जनतासित राजाको सम्बन्ध टाढियो । राजाको तर्फबाट राणा प्रधानमन्त्रिको स्वविवेकले जनतासित सन्देश पुग्दथे राज संस्था निरिह रह्यो । राणाको जहानीया शासन हावी रह्यो । अंग्रेजहरुको जस्तो राज्य बनाउन सोच नै नगएको ठानी राणाजीहरुका विद्धान सन्ततीले व्यवस्था सुधारको लागि जनताका नेता तथा राजालाई सहयोग गर्ने पक्षमा रहे । सत्ताको मातले सत्रा पक्षका विद्धान्हरुलाई नै च्यापी सकेको थियो । अनि बल्ल विद्रोहको सिलान्यास भयो । जब भारतमा अंग्रेजहरुको शासन सत्ता थियो त्यति बेलाका विद्धान्हरु मोतिलाल नेहरु, जवाहर लाल नेहरु, माहात्मा गान्धी, बल्लवभाई पटेल जस्ता थुप्रै नेताहरु भारत स्वतन्त्र चाहन्थे । उनीहरुकै सहयोगहमा नेपालका सपुत दशरथचन्द, कृष्णप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई, लगायतका नेताहरुले अंग्रेज हटाउ अभियानमा सहभागी भए ।
जहानीया शासनमा निरंकुशताले सिमा नाघ्यो उनीहरुको आडमा प्रत्येक गाउमा ठालु शोसकहरुको जन्म भयो । ठालुहरुको स्थानीय स्तरमा जनतालाई सताउन लागे अनिमात्र जनताको साथ पाईने ठानी वि.पी. कोईराला, मनमोहन अधिकारी जस्ता कयौ नेताहरु आफु बच्ने गरी जहानीया शासनको विरुद्धमा आन्दोलनको सुरुवात भयो ।
जव देशमा शासकहरुको अचाकली बढ्छ वा विपक्षीलाई समेटी न्यायोचित काम हुदैन तब विपक्षीहरु आन्दोलनको सुरुवात गर्दछ । सबैलाई जानकारी भैसकेकोले २००७ सालमा नेपाल प्रजातन्त्र प्राप्त गरेको विषयमा भनि रहनु पर्दैन , तैपनि आन्दोलन तर्फको हौसलाको बारेमा भन्नु पर्दा राजा त्रिभुवन राणाहरुसित समन्वय गर्न नसकि उनी एक्लै भएकोले दरबारबाट भागी भारतिय दुतावासमा जानु पर्यो । आफुखुसी थियो वा अरुको सल्लाहमा भाग्नु परेको थियो जे होस आफ्नो राजगद्दीलाई भने दाउमा राखेकै हुन ।
राणाहरुलाई राजगुरुहरुले सुझाब दिएर पनि राणाहरुले राजाको पगरी लिने प्रयास गरेनन् । उनलाई थाहा थियो कि जनता स्वीकार्ने होईन भन्ने मनसाय बुझी प्रधानमन्त्रि सिमित रहे पनि अन्तमा प्रजातन्त्रको घोषणा भयो सबै खुसि भए २००७ सालमा आएको प्रजातन्त्र प्राप्त भयो तर सञ्चालकहरुको अज्ञानता अन्याय अतिवाद, बाह्य बाहुल्यतामा बृद्धि हुदै देशको अहित तर्फ गकोले २०१७ साल पुस १ गतेले प्रबेश भयो । २०१९ मा नेपालको संबिधान बन्यो त्यही बमोजिम २०३६ सालसम्म चल्यो नेताहरुको ईच्छा बमोजिम २०३६ जनमत संग्रहको घोषणा भएर २०३७ मा जनमत संग्रहले विवाबित अबस्था निर्दलीयलाई नै स्वीकार्यो । त्यसपछि पुनः २०४६ सालमा राजाद्धारा बहुदलिय व्यवस्थाको सिधै घोषणा गराएर बहुदलिय संविधान नेताहरुको भनाईले विश्व प्रख्यात संविधान बन्यो भने पनि पुनः १० बर्षमा अर्को विद्रोहको सुरुवात भयो १७ साल देखि ३६ सालसम्मको अबधिमा विकासका कामपनि प्रसस्त भए लामो समयसम्म टेकियो पनि तर त्यसपछिको विद्रोहका विजारोपण भई १७ वर्षमा नै व्यवस्था बदलिदै गए । २०७२ मा बनेको संविधानले त झन १० वर्ष टिक्ला जस्तो पनि छैन । यस्तै यस्तै गैर कानूनी काम गर्दा तथा आफ्नो परायमा भ्रष्टाचारमा, अतिबादमा आण्डम्बमा जब शासक फस्छ उ आँखा देख्दैन, गरेका कामहरु पनि विर्सन्छ । कुन राम्रो कुन नराम्रो छुट्याउन अयोग्य हुन्छ र मनपरी गर्दै जान्छ त्यसपछि मात्र आन्दोलनको उत्पत्ति हुन्छ । आन्दोलकारी अर्थात विद्रोहीलाई पनि सुमार्ग थाहा नभएर रिसको आबेगमा झन झन अतिवादतर्फ लाग्छ र पुर्ण आन्दोलन हुन्छ ।
आन्दोलनपछिका दिनहरु अनविज्ञ, अज्ञानि, अदुरदर्शी भएकै कारणले स्थिर शासन हुन सक्दैन । जस्तो आज भएको छ, विद्रोह भयो विद्रोही समेटिएन, झन विद्रो बढदै गएको छ । सरकार निवस्त्र बनेको छ । ना¥्गै छ तर देख्दैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *