राष्ट्रको पहिचान झल्कने नोटहरु








नेपालका नोटहरुमा राष्ट्रियता बोकिएको हुनुपर्छ । आज सम्मको चलन चल्तीमा हरेक नोटहरुमा पदासीन राजाहरुका चित्र अंकित नोटहरु मात्र प्रचलनमा आए भने वडामहाराजाधिराज नेपाल निर्माता पृथ्वीनारायण शाहका चित्र अंकित नोटहरु प्रचलनमा ल्याईन । नोटको पहिचान अमर राख्नु पर्दछ । विश्वलाई शान्तीको पथमा डोर्याउन भगवान गौतम बुद्धका चित्र भएका नोट सिक्काहरु चलन चल्तीमा ल्याउनु पर्दछ । जसले नेपालको शान्तिप्रिय पहिचान गराई रहोस् । त्यस्तै राष्ट्र निर्माणको पहिचान अमर राख्न पृथ्वीनारायण शाहका चित्र अंकित नोट प्रचलनमा ल्याउनु पनि उत्तिकै आवश्यक छ । नोटको पानी छायामा पृथ्वीनारायण शाह वा गौतम बुद्धको हरेक दरका नोटमा र यी दुई मध्ये एउटाको नोटको बाहिरी हिस्सामा राखी नेपालको समग्र इतिहास कमसेकम नेपालीलाई त थाहा होस् । गौतम बुद्धको मुर्ति त जसरी भारतीय नोटहरुमा अशोकको निसान राखेका छन् त्यस्तै गरी राख्नु पर्दछ । शान्ती पृय नेपाल कहिले पनि असान्तीको (घेरा) छाया नपरोस भनेर लेख्नु पर्ने पनि हुन्छ । हामीलाई म भन्दा पनि मेरो देश फलोस सुन्दर बनोस विश्वमा बेग्लै पहिचान बनोस जस्तो पहिचान नेपाली वीर इमान्दार भनेर गोरखालीको पहिचान छोटो समयमा विश्वरी फैलिएको थियो । त्यस्तै पहिचान कायम रहोस् । नेपाली खुकुरी देखि अझै पनि विश्वले विश्वास गरोस भरोसाका साथ नेपालीले सम्मान पावस । नेपालको इतिहास तथा देशको पहिचान धार्मिक, पर्यटकिय, नदीनाला, पहाड, पर्वत तथा धर्म संस्कृति नै देशको पहिचान हो । हर तरहले देश चिनाउने प्रयासमा लाग्नु पर्दछ ।
उद्योग, कलाकारखाना पनि देशको पहिचान हो
विश्वसामु आज यार्सागुम्बा (हिड्ने विरुवा) को नामले पनि नेपाल चिनिएको छ । जलस्रोतको धनीको नामले चिनिएको नेपाल खानेपानीको अभावले पनि चिनिन्छ । काठमाडौंमा खानेपानीको अभाव पुर्ति गर्न २०४७ पछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा सुरु गरिएको मेलम्ची खानेपानी योजनाको पहिचान विश्वसामु पुगि सकेको छ भने विश्वसामु केही न केही थोक अझै पहिचान मुखी नै रहेको छ । बासवारीको छाला जुत्ता, हेटौडा कपडा कारखाना, भृकुटी कागज कारखाना लगायतका विभिन्न उद्योगहरु विश्वका मित्रराष्ट्रले खोलिदिएका कारण कमसेकम सहयोग गर्ने राष्ट्रहरुको लगतमा नेपाललाई दिएको सहयोगको लेखाजोखा अमेट रहने हुनाले अझै भावि दिनहरुमा नेपालमा माग गरिएको विदेशी लगानीकर्ताहरुलाई देशको विकट इलाका तथा समग्र राष्ट्रको समानुपातिक विकासमा ध्यान पुगोस् भनेर प्रतिबद्धता गर्न अझै नेपाल सरकारले सुदूरपश्चिम प्रदेशमा आमन्त्रित गर्नु पर्दछ । आजसम्म यो प्रदेशमा ठूला उद्योगहरु खासै छैन, अत्तरीयामा नेपाल सरकारबाट खुलेको स्वदेशी कच्चा पदार्थमा आधारित खोटो कारखानालाई पनि स्तरीय हिसावले सञ्चालनमा ल्याउने प्रयास गरी निकासीतर्फ मदत पुर्याउने काम गर्नुपर्छ । त्यस्तै खालका अन्य उद्योगहरुमा हामीसित भएको खनिज सम्पत्ति मध्ये फलाम तथा अन्य धातुजन्य ढुंगाहरु हामीले निकासी गर्न नसकेपनि अध्याधुनिक गिट्टी बालुवाको स्तर सुधार गरी निकासी तर्फ प्रयास गरियो भने त्यसबाट पनि नेपालीको आय आर्जन बढ्न सक्छ । र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग भएकाले छिमेकी मित्र राष्ट्रको बरेली अर्थात दिल्लीसम्म पठाउन सकिने देखिन्छ । जव हामी मध्य भारतबाट मार्वलहरु मगाउछौ भने हामीले बैतडी, बझाङको सिमानामा पर्ने धौलकाँडाको कोटबाट मार्वल खानीालई राष्ट्रियकरण गरेर भएपनि किन प्रयोगमा नल्याउने ? त्यस्तै पर्यटकीय उद्योगतर्फ जाने हो भने मन्सुरी देहारादुन, सिमला जस्ता रमणीय स्थलहरु भन्दा झन राम्रा पर्यटकीय स्थलहरु बैतडी, बझाङ डडेल्धुरामा रहेका छन्। जहाँ सडकले ती क्षेत्रहरु छोईसकेको छ । आज मझगाउँ हवाई मैदान गौचरनमा बदलिएको छ । जुन शुक्लाफाँटा आरक्षसँग सँगै जोडिएको र यहाँबाट दिल्ली, मनसुरी, हरिद्वार नजिकै रहेको अवस्था हुँदा मझगाउँ हवाई मैदान सुचारु भयो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।







