अहम ब्रह्माण्मि








म नै ब्रम्हा हु बेद पुराण उपनिषद लगायतमा यसको वर्णन पाईन्छ । प्रभु कृष्णको मुखार बिन्दबाट प्रवाहीत गीता ज्ञानको मौलिक सार अहम ब्रहमाण्मि मान्न सकिन्छ । गीताको धेरै भागमा तत्व दर्शनको उल्लेख छ जसले ब्रम्हालाई जान्यो त्यही तत्वदर्शि हो । यहाँ शब्द जान्नु र पढ्नुमा भारी अन्तर छ । किताबमा पढेर कानले सुनेर तत्व बेत्ता हुने भए संसार ब्रह्मय नै हुन्थ्यो । अहम ब्रह्माण्मिलाई तत्वमसी स्वेतकेतुसंग जोडेर हेर्न मिल्छ । महर्षि उद्धालक पुत्र स्वेतकेतु बाह्र वर्ष सम्म ज्ञान प्राप्त गर्न गुरुकुलमा रहेर फर्कदा उनका पितालाई छोरा अहङ्कारी भएकै भ्रम भयो त्यसैले ब्रह्मा ज्ञानको विषयमा व्यापक अर्ति दिए र अन्तमा तत्वमाथि स्वेतकेतु अर्थात् तिमि स्वयम ब्रहम् हौ भन्ने ज्ञान दिए ।
नचिनेका यमराजको संवाद ज्यादै प्रख्यात त छ उनका पिता यज्ञ भुमीमा दान गर्दै अनेक विधि र मन्त्रको प्रयोग गर्दै थिए । बालक नचिनेकाले भने अब मलाई को संग दान गर्नु हुन्छ भन्दा पिता क्रोधित भएर तिमिलाई मृत्यु समर्पण गर्दछ । आज्ञाकारी बालकले त्यो स्वीकार गरे । पितालाई आफ्नो भुल ज्ञात भई पश्चाताप गर्दा र पुत्रलाई सम्झाउने प्रयास गरे तर नाचिकेताका मृत्यु बर्णन गर्न थाले अन्ततः मृत्युका प्रतिक यमराजले ३ बर माग्न भने । उनले पिता प्रशन्न रहुन, समाज कल्याण होस लगायतका बर मागे जुन तथास्तु भयो । तेस्रो बरका रुपमा नाचिकेताले त्यो कुन तत्व हो जसलाई जाने पछी केही बाकी रहदैन । त्यसलाई भने यमराजले सहजै स्वीकार गरेनन् तर नाचिकेताले हठ नछोडेपछि आत्म तत्व ज्ञानब्रहमका विषयमा बताए त्यही तत्व ज्ञान अध्यात्मको स्तर मान्न सकिएला ।
अण्टाबक्र भन्ने व्यक्ति आठ ठाउँमा शरीर टेढो मेढो कूरुपि थियो । राजा जनकको दरबारमा विद्वान्हरुको सभा भई रहन्थ्यो । त्यही सभामा अष्टबक्र पुगे उनलाई देख्नासाथ प्रायः सबै उनको शरीर देखेर हास्न थाले उनको उपहास हुन लाग्यो । जवाफमा अष्टाबक्रले गर्जना गर्दै राजा जनकलाई चमडाको व्यवसाय गर्ने सभा भने, कारणमा नम्बर शरीर भित्र रहेको अभिनाशी आत्म स्वरुप तत्व दर्शन नै नजानी ब्रहम रहस्य विपरित नासवान शरीरको स्वरुप वा कुरुपप्रति आसक्ति तत्व ज्ञान आत्म दर्शन विपरित भएको बताए, त्यति मान्न होईन दरबारमा
रहेका आचार्य बन्दिसंग शास्त्रार्थ गर्न थाले हार्नेले जल समाधि लिनु पर्ने सजाय हुन्थ्यो कुनै आचार्य बन्दिकै कारण अष्टाबक्रका पिताले जल समाधि लिनु परेको थियो ।
कोरा किताबी ज्ञानको अधिकतम भएका आचार्य बन्दिले पराजय स्वीकार गर्दै जल समाधिका लागि तयार भए तर अष्टाबक्रले उनलाई सभा गर्दै हिंसा प्रतिषोध ब्रहम ज्ञानको बाधक भने । अष्टाबक्र गीता भनेर निकै चर्चित रहेको छ ।
महार्षि पतन्जलीको अष्टांग योगको मुलमा पनि आत्म तत्व ज्ञान नै रहेको छ । महात्मा बुद्धले कोरा कर्मकाण्डबाट तत्व दर्शन हुन सक्दैन भनि महान बैज्ञानिक चिन्तन विपश्चना ध्यानको अनमोल ज्ञान दिएर मानव जाति प्रति ठुलो उपकरण गरेका छन् ।
आत्म तत्वको ज्ञानको अधिकारी समग्र मानव जाति छ । त्यसो भए हिंसा अनाचार काटमार धर्मका नाममा हिंसक दमन घृणा किन बढ्दै गएको छ ? यसको मूलमा अहंकार व्याप्त छ । जसरी ऐनामा धुलो, गर्भस्थ शिशु शालले, धुवाले आगो छिप्छ त्यसैगरी माया (भ्ििगकष्यल) भ्रमको अधीन भई तत्व ज्ञानलाई ढाकेको छ । म भनेको शरिररुपी भ्रमले अहंकार दम्भलाई बढाउछ । विनासको कारण पनि त्यही हो । ढोगी र पाखण्डीहरुले महान अध्यात्म दर्शन माथि निर्मम प्रहार गर्दै रहे जुन अनवरत चली रहेको छ । शोषण दमनको माध्यमका रुपमा धर्मको आवरणबाट तत्व दर्शन समाप्त पार्ने पाखण्ड जारी छ । जसले धर्म शब्दप्रति नै वितृष्णा उत्पन्न गर्दछ ।
हाम्रा वेद पुराण, उपनिषद भागवतहरुमा आत्मज्ञानका मार्ग देखाईएका छन् । कुरान, बाईबल, गुरु ग्रन्थ साहिव बौद्ध दर्शन लगायत सारा धार्मिक अभियानको मूलमा आत्म तत्व ज्ञानको खोजी नै हो जव त्यो पूर्णता तर्फ अग्रसर हुन्छ तव अहम ब्रह्माण्मिको बोध प्रारम्भ हुन्छ भनि ज्ञानीहरुले अनुभव बताएका छन् ।
जडभरत र राजा रहुगण संवादपनि रोमान्चकारी प्रसंग लामो हुँदा क्रमश उल्लेख हुनेछ । बस्तुतः भागवत पुराण बेदको मौलिक उद्देश्य र गन्तव्य आत्मदर्शन नै हो । दुर्भाग्यवश पेषा पण्डितहरुले स्वार्थको दर्शाभूत निरर्थक कथा प्रसंग जोडेर घृणा फौलाउने पवित्र दर्शनलाई कुरुप पार्ने दुष्कृत्य गरी अर्थको अनर्थ जोड्दै गए त्यसैले संस्कृति र ब्रह्मज्ञान कमजोर पार्ने षडयन्त्र भयो, त्यो प्रष्ट हुन आवश्यक छ । ब्रह्मज्ञान पढेर सुनेर भन्दा पनि प्रयोग गर्दै अनुभूतिबाट ज्ञात हुने विषय हो, समाजलाई त्यही सत्य प्रकट गर्नु अध्यात्मवादीहरुको प्राथमिक कर्तव्य भित्र पर्नु पर्दछ भन्ने सोवनिय प्रार्थनाका साथ ओडम ।







