लगानीकतालाई निमन्त्रणा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज हामी वैदेशिक लगानीकर्ताहरुलाई निमन्त्रणा दिई रहेका छौं, स्वागत योग्य कुरा हो, विदेशीले लगानी गर्न देशमा कानूनी राज्यको ग्यारेन्टी हुनै पर्दछ । र जनताका भावना जनमतको कदर पनि हुनै पर्दछ । सिके राउत जस्ता तथा विप्लब र त्यस्ता अरु छन भने उनीहरुलाई एक पटक राजा राज संस्थालाई पनि समेटी देशलाई एकताबद्ध र बनाउनु नै आजको आवश्यकता रहेको छ । विप्लब र उनी सित रहेका विद्वान समर्थकहरु तथा राजाले पनि यस देशको विकासको लागी अवश्य टेवा पुर्याउने काम निश्चिय पनि गर्ने नै छन् । एक अर्काको कदर राख्नुपर्छ । हतियार गोला बारुदको भरमा कसैले राज्य सञ्चालनको कल्पना दुःखदायी हुन्छ गर्नु हुदैन ।
भारत विशाल राष्ट्र भएर पनि बहुराष्ट्रिय कारखानाहरुद्वारा विश्वमा चाहिने सामग्री उत्पादन गरिराखेको छ । त्यसबाट प्राप्त हुने वैदेशिक मुद्राले नै राष्ट्रलाई माथि उक्लन सजिलो भएको छ । त्यस्तै अति सानो देश मलेसिया सरकारले देशभरी नै बहुराष्ट्रिय कम्पनीहरुको स्थापना गराई त्यहाँका
नागरिकहरुलाई पुर्ण सेवा सुविधा पुर्याएको छ ।
समग्रमा भन्दा देश उद्योगहरुबाट नै फस्टाएको छ । उद्योगहरु गर्न देशमा शान्ति चाहिन्छ यदि हामीले पनि लुटपाट चन्दा आतङ्क जस्ता भ्रष्टाचारमुक्त बनाउने हो भने उद्योग व्यापारहरु फस्टाउछन्, त्यसबाट आउने राजस्वद्वारा देशको विकास निर्माण हुन्छ । हामीलाई गौरव थियो, हाम्रा गोरखा सैनिकहरु विद्वान डाक्टरहरुले विदेशमा कमाएको इमान्दारीता लाई आज हामीले नष्ट पार्दैछौं । परापुर्वकालदेखि इज्जत कमाएको देशले आज लागी पाउनु परेको
छ । जुन देशका प्रहरी प्रमुख अख्तियार दुरुपयोग निवारण आयोगका आयुक्तहरु, प्रहरी प्रमुखहरु, तथा देशको बागडोर हातमा लिएकाहरु भ्रष्ट कार्य गर्दछन्, जेल जान्छन् भने भन्नुहोस् हाम्रो इज्जत कहाँ पुग्यो ।
गल्ती गर्छ अरुले मन रुन्छ नेपाली जनताको भने विचार गर्नुहोस् त्यो नेपालीले कसरी बस्ने र उन्नति गर्ने ? त्यसैले हरेक व्यक्तिले राजनीतिक पार्टीका बाँधा मजदुर नभएर स्वतन्त्र राष्ट्रभक्त भई राज्यको बागडोर हातमा लिनुपर्यो, जबसम्म राजनीतिक पार्टीहरुका बाधा मजदूर भएर बसिन्छ भने तबसम्म यो देशमा केही गर्न सकिने छैन । जस्तो कि नेपालका थारुजातिहरुलाई हलियाबाट मुक्ति गरेर स्वतन्त्रता प्रदान गरियो, आज हेर्नुस उनीहरुले हरेक क्षेत्रमा उन्नति गरेका छन् । नेपाल छोडेर विदेश जाने कल्पना समेत गरेका छैनन् । हरेक क्षेत्र चाहे प्राविधिक क्षेत्र होस् जुनसुकै क्षेत्रमा निपुर्ण भईराखेका छन् । विद्यालयमा विद्यार्थीहरु पढाईमा राम्रा भएका छन्। ज्यामी मिस्त्री लगायतका अन्य उच्च ओहदामा समेत प्राविधिकता प्राप्त गरिसकेकाले हरेक नेपालीलाई खुसी लाग्नु पर्दछ । जसले हलिया राखेका थिए उनीहरुले पनि खुसी हुनुपर्दछ । यदि सकिन्छ भने आफूले हलिया राखेका हलियाहरुसित घरबासको लागि जमिन छैन भने उदार विचार राखी सिमित जग्गा उपलब्ध गराईदियो भने धन्य हुने थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *