मुल नेता, पार्टी, राजा र तिनका बुच्चा औजारहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हसिया, होस वा हतोडा फाली होस वा हलो कुनै पनि संयन्त्रहरु बुचा छन् भने काम गर्न असजिलो हुन्छ कार्यले उत्साहपुर्र्ण सफलता लिन सक्दैन कृषकहरुका औजार उत्साहजनक छैनन् भने कषि मजदूरहरु आफ्नो कार्यलाई ढाकछोप मात्र गर्दछन् । फलित कृषि गर्न सक्दैनन् र कृषकहरु मर्कामा पर्दछन, सुन्य सहयोग गर्ने सहयोगीबाट कृषक टाढा बस्न बाध्य रहन्छन् । त्यस्तै राज्य सञ्चालनका लागी नेताले, पार्टी र राजाले मात्र पुग्दैन । पार्टीहरुका नेताहरु इमान्दार मात्र भएर पनि पुग्दैन उनका कार्यकर्ताहरुले पनि इमान्दार रहन सक्नु पर्दछ अनि मात्र देशले राम्रो सोच गर्न सक्छ ।
राज्यमा व्यवस्था र सत्ता परिवर्तनको लागी जनतालाई गलत मात्र होइन झुटा र लोभी आश्वासन दिदै गरेकाले पार्टीका कार्यकर्ता सही काम गर्नमा मदत गर्न सकिराखेका छैनन् । यौटा सत्ता पक्षको नेताले सम्पूर्ण विपरित ध्रुवका नेता र कार्यकर्ताहरुलाई विश्वासमा ल्याउन भने अत्यन्त कठिन अवस्था रहेको हामी पाउँछौ । जस्तै आज वर्तमान सरकार कम्युनिष्ट पार्टीका नेता के.पी. ओलीको सरकार छ त्यसमा सम्पुर्ण नागरिकको सहयोग चाहिन्छ । सहयोगको लागी ठूला ठूला कांग्रेस, राप्रपा तथा अन्य पार्टीका नेताहरु यो सरकार दिर्घायु जनप्रिय बनोस् भन्ने भावना राख्न सकेन किनभने यदि वर्तमान सरकारका नेताहरु तथा कार्यकर्ताप्रति जनताको अथाह विश्वास गराउन खोज्ने हो भने आफ्नो पार्टीले सरकार बनाउने मौका पाउदैन भन्ने आसयले सकेसम्म विपरित ध्रुवको सरकारलाई फेल गराउनमा लागेको इतिहास यो देशमा रहेको छ । त्यस्तै राजाको पनि २०४७ भन्दा पुर्व राज संस्थाकै पुर्ण नेतृत्व रहेको भए पनि सो अनुसार इमान्दार पुर्वक राज्य सञ्चालनको काम गर्ने आधिकार नेताहरुमा नै निहित रहेको थियो । न एक्लो नेताले राज्य सञ्चालन गर्न सक्छ न कुनै राजाले नै । यदि कार्यण्कर्ता लोभी छन् भने नेता केही गर्न सक्दैनन् । आज ओली ज्यूको सरकार छ हाम्रा सभासद उहाँका सहयोगीहरुले सहयोग गरिदिएन भने कसरी सरकार र सत्ता चल्छ चल्न सक्दैन बरु जल्दछ राजनीतिक पार्टीका नेताहरुका औजार कार्यकर्ता हुन भने राजसंस्थाका औजार नेताहरु हुन जे नेताहरुले भन्यो र गर्यो त्यसमा राजसंस्थाको इन्कार गर्न सक्दैन थियो कारण एक्लै छोडी दिए के गर्ने । इमान्दार को थियो व्यइमान के थियो त्यो अलग विषय हो । केवल राज्य सञ्चालनको लागी निर्दलिय व्यवस्था ठीक लागेन प्रतिस्प्रधी बजार भएन सिण्डीकेट तरिकाको भयो भनेर दिल थाम्न नसकि व्यवस्थाको विरुद्धमा नेताहरु लागे देशले विकासको काममा अग्रसर भई रहेको बेला घोर विरोध भयो । भारतको प्रमुख हात रह्यो चन्द्रशेखर लगायतका नेताहरुलाई काठमाडौं बोलाएर राजाको विरोध गर्न लगायो बहुदलिय व्यवस्था रुचाउने नेताहरु ताली बजाउन थाले । प्राप्त भयो बहुदलिय व्यवस्थाको पुनरजागरण भयो नेपाल माथि लगाएको नेपालले प्रयोग गरी रहेको राज्य व्यवस्थामाथि नै आघात पुग्यो, नेपालले प्रयोग गरिराखको राज्य व्यवस्था, पञ्चायतलाई आफ्नो देशमा लगेर स्थानीय निकायमा सञ्चालन गरिराखेको छ ।
कुनैपनि व्यवस्था आफैमा पुर्ण हुदैन, त्यसका सञ्चालकहरुले जसरी सञ्चालन गर्यो त्यसै अनुरुप सफल असफल हुने भएकोले भारतमा पञ्चायत फस्टाएको छ भने अवका दिनहरुमा पनि नेपालले राज्य व्यवस्था परिवर्तन मात्रै गर्ने हो, गाउँ ठाउँका नाम मात्रै फेर्ने हो र शालिकहरु मात्रै तोड्ने र फेर्ने हो भने जुनसुकै व्यवस्था भएपनि दिर्घायु भएर टिक्दैन ।
छिमेकी राष्ट्र भारतमा र नेपालमा एकैसाथ लागु गरिएको व्यवस्था यहाँ कैयौ पटक परिवर्तन भईसक्यो भने भारतमा सुरु देखि आजसम्म एकनासले चलेको छ । किनभने त्यहाँका नेताहरुमा स्वविवेक छ । यहाँ पार्टीभक्त मात्र भएकाले जनतालाई प्रलोभनमा पारी गुम्राहमा राखी झुठा आश्वासनमा फसाई जे नेताले भन्यो, त्यसको प्रतिकार गर्न नसकी सुझाव समेत दिन हिम्मत नगरेकाले आज यो अवस्था आएको देखिन्छ ।
राज्य व्यवस्था जस्तोसुकै भएपनि कानूनी राज्य कायम गरिएको भए, भएर मात्र पुग्दैन, इमान्दारीता पनि चाहिन्छ । कानूनको पालना यदि गरिवले मात्र गर्ने हो, बोलवालाले गर्ने होइन भने राज्य भताभुंग हुन्छ जस्तो आज कसैले भनेको कोही सुन्दैन, मनन् गर्दैन, नेपाली कांग्रेस होस् अथवा अरु जुसुकै पार्टी भएपनि इमान्दारीपुर्वक देशको हित भन्दा प्रदेशको हितमा लागेकाले यो राज्य हामीले भनेको होइन यस देशका पुर्व प्रधानमन्त्री तथा प्रधानमन्त्री रहेका बेला समेत यो देशको शासन गर्ने हामी छैनौं, अलग्गै स्थानबाट अदृश्य शक्तिले चलाई राखेको छ भन्दा भन्दै अन्तमा त्यो अदृश्य शक्तिको किटान पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमै रहेका बेला कट्वाल केशमा भनेका थिए, प्रभुका खेल हुन यी, प्रभुले नै
गराएको हो भनेर भारतलाई छेड हानेर भनेका थिए । जो सुकै मन्त्री प्रधामन्त्री भएपनि आफैमा लाचार देखिएका छन्, । विदेशीहरुको पञ्जाबाट यो देशले मुक्ति पाएको छैन भनेर भन्ने गरिन्छ ।
२०६२÷०६३ को आन्दोलनमा राजालाई सत्ताबाट बाहिर लगाउने खेल नेपाली जनताले गरेका नभई विदेशी प्रभुशक्तिबाट नै गरेको स्वीकारिदै छ । त्यसैगरी आज कराईराखेका छन् । आउ राजा आउ देश बचाउन भन्ने मित्थ्या नाराहरु दिएर राजाको सामुन्यमा कराईरहेका छन् । तर पछाडी चु पनि बोल्दैनन् । यसको अर्थ यस्तो होइन कि हेर्नुहोला, जुन शक्तिले राजालाई फालेका थिए त्यही शक्तिले राजालाई भित्र्याउने छ, र शक्ति प्राप्त गरेको शक्ति क्षण हुनसक्नेछ । न राजालाई जनताले फालेका हुन्, न ल्याउन सक्छन् । यी सब प्रभुकै खेल हुन्, प्रभुलाई खुसी राख्न सत्तापक्ष, विपक्ष र झिनो आशा बोकेका अल्प ज्ञानी नेताहरुले दिर्घायुको आशा गरिराखेका छन् ।
अहिले विश्वमा हेर्ने हो भने विश्वका कुनै कुनै राष्ट्रहरु पहिले हिन्दुराष्ट्र थिए आज पुरा क्रिश्चियन राष्ट्र बनेका छन् । छिमेकी राष्ट्र भारतमा मात्रै हेर्ने हो भने मस्लिम शासकहरुले भारत खण्डमा रहेका हिन्दुहरुमाथि आक्रमण गरी हिन्दु धर्मलाई नै लोप गर्ने पुर्ण प्रयास गरे, अयोध्यामा रहेको श्रीरामको
मन्दिरको गजुर निकालेर त्यसैलाई मस्जित बनाउन आफ्नो गुम्बा टाईपको शीर बनाएर मन्दिरलाई नै मस्जितमा परिणत गरिदियो । आजसम्म त्यो मुद्दा कायम छ, विगतमा हिन्दुहरुको कार सेवाले एकै रातमा त्यो मस्जितलाई भत्काएर हेर्दा सम्पुर्ण इटाहरुमा पनि श्रीराम लेखिएका थिए, एकै रातमा मन्दिर भत्काएर श्रीराम मन्दिरको जग बसालेको छ । त्यसपछि हाललाई सरकारले स्थगित गर्न लगाएको छ । निर्माण कार्य बन्द रहेको छ । हिन्दुधर्ममाथि जतिसुकै आक्रमण भएपनि आजसम्म बचिएको छ । धर्म संस्कृति, राज्य व्यवस्था टिकाउ गर्न एकदुई जना नेताहरुको हातमा हुन्छ न राजाको हातले हुन्छ, उनीहरुका इमान्दार तिखा कार्यकर्तारुपी औजारहरु इमान्दार हुनुपर्दछ, अनि देशमा शासन सुव्यवस्था कायम रहन्छ । अन्यथा वर्तमानका जस्ता बुच्चा औजारहरुले कुनैपनि काम गर्न सक्दैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *