चिनीमील कृषकहरुको रोजगारी हो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देश साँझा सहकारीले चल्दछ राजा महेन्द्रको समयमा गाउँ गाउँमा साझा पसल साँझा कारोवगार थियो व्यइमानी गर्न डराउथे सिस्टम थियो, जसरी आज भारतमा साँझा अर्थात रोडवेजका बसहरु चल्दछन् सरकारी सिटहरुमा जेष्ट नागरिक, (विकलाङ्ग) अपाङ्गता, सैनिकहरुको लागी सिट राखेको हुन्छ त्यसमा जसबाट टिकट भाडा लिनु पर्ने पास वाला निकाय छ उनको रकम सरकारले सोध भर्ना गर्दछ यात्रीको पनि सम्मान हुन्छ राष्ट्रको नोक्सान पनि हुदैन सम्बेदनसिलताका साथ सवारी चालक, सहचालकहरुले नियम कानूनलाई सिरोपर गरी गाडीचलाउछन्, यात्रीबाट भाडा लिन्छन्, १÷२ रुपियाँ पनि फिर्ता गर्न छैन भन्न वाक्या निकाल्दैनन् । टिकट बेगर एक सवारी पनि बसाल्दैनन् विचबीचमा छड्के पनि हुन्छ छड्के निरीक्षण गर्दा गाडी रोक्छन् यात्रीहरुको गन्ती हुन्छ टिकटको संख्या र यात्री भिडान गर्छ यदि विना टिकट यात्रा गरेको भए परिचालक र चालकको मिलोमतो भए दुवैलाई तुरुन्त गिरफ्तार गरी कडा कारवाही गरेका घटनाहरु हामीले देख्दै आएका छौं, । हाम्रा साँझा बसहरुमा पनि त्यस्तो व्यवस्था गरिदिएको भए फस्टाउने थिए ।
नेपाली जनताको सहयोगको लागी तेस्रो मुलुकका मित्र राष्ट्रहरुले नेपालमा कृषकहरुलाई काम लाग्ने, चिनी, कागज उद्योग जस्ता तमाम उद्योगहरुको स्थापना गरी दिएका थिए । त्यसबाट जनता प्रत्यक्ष लाभान्वित थिए ।
नेपालको तराई क्षेत्रमा अथाह जग्गा अझै छदैछ, कृषकहरुले उखुखेती गरी आफ्नो प्रगति गर्न सक्छन्, तसर्थ प्रत्येक प्रदेशमा कम्तिमा पनि सरकारी या अर्धसरकारी वा त्यस्तै विश्वासिलो जनतालाई नठग्ने खालको लगानी गर्ने व्यक्तित्वद्वारा अत्याधुनिक चिनीमिल खोल्ने हो भने ५०% कृषकहरुले प्रत्यक्ष रोजागरी पाउने थिए । यहि २०७५ चैत १५ गते देखि काठमाडौंमा लगानीकर्ताको कुम्भमेला लाग्यो सो मेलामा ६ सयविदेशी लगानी कर्ताद्वारा ३४ खर्ब ६८ अर्वका आयोजनाहरु प्रदर्शनमा राखिने गरेका थिए । विदेशी लागनीकर्ताहरुले यो देशमा लगानी गर्ने हुन भने सबै प्रदेशहरुमा निम्त्याउनु पर्दछ । यदि सम्भव हुन्छ भने विदेशी लगानीकर्ता मार्फत नभए नेपाली नागरिकहरुकै शेयरमा चिनी कारखाना खोली समग्रमा बढी कृषकहरुलाई संलग्न गराई यथासिघ्र कारखाना स्थापना र कृषकहरु सितको सहमति सम्झौता गर्नुपर्ने देख्दछौं । कृषकले पाउने उखुको रकम र अन्य सुविधा नगद भुक्तानी गर्नुपर्ने ठान्दछौं किन भने कृषकहरुले विक्रि गरेका उखुको रकम समयमा भुक्तानी नगरेकाले कृषकहरुको उखु खेती तर्फको चासो नै हट्न सक्छ ।
नेपालमा सबैभन्दा पहिले विदेशी राष्ट्रबाट सहयोग स्वरुप निर्माण गरिदिएको वीरजञ्ज चिनी कारखाना, हेटौडा कपडा कारखाना, बासबारी छाला जुत्ता कारखाना, ट्रलीबस सेवा जस्ता उद्योगहरुबाट नेपाल जनतालाई दिई आएको सुविधा रोजगारी २०४७ सालदेखि प्रजातन्त्र सित साटी बन्द गरिए, त्यस्तै साँझा वसहरुबाट समेत निःशुल्क प्राप्त भएपनि जनतालाई सेवा दिन सकेन, यो बदनियतपुर्ण मनसाय थियो । नेपाललाई पंगु बनाउने अवस्था रहेकोले आज वर्तमानको सरकारद्वारा विदेशीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरिएको छ ।
नेपाली जनताले आशा गरेका छन् कि पुराना घाउहरु मेटिनेछन्, सरकारले जस पाउनेछ । र जनताले सुख पाउनेछन्, भन्ने आशा बोकेर उद्योगी, व्यापारी तथा सर्वसाधारण जनताहरु प्रतिक्षामा रहेका छन् । यसबाट आजसम्म विदेशिएका युवायुवतीहरु फर्कन सक्छन् कि भन्ने ठूलो आशा बृद्धाश्रमबाट समेत गरिएका छन् । आफ्ना छोराहरुलाई वैदेशिक रोजगारी वा विदेश पढ्न नजाउ भन्न सक्ने अवस्था रहेन् । र विदेश पठाईयो, आज विदेशिएका युवाहरुका आमाबावु विचल्लीमा परेका छन् । कारण के भने धेरै व्यक्तिहरुबाट रेमिटान्स समेत आउन बन्द भईसक्यो । बरु यहाँको सिरसम्पत्ति विक्रिी गरेर विदेश लैजान लागेको घटनाहरु देखिन्छन्, त्यस कारण नेपालको सम्पत्ति जग्गा जमिन विक्रि गरेर विदेशमा लैजान नपाउने व्यवस्था हुनुपर्ने जरुरी देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *