ध्यान, निद्रा र मृत्यु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मानव जीवनमा गहिरो सरोकारको विषय मन नै हो । यो मित्र पनि हो र शत्रु पनि, यो सकारात्मक परिचालित हुन सके सार्थकता दिन्छ, नकारात्मक भएर दुश्मन बन्छ । हर्ष शोक सुख दुःखको मूलमा नै मन हो । मनका ४ अवस्था भनि दिव्य पुरुष मनीषीहरुले बताएका छन् । मुर्छित मन, अर्धमुर्छित, जागृत र परम जागृत मन, (non conscious, Sule Concious, concious, super concious, मुर्छित मनका विविध अवस्था छन्, निद्रामा मनको अवस्था मुर्छितको प्रतिरुप मान्न मिल्छ तथापि चेतन शुन्य अवस्थामा रहदैन, क्रियाशिल भईरहने हुनाले स्वप्नहरुमा अनपेक्षित दृश्य मानस पटलमा चली रहन्छन् मृत्युमा मन शुन्य हुन्छ ध्यानमा पनि मन शुन्य हुन्छ तर ध्यानको शुन्यता भएको मनले अन्ततः समाधीको द्वार खोल्दछ जुन चरम मुक्तीको अवस्था हो । मन र चेतना अलग अलग विषय हुन, नमन अर्थात मन शुन्यता तर चेतनापुर्ण जागृत भनेको नै गहन ध्यानको स्थिति हो, मृत्युमा मन र चेतना दुवै हुदैन त्यसैले मृत्यु र ध्यानमा फरक भनेको नै चेतनाको हुनु र नहुनु हो तर दुवै अवस्थामा मन रहदैन, बेहोसीको स्थितिमा चेतना रहित हुदैन तर मन शुन्य हुन्छ गर्भस्थ अवस्थामा मन लगभग हुदैन्, यद्यपि जीवन हुन्छ तर ह्दयमा धड्कन हुदैन, यसर्थ बेहोसी मृत्यु ध्यान गहन शुन्यता परस्पर गाँसिएका विषय हुन, यसको ज्ञान कितावबाट होइन अनुभव र अनुभूतिबाट हुन्छ ।
उपयुक्त विषय लेखी रहँदा के त्यो अवस्था मैले प्राप्त गरेको वा अनुभूति आएको हो त ? यो स्वीकार्नु अहंकारको प्रतिक हो, जहाँ अहंकार हुन्छ त्यहाँ कुनै ध्यान समाधी असम्भव हुन्छ । मिथ्या दंभले मानवलाई नकारात्मक दीशातर्फ उत्प्रेरित गर्छ पुर्ण सत्य स्वीकार्दै ध्यान वा समाधी केही सिद्ध भएको छैन । प्रयास जारी छ र त्यसैको प्रतिफलमा शैद्धान्तिक ज्ञान तपस्वीका दिव्य अनुभूति सुन्दा अत्यन्त कठीन छ र सरल पनि, यो किनभने ध्यान भनेको केही नगर्ने,Felling, thinking doing अर्थात अनभूति सोच्नु गर्नु भन्दा पनि नमन अर्थात मनको विसर्जन जहाँ हुन्छ असली जीवनको प्रादुर्भाव हुन सक्छ ।
अर्ध मुर्छित अवस्थामा प्रायः मानव बाँची रहेका छौ, जहाँ छौ त्यहाँ हुदैनौ, मन्दिरमा पुजा अर्चना गर्न जाने भक्तहरुलाई हेरौ., के तिनको मन त्यहाँ छ त ? सात्विक भावले आत्मशुद्धिका लागि आराधना गर्न पुजास्थल जानेहरुको मन असख्य ठाउँमा घुमि रहेको हुन्छ । समग्र चेतना एकत्रित नै
भईरहेको हुदैन । बेलगाम मन भट्की रहेको हुन्छ ।
यद्यपि होसमा गरेको देखिए पनि यावत बेहोसीमा नै भइरहन्छ । त्यसैले ध्यानीहरुका प्रत्येक कर्म होसपुर्वक गरिएका हुन्छन्, ध्यानको कुल अर्थ भनेको होसपुर्वक बाच्नु, त्यसैले अर्धमुर्छित अवस्थाको कारण अनेकौं मानव विकार अशान्तिका मूलमा यही अर्थ बेहोशी नै हो जहाँ मन र चेतना दुवै अस्तित्वमा रहन्छन्, यसबाट माथि उठ्नकै लागि ध्यानका विविध मार्ग ऋषिमुनीहरुले खोजे, महात्मा बुद्धले विपस्यना ध्यान विधिको अमूल्य वैज्ञानिक उपहार आध्यात्मिक जगतलाई दिए त्यसको अर्थ हेर्नु नै हो, हामी जुन जुन कर्म गरी रहन्छौं त्यसलाई साक्षीभावले तटस्थ भएर हेर्न सक्यौं भने मुक्तिको द्वार हो, मनमा अनेक विचार आईरहन्छन् त्यसलाई आफ्नो होईन भनि हेर्दै गयौं भने सम्भवतः एक यस्तो अवस्था आउन सक्छ जहाँ मन शान्त हुन्छ चेतना पुर्ण विकसित हुन्छ । चैतन्य मनको अवस्था तेस्रोमा प्रवेश गर्छ, किनभने विचार मेरा होईनन् भन्दै शरिर पनि म होइन भन्ने पुर्ण चैतन्य जागृत हुँदा ध्यानको उच्चतम स्वरुप समाधि प्राप्त हुन्छ भनि प्रभु कृष्ण, पतञ्जली बुद्धहरुले बताएका छन्, जस्को गति त्यहाँसम्म पुग्छ त्यही भगवत भक्तिमा लीन भई अन्ततः स्वयम् ईश्वरमा रुपान्तरित हुन्छ ।
प्रयास गर्नु पनि आधा मार्ग पार गर्नु हो भनि तत्वदर्शि बताउछन्, त्यही प्रयासमा छु । तर यो त्यति सहज हुने भए संसार नै सत्य युगमा रुपान्तरित हुन्थ्यो जहाँ डाँकु रत्नाकर बाल्मीकी ऋषि हुन्छन् वस्तुतः हाम्रो चेतना दोधारे तरबार जस्तै हो सफल र सकारात्मक परिचालित भए फल दिन्छ नकारात्मक भए मृत्युको द्वार खोल्दछ ।
उपरोक्त विषय लेख्न उत्प्रेरित गर्ने तत्व प्रयास नै हो, कहिले काही गहन अन्धकारमा प्रकाश किरण आए जस्तो लागे पनि अन्तर ध्यान भएर जान्छ संस्कार अभ्यासमा दृढताको कमी यसमा कारक तत्व होलान, तथापि हे महामानवहरु हो सहज अमृतपानका द्वार सवका लागि खुला छन्, अर्धचेतनबाट कमसेकम चेतनको स्थितिमा आउन सकौं यही मङ्गलभावका साथ ओउम” ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *