पुर्वपश्चिम राजमार्गको सिलान्यासपछि

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पुर्व पश्चिम महेन्द्र राजमार्गको सिलान्यासपछि आर्थिक स्रोत जुटाउन अनिवार्य थियो नेपाल आफैमा निर्धन थियो । देशको ढुकुटी रित्तो थियो, सुरुवात गर्न पनि थोरै पैसामा सञ्चालन गरी देशका नागरिकहरुले जनश्रमदान पनि गरे कर्मचारीहरुले तथा गाउँ गाउँबाट महेन्द्र राजमार्गको लागी धान गहुँ समेत दिई खुसी हुदै नेपाली जनताले जती सहयोग गरे पनि के पुग्थ्यो पुग्ने कुरा नै थिएन । राजा महेन्द्रले पुर्व पश्चिम राजमार्ग निर्माणको लागी विश्वका केही मित्रराष्ट्रहरु सित सहयोग माग्ने क्रममा पश्चिमी खण्डको निर्माण कार्य गर्न सहयोगको लागी भारतसँग अनुरोध गर्दा प्रियदर्शनी भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले राजा महेन्द्र सित भनिन हामीलाई नसोधेर हाम्रो सिमानामा कसरी किन सडक बनाउन लाग्यौं त्यो त हाम्रो सिमाना हो भनेपछि राजा महेन्द्रको जवाफ थियो “मेडम सिमाना कै कुरा गर्ने हो भने जहाँ जहाँ गोरखाली खुकुरी भेटिन्छ त्यहाँसम्म हाम्रो सिमाना हो” भनेपछि इन्दिरा निरास र काली निलि भएकी समाचार प्रकाशमा आएछन्, ।
पुर्व मध्य नेपालको बाटो अरु राष्ट्रले बनाई दिने प्रतिबद्धता गरेझै महाकाली सेती खण्ड बनाईदिने प्रतिबद्धता त गरिन तर सुष्त गतिमा बनाउन लागेकै कारण कर्नाली पश्चिमको सडक तथा १७ वटा पुलहरुको ठेक्का चिनिया कम्पनीलाई दिदा भारत नराज भयो यति कम रकममा कसरी बनाउन सक्छ यो हामी सहयोगमा बनाई दिन्छौं चीनलाई ठेक्का दिएमा भारतलाई सुरक्षाको खतरा हुन्छ भनेपछि सो ठेक्का रद्द गरी त्यसको हर्जना स्वरुपको रकम पनि भारतले नै तिरी २ वर्ष भित्रको सडक पुल तयार गर्ने गरी दिएको ठेक्कामा कैयौ वर्ष लगाएर भारत सरकारद्वारा सहयोगमा सडक पुल बनेका हुन् ।
जति बेला भारतको जन्म भएको थिएन भारत इन्डीया नै थियो त्यति बेला पृथ्वीनारायण शाहले भनेका थिए स्वतन्त्र भएर नेपाल जोगाई राख्न उत्तर दक्षिणका बादशाहहरु चलाख छन् होस् पुर्याई राख्नु दुई ढुङ्गाको तरुल जस्तो बढ्न नपाउने बरु च्याप्दै ल्याउन सक्ने हुँदा सतर्क रहनु भन्ने अर्ति देशबासीले पाएकै थिए । १९५० पछि त झन तरुलको तेल निस्कला जस्तो पनि नभएको होईन तर सहेर बस्नु परेको छ । नेपालमा कोही राष्ट्रभक्त हुन्छ भने उसको विरुद्धमा नेपालीलाई नै उभ्याई दिने गरेका प्रमाणहरु छन् ।
राजा महेन्द्रको पछाडी नेपाली नेताहरुलाई उभ्याई दियो राजा विरेन्द्रको पछाडी हातहतियार तालिम दिई सुसज्जित गराई माओवादी नामधारीलाई पठाई दियो एसियामा राजा विरेन्द्रको मान सम्मान हुनथाल्यो त्यसबाट चिडिएर नेपाली नेताहरुलाई विरुद्धमा उठाएर उनका काम अवरुद्ध गराउन गिरिजा लगायतका नेतालाई प्रयोगमा ल्याई भारतीय नेताहरुलाई पनि राजाको विरुद्धमा देशभर भाषण आमसभा गर्न लगायो दिल्ली दरबारमा दुवै थरलाई लगी १९५० को जस्तै सम्झौता उतै गर्ने मन थियो अन्तमा टनकपुर सम्झौताको नाममा देश घातक सम्झौता चोरेर दिल्लीमा नै भयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *