पानीको शुद्धिकरण मापन गर्दा महाकाली नदीबाट पानी सिधैं पिउन अयोग्य

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/डडेल्धुरा, ९ चैत
नेपाल–भारतको सीमा महाकाली नदीको पानी दूषित रहेको पाइएको छ । पानीको शुद्धिरण मापन गर्दा नदीबाट पानी सिधैं पिउन योग्य नरहेको पाइएको हो ।महाकाली नदीमा मिसिने नेपाल–भारत दुवै तर्फका खोलाको पानीको शुद्धता गुणस्तर मापन गर्दा सिधै पिउन योग्य नरहेको भेटिएको हो ।
शुक्रबार विश्व पानी दिवसका अवसरमा पहिलो पटक पानिको शुद्धता गुणस्तर मापन गर्दा दूषित पानी रहेको पाइयो । ‘वल्ड वटर डे’ को अवसरमा शुक्रबार वातावरण विधको उपस्थितीमा समुदायका स्थानीयहरुलाई नै पानीको शुद्धता गुणस्तर मापन गराउँदा खोलाबाट पानी सिधैं पिउनका लागि उपयोग गर्न नसकिने पाइएको हो ।
महाकाली नदीमा मिसिने खोलाको महाकाली किनार बाटै पानी निकाली शुद्धता गुणस्तर मापन गर्दा दूषित पाइएको वातावरण विद् कृष्णदेव जोशीले बताए । पानी शुद्धता गुणस्तरका लागि अपनाइने २७ विधि मध्ये सामान्य तया दुषित रहे नरहेको पत्ता लगाउन पाँच वटा विधि अपनाउदा दूषित रहेको पाइएको उनले बताए । पानी शुद्धिकरण गुणस्तर मापन गर्दा अपनाइने विधिहरु मध्ये सामान्य तथा स्थानीयहरुले नै जानकारी लिन सक्ने गरी जिपिएस तरिका संगै पिएच (पानीको गुणस्तर), टिडिएस (पानिमा घुलित तत्व), डिओ (जैविक तत्वको मात्रा) र टिएम (तापक्रम) मापन गर्दा खान योग्य नरहेको अर्थात् दूषित पाइएको हो ।
वातावरण विद् जोशीले भने, ‘सामान्यतया स्थानीयहरुले नै शुद्धिकरण गुणस्तर मापन गर्ने गरी दुई वटा मेसिनको प्रयोग नेपाल तर्फको खोला परशुराम नगरपालिका–५ को रंगुन पन्तुरा खोला र भारत तर्फ उत्तराखण्ड अन्तर्गत चम्फावत जिल्लाको कालीगूँढ पूर्णागिरी ग्रामपञ्चको चल्थी नालाको महाकाली नदीमा मिसिने स्थानबाट सिम्पल संकलन गरी जाँच गर्दा दूषित पाइएको हो ।’
बस्ति समुदाय हुँदै बगेका खोला नै महाकालीमा मिसिने भएकाले महाकाली नदीको पानीमा मिसिने स्थानबाट पानी संकलन गरी शुद्धता गुणस्तर मापन गर्दा दूषित पाइएकाले पानीको थप डिओ र बिओडी जाँच गरी शुद्धता गुणस्तर मापन पत्ता लगाउन ल्यावमा गर्नु पर्ने भएकाले पानी संकलन गरी जाँचका लागि धनगढी पठाइएको उनले बताए ।
जोगबुढा तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पानिको शुद्धता गुणस्तर मापन गर्ने ल्याव नभएका कारण नमूना संकलन गरी धनगढी पठाइएको उनले बताए । उनका अनुसार रंगुन पन्तुरा खोलाको महाकाली नदीमा पानि मिसिने एउटा स्थान समुद्रि सतह देखि तिन सय मिटर उचाई जिपिएसमा उत्तरमा २९ डिग्री तर्फ ०८ मिनेट ३९ सेकेन्ड, पश्चिममा ८० डिग्री तर्फ १६ मिनेट ३७ सेकेन्डमा पिएच (पानिको गुणस्तर) महत्व ८ दशमलव २ पाइएको छ । र टिडिएस (पानिमा घुलित तत्व) ७४ पिपिएम रहेकाले सामान्यतया दुषित नै देखियो । जुन शून्यदेखि ५० अंकसम्म प्रयोग गर्न सकिने रुपम लिइन्छ ।
जुन उच्चतम ७ सम्म पानी उपयोग गर्न सकिन्छ । पानीको गुणस्तर ८ दशमलव २ पाइएकाले दूषित भन्न सकिने र खोलाबाट पानी सिधै पिउन प्रयोग गर्न नमिल्ने तर उमोलेर वा फिल्टर गरेर गर्न सकिने खालको पाइएको छ । उनले भने, ‘रंगुन पन्तुरा खोलाकै दोस्रो स्थान र भारतको चल्थी नालामा पनि एक दुई अंकको तल माथि रहेकाले दूषित नै रहेको छ ।’ बाँकी शुद्धताको गुणस्तर मापन पानीमा कुन कुन घुलित पदार्थ छ? कुहिने कति छ?लगायतका जानकारी ल्याव टेष्टबाट प्राप्त हुने भएकाले पानीको नमुना संलन गरेको २४ घण्टाभित्र ल्याबमा राखी पाँच दिनभित्र जानकारी लिन सकिने उनको भनाइ छ ।
पानी माथिको शुसासनका लागि महाकाली नदी तटिय क्षेत्रमा काम गर्दै आएको ट्रोसा परियोजनाको प्राविधिक सहयोगमा पहिलोपटक महाकाली नदीको पानीमा शुद्धता गुणस्तर मापन गरिएको परशुराम नगरपालिका–६ का वडाध्यक्ष मिनबहादुर चन्दले बताए । (सुदूरखबरबाट)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *