पुर्णागिरी मेलाले महेन्द्रनगरमा चहलपहल बढ्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, ९ चैत
साहित्य, धर्म, देवी देवताको सिमाना हुँदैन भन्ने कुराको प्रमाणित गरेको छ पुर्णागिरी र सिद्धबाबाको मिलनले । महाकालीको पश्चिमी डाडाँमा पुर्णागिरी माताको मन्दिर रहेको छ भने पुर्व डाडाँमा सिद्धबाबाको । पुर्णागिरीसम्म पुग्ने बाटोघाटो भारतले बनाईसक्यो तर नेपालले विकट ठाउँ हुँदा पहुँच नपुगेकोले त्यसको सट्टा सिद्धबाबाको स्थापना ब्रहमदेवमा गरी राखेको छ । पौराणिक धार्मीक कथन अनुसार पुर्णागिरीको दर्शन गरेर सिद्धबाबाको दर्शन गर्नु जरुरी ठानिएको छ । नत्र अधुरो रहने हुँदा फल नपाईने भन्ने धारणा भएकोले दुवै ठाउँमा जाने गरेका छन् । पुर्णागिरी माता र सिद्धबाबाको सम्बन्धले गर्दा महाकलाी पुर्व र पश्चिमका जनतामा पनि समान धारणा पैदा भएको छ भने अर्को तर्फ यो नेपाललाई सनातन धर्म संस्कृतिबाट क्रिश्चियनहरुको प्रभावले बन्चित गराउन खोजिएपनि बन्चित गराउन नसक्दा रहेछन् भन्ने कुराको समेत अनुभूति भएको देखिन्छ । त्यसकारणले पनि विश्वभरीमा हिन्दुले नेपाललाई धर्मनिरपेक्ष भन्ने शब्द हटाउन चाहिरहेको पनि देखिन्छ ।
भारतको उत्तराखण्ड टनकपुरको पुर्णागिरी मन्दिरमा सञ्चालन भएको मेलाले कञ्चनपुरको सीमावर्ती ब्रम्हदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा दर्शनार्थीको घुईचो बढेको छ । फागु पुर्णिमादेखि असार पुर्णिमासम्म संचालन हुने पुर्णागिरी मेलाका कारण कञ्चनपुरका दुई प्राचिन मन्दिरमा दर्शनार्थीहरुको घुईलो बढेको हो । पुर्णागिरी मन्दिरको दर्शनपछि सिद्धबाबाको दर्शन गरे मात्रै मनको कामना पुरा हुने विश्वासका साथ दर्शनार्थीहरु नेपालका यी दुई मन्दिरमा दर्शन गर्न आउने गर्दछन् । मनोकामना पुरा हुने विश्वासका साथ मानिसहरुले पुर्णागिरी मन्दिरको दर्शन गर्न आँउने गर्दछन् ।
सिद्धनाथ मन्दिर संरक्षण समिति ब्रम्हदेबका अध्यक्ष बीर खड्काले मेला सञ्चालन भएपछि दर्शनार्थीहरुको घुईचो लागेको बताए । उहाँका अनुसार ब्रम्हेबमा दैनिक ३ देखि ४ हजार र महेन्द्रनगरमा दैनिक १० हजार भन्दा बढि दर्शकहरु आईरहेका छन् ।
अध्यक्ष खड्काका अनुसार नेपाल र भारतका विभिन्न स्थानबाट दर्शनार्थी पुर्णागिरीको दर्शन गर्न आउँने गर्दछन् । ‘भारतीय दर्शनार्थी मात्रै नेपालका सिद्धबाबा मन्दिरमा आउँछन्, ‘उनले भने, ‘नेपालीहरु पुर्णागिरीको दर्शन गरेर घर जान्छन् ।’ भारतीय दर्शनार्थीहरुले कञ्चनपुरका दुई सिद्धबाबा मन्दिरको गरिमा बढाएको उनको भनाई छ ।
मन्दिरले धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि मन्दिर भित्रै धर्मशाला, यज्ञशाला, विवाह ब्रतबन्ध स्थलको निर्माण गरेको बताए ।
यस बर्ष मन्दिर समितिले ४२ लाखको प्रसादी ठेक्का दिएको छ भने बार्षिक प्रसादी, भेटीबाटै करोड भन्दा बढि आम्दानी हुने गरेको अध्यक्ष नायकले बताए । ‘मन्दिरको आम्दानी मन्दिर र समुदायको विकासका लागि खर्च गछौँ, ‘उनले भने, ‘यस बर्षपनि हामीले धर्मशाला हवनकुण्ड र समुदायमा लगानी गछौँ ।’ जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि १५ किलोमिटर उत्तरमा रहेको सिद्धबाबा मन्दिरसम्म पुग्नका लागि पक्की सडक नहुँदा समेत दर्शनार्थीहरुलाई समस्या हुने गरेको उनको भनाई छ । मन्दिरको प्रचार प्रसारका साथै पुर्वाधारका लागि राज्य स्तरबाटै लगानी आवश्यक रहेको भन्दै कञ्चनपुरको धार्मिक क्षेत्रलाई पर्यटकिय विकास गर्नुपर्नेमा जोडदिनुभयो ।
भारतका विभिन्न स्थानबाट सार्वजनिक सवारी साधन बस, निजी जिपकार, मोटरसाईकल, साईकलमा दर्शनार्थीहरु आउने गर्दछन् । पुर्णगिरी–ब्रम्हेदब–महेन्द्रनगर सडकखण्डमा प्रायः जसो दर्शनार्थी नै देखिएका छन् । दुवै मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीहरुका कारण ब्रम्हदेब बजार र महेन्द्रनगर बजारमा समेत चलहपलह बढ्दै गएको छ । दर्शनार्थीहरुले बजारमा चाईनेज समान खरिद गरिरहेका छन् । मालिकार्जुन सपिङ्ग सेन्टर ब्रम्हदेबका संचालक मोहन देव पन्तले भारतीय उपभोक्ताले चाईनेजी समान बढि मन पराउने गरेको बताए ।
उनका अनुसार चाईनेजी तन्ना, टर्च, कटन, कपन लगायतका घरयासी समान बढि उपभोग गरिरहेका छ । कञ्चनपुर उद्योग वाणिज्य संघले कञ्चनपुरको आर्थिक विकासमा योगदान पु¥याएको जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ वाणिज्य उपाध्यक्ष पिलाम्बर जोशीले मेलाले यातायात व्यवसाय क्षेत्रको आर्थिक कृयाकलापमा बृद्धि गरेको बताए ।
‘पर्यटक यातायात चढेर मन्दिरसम्म आउँछ, मन्दिरमा पुगेपछि फलफुल, धुप भेटी प्रशाद लगेर पुजा गर्छ, पुजा गरेपछि होटेलमा नास्ता खान्छन्, नास्ता पछि बास पनि बस्छ, र घर जाँदा दैनिक उपभोग्य समान खरिद गरेर लैजान्छन्, यो प्रकृयाबाट दर्शनार्थीले यसरी खर्च गर्छ ।’ उनले भने, ‘दर्शनार्थीको हरेक कृयाकलापबाट कञ्चनपुरको आर्थिक कृयाकलाप भईरहन्छ ।’ कञ्चनपुरको धार्मिक पर्यटकिय विकासका लागि दिर्घकालिन योजना आवश्यक रहेको स्थानीयहरुको भनाई छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *