सडक निर्माण कार्यमा अवरोध

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशार्निेश समाचार/महेन्द्रनगर, ९ चैत
आफ्नै देशमा विकास निर्माणका कामहरु गर्न पाईराखेको छैन् । यसबारे नेपालीहरुले किन हेपिनु परेको छ । यसको गहन अध्ययन र छलफल गर्नु अति आवश्यक छ । प्रसंबस कुरा गर्दा टनकपुर सन्धी गिरिजा प्रसाद कोइरालाको पालामा भएको दिनदेखि नै नेपालको शोक बन्न गएको छ । हेर्दा केही छैन्, काम कार्वाही गर्दा बेइज्जती छ, जुन टनकपुर बाँधको जलासय छ त्यो जलासयको मध्य भागमा एउटा ठूलो सिसमको रुख थियो, जो कैयौ महिनासम्म सिमा पिल्लरकै रुपमा मौजुद थियो र जलासयको उत्तर पश्चिम तर्फ सिसमको जंगल थियो त्यो जंगललाई भारतीयहरुले चोरेर लैजान लागेका
कारणबाट सबै जंगल सिध्याउने हुन् भनेर तत्कालिन अञ्चलाधिश जोनदेन उक्याबले सो जंगललाई कटान गर्न लगाई सिसमका रुखहरु नेपाल ल्याएका थिए । यसको अर्थ त्यहाँसम्म नेपालकै थियो भन्ने पुष्टी हुन्छ ।
हाल जलासयको उत्तरी हिस्साले त्यहाँ छोएको छ । त्यहादेखि जलासय निर्माण गर्न पश्चिमीतर्फ बाधिएको बाँधको भूभाग बाँधको सुरक्षाको लागि भारतलाई दिएको र सो वाफत नेपाल आउने विद्यूत निशुल्क दिएको सोही सन्धीमा उल्लेख गरिएको छ । यति प्रमाण हुँदा हुँदै नेपालको भूमिमा नेपालले सडक निर्माण गर्दा भारतीय पक्षको टाउको नदुख्नुपर्ने हो त्यो क्षेत्रलाई त्यहाँका वडा अध्यक्षले जनतालाई बटुलेर स्वयम् जनताद्वारा निर्माण गराउनु पर्ने भारतीय पक्षले चुपचाप बस्नुपर्ने थियो त्यसबारेमा पुर्व अनुमान र अध्ययन नेपाली पक्षले पनि गर्नुपर्नेमा नगरेको हुँदा नेपालीहरुको गल्ली त्यतिमात्रै हो ।
यति हुँदा हुँदै किन चुप लागेर बस्छन्, नेपालको सिमा सुरक्षा बाल तथा भारतीय सिमा सुरक्षा बलको संयुक्त बैठक बसेर यस्ता काम गर्दा नीति नियम सहमती बनाउनुपर्ने अत्यन्त आवश्यक छ अन्यथा दुई देशबीच नराम्रो घटना अघट्ला भन्न सकिदैन । कञ्चनपुरको ब्रहमदेबमा सडक निर्माण गर्दा भारतीय पक्षले अवरोध सिर्जना गरेको छ । नेपाली पक्षले भीमदत्त नगरपालिका ९ ब्रम्हदेबमा सडक निर्माण गर्दा भारतीय सीमा सुरक्षा बल
(एसएसबी)ले अवरोध गरेको हो ।
शुक्रबार ब्रहमदेब–टनकपुर जोड्ने नेपाल तर्फको जमिनमा सडक कालोपत्रे गर्दा भारतीय पक्षले अवरोध गरेको छ । भीमदत्त नगरपालिका ९का वडाध्यक्ष राम नाथले आफ्नै भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षले अवरोध गरेको बताए । उनँका अनुसार एसएसबीले विवादित क्षेत्र भन्दै निर्माण कार्य रोकिदिएको छ । एसएसबीका जवान आएर माथिको आदेश भन्दै निर्माण कार्य रोकेका हुन् । उक्त सडक कालोपत्रे गर्नका लागि न्यू जोशी कस्ट्रक्सनले जिम्मा पाएको थियो । न्यू जोशी कस्ट्रक्सनका संचालक भीमराज जोशीले शुक्रबारदेखि काम शुरु गर्ने क्रममा एसएसबीले अवरोध गरेको बताए । नेपाल तर्फको १.३८ किलोमिटर भूमी कालोपत्रेका लागि अवरोध गरेपछि उक्त सडक कहिले कालोपत्रे हुने भन्ने विषय अन्यौल भएको छ ।
एसएसबीले काम रोकेपछि सडकमै जेसिभी राखेको उनले बताए । गत साउनमा भारतीय पक्षले टनकपुर पुलदेखि ब्रहमदेब बजारसम्म एकलौटी सडक निर्माण गरेपछि नेपाली पक्षबाट त्यसको बिरोध भएको थियो ।
त्यतिबेला दुवै देशबीच आ–आफ्नो देशको जमिनमा आफैले सडक निर्माण गर्ने सहमती भएको थियो । यति सहमती हुँदा हुँदै पनि सहमतीको उल्लंघन गर्नु अत्यन्त दुःखद घटना हो स सहमती भइसकेपछि आनाकानी गर्नु नाजायज भएकोले यसबारेमा पनि भयो भनेर माथिल्लो निकायमा यसको कैफियतका साथ जानकारी हुनु अत्यन्त देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *