बडवाल टोलमा जंगली हात्तीको आतंकले सुत्न पाईदैन्

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/दोधारा, ९ चैत
माहाकाली नगरपालिका–३ का लक्ष्मी राना रातिको समयमा चयनले सुत्न पाउदैनन । कारण एउटै हो, जंगली हात्तीको आतंकले दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने लक्ष्मी राना आराम गर्ने सपना करिब महिनौ दिन देखि पूरा भएको छैन ।
माहाकाली नगरपालिका वडा नं. ३, बडवाल टोल भारतिय जंगल संग जोडिएको बस्तीमा रात्रीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित भएका छन् । बडवाल टोलका लागि उनि एक उदाहरणका पात्र मात्र हुन् । उनी जस्ता १ सय २५ घरधुरी स्थानीयवासीलाई दिनभरी काम गरेर राति आराम गर्ने बेलामा हात्ती धपाउनु पर्ने बाध्यता रहेको छ । जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर त्रसित भएर सुत्नु पर्ने भएको स्थानियहरु बताउछन् । हात्तीको छावा सहित बस्तीमा हुल आएर घर छेउमा कराउन थालेपछि स्थानीयवासीमा भागदड मच्चीने गरेको बताउछन् । खेतवाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर डर मान्दै रात बिताउन बाध्य भएको उनिहरु बताउछन् । नेपाल—भारत संग जोडिएको माहाकाली नगरपालिकाको बडवाल टोलमा भित्रिने दर्जनौ हात्तीको बथान धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातीको समयमा राम्रो संग सुत्न नपाएको लक्ष्मी रानाले बताएका छन् । ‘बाली नाली भएको बेला रातभरी सुत्न पाईदैन’ स्थानीय लक्ष्मी रानाले भनिन् । मध्यरातमा आउने जंगली हात्तीका कारण आफूहरु ठुलो समस्यामा पर्दै आएको स्थानीयहरुको गुनासो छ् । बस्तीमा छावा सहित हुल जंगली हात्तीको पसेपछि बडवाल टोलमा थाली बजाउने तथा आगोको धुनी बाल्ने गर्दै आएका छन् ।
रातिको समयमा हात्ती घर नजिक आएर कराउन थालेपछि रातिको समयमा ज्यान जोगाउन समस्या भएको स्थानीय आशा रानाको भनाई रहेको छ् । बडवाल टोलमा हात्तीले गरेको खेती क्षतीको राहत तथा क्षतीपुर्ती दिन सरोकारवाला उदासीन देखाउदै आएको स्थानीयवासीहरुको गुनासो रहेको छ् । हात्तीले बस्तीमा पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न सरोकारवालाले खासै ध्यान नदिएको उनिहरुको गुनासो छ । जंगली हात्तीले मध्यरातमा बस्तीमा पसेर खेती खान थालेपछि स्थानियहरुले खेतवारीको बिभिन्न स्थानमा आगो बालेर खुर्सानीका धुवा बनाउन थालेका छन् । नजिकै रहेको भारतिय जंगलबाट बडवाल टोल बस्तीमा पस्ने छावा सहितको हात्तीको बथानबाट खेती जोगाउन स्थानियहरुले यो जुक्ती समेत अपनाएका छन् ।
यस अघि आगोको धुनी बाल्ने, थाली बजाउने तथा सायरन बजाउने गर्दै आएका थिए । ‘सुरु सुरुमा आगो, थाली र सायरन बजाएर भाग्ने हात्ती अहिले आएर नभाग्न थाले पछि खुर्सानीको आगो बनाएर धपाउने जुक्ती लगाएका हौं’ स्थानिय लक्ष्मी रानाले भनिन् । खुर्सानीको धुवाले हँत्तीमा
असर देखा परेको उनको भनाई रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *