देश एक भलिबल हो, नेता आगो हो








गाउँहरु स्थायी राज्य र राज्य देशहरु अस्थायी हुँदा रहेछन् । यो पृथ्वीको उत्पत्ति भएको करोडौं वर्ष सामान्यतया लाखौं वर्ष भईसकेका संकेतहरु फेला परिरहेकै छन् । लामो समयको इतिहासको बारेमा केवल वर्तमान युगका युग पुरुषहरुको बारेमा इतिहासकार विद्वानहरुले व्याख्या गरेकै छन् तर यौटा सानो जिज्ञासा राख्ने मन सबैको यौटै हुदो रहेछ । भारत नेपालको बारेमा प्राचीन युगहरु द्वापर, त्रेता तथा सतियुगहरुमा पनि राजनीतिक राज्य विभाजनमा रहेकै थिए भन्ने कुरा प्रमाणित भएर पनि त्यसपछिको अर्कै वर्तमानको कलियुगकै कुरा गर्दा पनि पृथ्वीकाल गोरखाका राजा नरभुपाल शाह त्यसपछि पृथ्वीकालको समयमा नेपाल मात्रै २२ से २४ से राज्यहरु मात्र पनि धेरै राजाहरुको हातमा परे मानौ राज्य भलिबल हुन र राजा भलिवलका खेलाडीझै भएकाले कुनै राज्य कसै सित गयो भने केही वर्षपछि अर्का राजाको हातमा गयो । परापुर्वकालमा भारत वर्ष यौटै थियो भन्ने पनि गरिन्छ द्वापर युगदेखि नै राज्यहरुमा राजाका छोराहरुको विचमा वटवारा भागबण्डा हुन थाल्यो र राज्यहरु टुक्रिदै गएका प्रमाणहरु हरेक राजाहरुका वंसावलीबाट केही बुझ्न र अध्ययन गर्न सकिन्छ ।
नेपालमा पनि राजाहरुका छोराहरु सितको भागवण्डाले नै राज्यहरुको संख्या बढ्नमा अवश्य पनि मदत गरेकै हो । देश एक भलिवलको रुपमा रह्यो जसले पनि मन पराउने तर नेताहरु चाही बलेको आगो भएकाले झन झन खतरा हुँदै गयो नेताहरु सत्तामा छदा र सत्तामा नहुँदा पनि बदनियत अर्थात कसैका गोटीको रुपमा छन् भने बलेको बेला नेताले जलाई दिन्छ निभेपछि अङार (कोइला) हुन्छ र हात जलाई दिन्छ जनतालाई जलेको आगोले जलाई दिन्छ निभेकोले कालो बनाई दिन्छ त्यस कारण जनता अन्यौलमा रहेका छन् । अरुलाई मारी आफू सत्ता लुट्ने ऐस मोजमस्ती गर्ने, बानी व्यहोरा हामीले देखिका छौं । नेपालमा साम्राज्यवादी अंग्रेज तथा तिब्बत, चीन सित लडी लडी आफ्नो राष्ट्रको सुरक्षा गर्नमा नै शाह वंश र त्यसपछि राणाजीहरुको पनि भूमिका रह्यो रातदिन देशको निर्माण गरी देश बचाउने काममा नै सिमित रहे । पहिले आफ्नो देशको सुरक्षाको लागी राणा सरकारले पनि लड्यो भिड्यो अन्तमा गएर आफ्नै सत्रुपक्ष अंग्रेज सरकारको आन्तरिक द्वन्द गृह युद्ध दवाउनमा साथ थियो । साम्राज्यवादी सित पनि प्रत्यक्ष झुकेन हुन त यो भूमि नेपालको नै थियो सुगौली सन्धीले गुमेको भूभाग बाँके बर्दिया, कैलाली, कञ्चनपुर अंग्रेजहरुबाट फिर्ता लिए दिए । अंग्रेजले भारतबाट छाडेर गएपछि नेपालमा भएको आन्तरिक विद्रोहले गर्दा छिमेकीले षडयन्त्र गर्ने खुलामौका पायो, त्यो मौकाको सदुपयोग गर्दै भारत सरकारका चलाख नेताहरुले सुगौली सन्धी खारेज भएर पनि भूमि न भारतबाट फिर्ता लिन सक्यो न त्यसबारे केही लिखत नै गर्न सके आज विश्वमा खासगरी एसियामा प्रजातन्त्र प्राप्त नभएका देश छैनन् र नेपाल पनि अप्रजातान्त्रिक रहने थिएन । आन्तरिक छलफल गरी जहिले पनि प्रजातन्त्र लिन र दिन सकिने नै थियो बरु अंग्रेजले छोडेर गएको नेपालको भूमि फिर्ता पाउनको लागी त्यसबेलाको जहानीया राणा शासकहरु र प्रजातन्त्रको माग गर्ने नेताहरु मिलेर माग्नुपर्ने थियो त्यहाँ प्रजातन्त्रवादी र निरंकुश भनिने राणा सरकार चुके पनि प्रजातन्त्रवादीहरुले आफ्नो दायित्व विर्सेर राणा सरकारलाई मात्र दोष दिई उम्किन खोजेका छन् । आज एक फणिन्द्र नेपालले वैधानिक रुपबाट आवाज उठाई रहेका छन् । आज आगो रुपी नेताहरुले देश जलाई रहेका छन् । जव नेताहरुको आगो निभ्छ भने त्यसबेलामा पनि नेतारुपी अङारले देश कालो बनाई रहेको छ ।
यी नेताहरुको कहाँनेर भरोसा गर्ने २०४७ सालको उत्कृष्ठ संविधान आफैले निर्माण गरी आफैले २०/२५ हजार निरअपराध जनतालाई मारी जनमत बेगर संविधान निलम्बन गरे भने नेपालको उपलब्धी भनिएको संविधान २०७२ को पालना गर्न त छोडि नै सकेका छन् तर पुर्ण रुपमा छोड्ने होईनन् भन्ने ग्यारेन्टी पनि केही छैन । यहाँ त यस्तो चलन चलि सकेको छ कि जसले प्रजातन्त्र लोकतन्त्र जव गणतन्त्र ल्यायो उसैले लैजाने चलन चलेको हुँदा यो वर्तमानको गणतन्त्र रहला भन्ने कुनै ग्यारेन्टी छैन ।
वर्तमानको राज्य व्यवस्थामा सबैको लागी स्थान हुनु पर्दछ, जसरी एमाले र नेपाली कांग्रेसले भित्रबाट धनजन दिएर आन्दोलन गर्न गाउँ गाउँमा माओवादीको नामबाट शसस्त्र युद्ध गराई हजारौं हजारको विचल्ली गरायो, त्यो माओवादीको मात्र मौलिकता थिएन त्यसै आज केही गोप्य कार्यहरु गर्न बाँकी रहेकाले विप्लब माओवादीलाई जंगल पठाएर तथा सिके राउतलाई गाउँ पठाएर गोप्य काम गोप्य अदृश्य शत्तिद्वारा सफल पार्ने प्रयासमा कांग्रेस कम्युनिष्ट लागी परेका छन् यो कुराको पुष्टी तत्कालै हुन नसकेपनि यदि अध्ययन नै गर्ने हो भने जसरी आज नेपालले आफ्नै क्षेत्रमा पनि सडक निर्माण गर्दा भारतीय पक्षबाट ब्रहमदेव, पुनर्वास लगायतका ठाउँहरुमा अबरोध आएझै अधिराज्यभरी किन यस्तो भईराखेको छ, आफ्नो भूमिमा पनि गर्न नपाउने तर भारतले जहाँ चाह्यो उतै निर्माण कार्य गर्नसक्ने के यो नेपालको कमजोरी हो या भारतको अत्याचारी बुझ्न जरुरी छ ।
नेपालमा विदेशीहरुको हस्तक्षेप मध्ये भारतीय हस्तक्षेप मात्र देखिन्थ्यो भने पश्चिमी राष्ट्रहरुको हस्तक्षेपले काम गर्न पाएनौं भन्ने गुनासाहरु नेपाली नेताहरुको मुखबाट नै सुनिन्छ र भारतको हकमा भने आजसम्म नेपालका प्रधानमन्त्रीहरु चाहे राजाको प्रत्यक्ष शासनमा होस् या अप्रत्यक्ष शासनमा होस् पंचायती व्यवस्थाका प्रधानमन्त्री तथा प्रजातन्त्र, गणतन्त्र, जनतन्त्रका सबै प्रधानमन्त्रीले खुद आफ्नै मुखबाट विदेशीको हस्तक्षेत्र अर्थात भारतको हस्तक्षेपबाट बच्न सकिएको छैन् । अन्तिम माओवादीका प्रधानमन्त्री पुष्पकमल दाहालले त भारतलाई प्रभुले गर्न दिएन,प्रमुको हस्तक्षेप हामी सहदैनौं भन्ने कुरा कार्यरत भएकै बेला पनि भनेकै हुन् । गम्भिर रुपबाट अडान लिन सकेनन् । बरु दार्जिलिङको सुभास घिसिङले दार्जिलिङमा चुनाव गराउने अधिकार भारतको छैन, यो क्षेत्र नेपालको हो भनेर अडान लिए । राजालाई चिठ्ठी लेखे, यो क्षेत्रको माग गर्ने कि नगर्ने भनेर राजा विरेन्द्रलाई समेत हप्काए भने हाम्रा नेताहरु खारेजी भएको सुगौली सन्धी भित्रको फिर्ता हुनुपर्ने जमिनको बारेमा कुनै पक्ष विपक्ष कसैले पनि बोल्न सकेनन्, कि चाहेन तर फणिन्द्र नेपालले त्यो क्षेत्रको लागी अन्तराष्ट्रिय बेन्चसम्म यसै पटक पुगेका छन्, प्रतिक्रिया के आउछ केही थाहा छैन । त्यो क्षेत्रको लागि त छोडौं वर्तमानको बाँकी नेपालको टाजोपाजो कसरी मिलाउने भन्ने कुरा नेपालीहरुले सबै मिलेर गर्नुपर्ने हो नगर्दा बाहिरी बाहिरी हस्तक्षेप हुदो रहेछ भन्ने
कुरालाई मनन् गरेर नेपालको समुन्नतीको लागि सबै नेपाली विप्लब, माओवादी अर्थात समग्र कम्युनिष्टहरु तथा प्रजातन्त्रबादी र राजसंस्थाका उत्तराधिकारीहरु समेत एकजुट भएर यस देशको लागि लाग्ने हो भने कसैको हस्तक्षेप हुन नसकिने भन्ने ग्यारेन्टी गर्न सकिन्छ ।







