विचित्रका दृश्यहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विखण्डनकारी गतिविधि गर्दै स्वतन्त्र मधेशको लागि हिंसात्मक अभियान चलाएका सि.के. राउतले ११ बुँदे सहमति गरी प्रधानमन्त्रीसँग हात मिलाएका दृश्यहरुमा विखण्डनवादी समाप्त भएर मूल धारमा आए संविधान अन्तर्गत रहने प्रतिबद्धता गरेकै दिन जनमतको आधार लेखिएको बुँदा नं. २ लाई प्रधानमन्त्रीले जनमत संग्रह स्वीकारेको आसय सहित उनकै अगाडी भाषण गरे पश्चात देशको राजनीतिमा तरंग पैदा भएको छ तर आफ्नो परिषद् बैठक बोलाई स्वतन्त्र मधेशको नाम नै परिवर्तन गरी जनमत दल खोली संविधान अन्तर्गत नै गतिविधि गर्ने भनि स्वीकारेको राष्ट्रले देखे सुनेपछि त्यो सम्झौता राष्ट्रघाती हो भन्नेहरुलाई नाजवाफ बनाई दिएको छ ।
जनमत संग्रहको सम्झौता भनि प्रधानमन्त्रीकै दलका प्रभावशाली व्यक्तिहरुबाट डरलाग्दा प्रतिक्रिया भएका हुनाले ती सबै आरोप मीथ्या र भ्रमपुर्ण रहेको पुष्टि हुँदा यसको लाभ के.पी. ओलीलाई प्राप्त भई आलोचकहरुका मुखमा ताला लागेकोले यस सम्बन्धमा पनि थप अभिव्यक्ति गर्ने विचार आएको हो ।
सम्झौता हुँदाका बखत जुन विश्वास र आत्मरतिमा सी.के. राउत थिए त्यो त उनको परिषद् बैठकबाट नै हराएको छ र आफ्नो विखण्डन प्रचार केवल मधेशी समुदायलाई दिग्भ्रमित गर्नका लागि रहेछ भनि पुष्टि भएको छ । यस्तो सम्झौता हुनुको मूलमा जनता पार्टीका मधेशी नेताहरुलाई निश्तेज पार्न गरिएको पनि छर्लङ्ग हुन्छ । लगत्तै विप्लब समूहलाई प्रतिबन्ध लगाई धरपकड गर्ने काम देशलाई द्वन्दमा धकेल्ने सुनियोजित भनि सहजै अन्दाज गर्न
सकिन्छ । यसबाट के.पी. ओलीलाई थप लाभ यस अर्थमा मिलेको छ कि अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक सभामा नै उनलाई मार्ने विप्लव समूहको निर्णय भनि थप सुरक्षाकर्मी लिदा आफ्नै पूर्ववर्ति सहयोद्वा प्रतिको वैमनश्यता ल्याई दिएबाट शक्ति क्षीण गराउने चालका रुपमा भष्मासुर प्रवृत्ति देखिएको छ ।
भेनेजुएला प्रकरणले पनि ठूलो तरंग ल्याएको थियो, प्रचण्डले अमेरिका विरुद्ध विषवमन गरेका थिए र जिब्रो चिप्लेको भनि ओलीको भनाईको प्रतिकार गर्दै अर्को माओवादी समेत जन्मन सक्छ भनि दल नै विभाजित हुनेसम्मको परिस्थिति बनी रहँदा अमेरिकाकी राजदूतसँग प्रचण्ड मिलन र पत्निको उपचार गर्न अमेरिका प्रस्थान गरी सकेकोले उनको हैसियत बोली क्षमताको भारी अवमुल्यन भएको सहजै देख्न सकिन्छ । अर्को शब्दमा के.पी. ओली समक्ष उनी निरीह बनेको आम सर्वसाधारणमा सन्देश गएको छ । सेना परिचालन समेत एक्लै प्रधान मन्त्रीले गर्न सक्ने विधेयकले ठूलो भ्रम सृजना भएको छ, के गर्न खोजेका होलान ? आफ्नै रक्षा मन्त्री र प्रधान सेनापति स्वयम् अध्यक्ष रहेको सुरक्षा परिषद् के कति कारणले बाधक बन्यो सोचनीय विषय रहेको छ । प्रधानमन्त्रीको सल्लाहकार मण्डलमा निश्चित रुपमा गहिरो चिन्तन र भावी दिशा निर्धारण गर्ने कतिपय छलफल चलेका हुन सक्छन् तर अतिरन्जित शक्तिले दिग्भ्रमित पार्दै विपरित अवस्था निर्माण हुने तर्फ सचेत नरहे देश अधोगतिमा जाने सम्भावना बढेर जान सक्छ ।
विप्लब माथिको प्रतिवन्धका सम्बन्धमा कांग्रेस अध्यक्ष शेर बहादुरले स्वागत गरे उनकै हनुमानहरुले विपरित भाषा बोल्न थालेपछि आफ्नो अभिव्यक्तिबाट पछि हट्दै प्रतिबन्ध होइन वार्ता गर्नुपर्छ भनि अडान परिवर्तनले राष्ट्रका नियन्ताहरु कुहिरोको कण बनि रहेका देखिन्छन् । देशमा भ्रष्टाचारको भयावह अवस्था छ । स्वयम् सरकार सञ्चार माध्यमहरु घुस्याहाको प्रेणी बताउदै को कति कहाँ भ्रष्टाचार गर्दैछन् भनि निरन्तर बोली रहँदा रोकथामको साटो झन झन बृद्धि भइरहेको हुनाले प्रतिबद्ध भएर शुशासनका लागी कहीबाट पनि इमान्दार प्रयास नभएकोले आम सर्वसाधारणमा गहन नैराश्यता छ । शुसासन होइन दुशासन बाहुवली प्रवृत्तिले नेपालको अस्तित्व समाप्त पार्ने चौतर्फी प्रयास भईरहेका छन् ।
अमेरिकाले ५६ अरबको सहायताका लागि शर्त राखी तिब्बती शरणार्थी चीन नफर्काउने र उत्तर कोरियाको प्रतिबन्धमा साथ दिन भनेको छ, परराष्ट्र मन्त्रीले यद्यपि अझ अध्ययन भएको छैन भने पनि नेपालको नीति नै त्यही हो भनि सकेका छन् ।
यी तमाम परिप्रेक्षमा देश भर प्रत्येक क्षेत्रमा अफारा तफरी, अस्तव्यस्त अराजकताको अवस्था देखिदैछ । भारतीय लोकसभा निर्वाचनपछि यस देशमा अकल्पनीय स्थिति सिर्जना हुनेतर्फ विश्लेषकहरु निरन्तर लेखि बोली रहेका छन् । के नेपालको आफ्नो सोच क्षमता साधन चिन्तन केही छैन ? यी विचित्रका अविश्वास सन्देश परस्परको घृणाले स्वदेशवासीको उपनत्व हराई सकेको छ । एक राष्ट्रमा बस्नेहरुका बीचमा नै अविश्वास र शत्रुता भई रहेमा राष्ट्र अपनत्व भन्ने आदर्श शब्द विलिन भएर जान्छन्, निजी रुपमा एक आम सर्वसाधारणको तटस्थ दृष्टिकोणले हेर्दा संविधान कथित उपलब्धी हवाई उडान भएर असफल राष्ट्रको विजारोपण भएकोले निकट भविष्यमा अनपेक्षित सम्भाव्य भई झन बढी विचित्रका परिदृष्य प्रकट हुने आशंका प्रबल भएको
छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *