असंलग्न आन्दोलनको संस्थापन र विकासमा नेपालको योगदान (भाग–७)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

त्यति मात्र नभएर असंलग्न आन्दोलनबाट एशिया अफ्रिका र ल्याटिन अमेरिकामा राष्ट्रिय स्वतन्त्रता आन्दोलन जगाउन नैतिक मद्दत पुगेकोले नव स्वतन्त्र राष्ट्रहरुले पनि आफुलाई असंलग्न आन्दोलनको सहभागितामै संरक्षित महशुस गर्नु आन्दोलनको महत्वपुर्ण उपलब्धि हो । यसैकारण हवानासम्म आईपुगेको असंलग्न आन्दोलनमा विश्वका दुई तिहाई राष्ट्रहरु समाहित भईसकेका थिए ।
हवानामा देखाएको अर्को उपलब्धि सैनिक गठबन्धनमा लागि गुटबन्दीको राजनीतिबाट अलग रही स्वेच्छापुर्वक असंलग्न आन्दोलनमा सम्मिलित हुन आउने राष्ट्रहरुको संख्या पनि प्रष्ट रुपमा बढ्दै गएको थियो ।
यस प्रक्रियाबाट आन्दोलनको प्रभावले त्यस्ता राष्ट्रहरुले मिलीजुली अन्तराष्ट्रिय शान्ति र सुरक्षामा राम्रो योगदान पुर्याउन सकिने कुरामा नेपालले बेलग्रेडदेखि लिएको भरसिलो आशा सार्थक भएको थियो । असंलग्न सिद्धान्तको अनुगमनबाट प्रत्येक राष्ट्रलाई बाहिरी संस्कृतिको त्रासबाट बच्न र आफ्नो अस्तित्व कायम गर्न सक्ने वातावरणको सृजन गर्न मद्दत गुगेको नेपाल ठान्दछ । असंलग्न सिद्धान्तले अठार वर्षको लामो यात्रा पार गरिसकेको अनुभवबाट आन्दोलनलाई एउटा जीवित यथार्थ तथा उपयोगी साधनको रुपमा परिणत गर्नुपर्ने आवश्यकता हवानामा राम्ररी औल्याईएको थियो ।
मौसुफबाट सो सम्मेलनमा मानिसको चिर अस्तित्वलाई सुरक्षा प्रदान गरी विश्व शान्ति तथा सुरक्षा प्रगति तथा गौरबपुर्ण वैभवतिर योगदान पुर्याउन सबै सहभागीहरुलाई आह्वान गरिबक्सेको थियो ।
पृथ्वीका पश्चिम गोलाद्र्धमा पर्ने क्युवाको राजधानी हवानामा भएको शिखर सम्मेलनमा उच्चस्तरीय सहभागिताबाट नेपालले आफुलाई एक शान्तिप्रिय देशको रुपमा मात्र नभई समय समयमा अन्तराष्ट्रिय रंगमंचमा आईपर्ने प्रत्येक समस्याको गुण दोषलाई स्वतन्त्र रुपले केलाएर आफ्नो नीति तथा दृष्टिकोणमा अड्न सक्ने स्वतन्त्र अस्तित्वको देशको रुपमा परिचय गराएको अनुभव गरिएको थियो ।
असंलग्न आन्दोलनलाई शान्तिको भाबकारी साधन बनाउन अथक एवं अनुकरणीइ योगदान गर्ने नेपाल निकटम सहयोग, आपसि समझदारी र घनिष्ट मित्रतालाई बिशेष महत्व दिन्छ । अन्य असंलग्न राष्ट्रहरु सरह प्रमुख अन्तराष्ट्रिय समस्याहरुमा समान सबचार राख्ने भएकोले नेपाल र अन्य असंलग्न राष्ट्रहरुका सम्बन्धमा समान बिचार राख्ने भएकोले नेपाल र अन्य असंलग्न राष्ट्रहरुका सम्बन्धमा पनि घनिष्ट आपसि, मैत्री भावना गहिरो समझदारीमा आधारित र बिकसित भएर आएका छन् । त्यसैले पनि नेपाल विश्व शान्ति र अन्तराष्ट्रिय सम्बन्ध बढाउनको लागि असंलग्नताको निरन्तर आवश्यकताका पक्षमा अटल रहेको छ । यसैको माध्यमबाट नेपालले विश्व समुदायमा मर्यालापुर्व स्थान पाउन सफल भएको छ । नेपाल कहिल्यै पनि एक राष्ट्रसंगको मित्रता अर्को राष्ट्रको बिरुद्ध हुन नदिने नीतिमा सजग रहन्छ । समानता र सह–अस्तित्वका मान्यतामा आधारित असंलग्न बैदेशिक नीतिको यो औचित्य पुर्ण अनुशासनको नेपाल आफुले पालन मात्र होईन अन्य मित्र राष्ट्रहरुबाट त्यस किसिमको व्यवहार पाउदै आएकोमा उनीहरुको सराहना समेत गर्दछ ।
असंलग्नताका मुलभुत मान्यताको कदर गर्दै नेपालले स्वतन्त्ररुपले अन्तराष्ट्रिय मंचहरुमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै आएको छ र असंलग्न अभियानप्रति सधै आस्थावान रही आएको छ ।
निकटतम छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा विं.सं. २०३९ साल फागुनमा असंलग्न राष्ट्रहरको सातौ शिखर सम्मेलन सम्पन्न भयो । यस सम्मेलनमा १०१ राष्ट्रको सहभागिता थियो । सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व श्री ५ महाराजाधिराज बीरेन्द्र बीर बिक्रम शाहदेबबाट गरिबक्सेको थियो । श्री ५ बीरेन्दैबाट नेपाली प्रतिनीधि मण्डलका नेतृत्व गरिबक्सिएको असंलग्न राष्ट्रहरुका सम्मेलनहरुमा यो समेत चौथो सम्मेलन थियो ।
असंलग्न अभियानले तत्कालिन परिस्थितिमा असंलग्न अभियानको भित्र र शाहिर दुबैतिर चुनौतीको सामना गर्नु परेको, असंलग्न अभियानको संस्थापक सदस्यको हैसियतले नेपाल सधै अभियानप्रति आस्थावान् रहिआएको शान्ति र बिकास जस्ता उच्चतम लक्ष्यमा पुग्न अभियानका सदस्य राष्ट्रहरुमा बढीआपसि एकता र विवेकपुर्ण दृष्टिकोणको आवश्यकता परेको शक्ति सम्पन्न राष्ट्रहरुबिच चलिरहेको होडवाजीलाई तेस्रो मुलुकको जीवनस्तर उकास्ने काममा अरु बढी रचनात्मक प्रयोग गरिनु पर्ने जस्ता समसामयिक तत्कालिन परिस्थितिमा दिल्ली सम्म्ेलनको ऐतिहासिक महत्व रहेको थियो ।
२४ फागुन २०३९ मा श्री ५ बाट सम्म्ेलनलाई भावपुर्ण सम्बोधन बक्स्यो । दिल्ली सम्मेलनमा पनि नेपालको असंलग्न नीति प्रतिको अटल आस्थालाई दोहर्यायो । आर्थिक विकासको चाहनाको विश्वव्यापी मागलाई प्रस्तुत गरियो । छोटकरीमा दिल्ली सम्म्ेलन नेपालका आकांक्षा प्रष्ट पारिएको महत्वपुर्ण अन्तराष्ट्रिय विशिष्ट मंचको रुपमा ठहरिएको थियो ।
दिल्ली सम्मेलनमा अभिव्यक्त गरेको नेपालका भवनाहरुबाट असंलग्नताको मौलिक सिद्धान्तहरुको आधारमा यस अभियानको एकता सुदृढ गर्दै विश्व शान्तिको पक्षमा आवाज उठाउन शसक्त बनेको थियो । असंलग्न सिद्धान्तमा आधारित शान्तिपुर्ण सह अस्तित्व असंलग्नता एवं संयुक्त राष्ट्रसंघ आदर्शप्रतिको हाम्रो आस्था, समथृन र त्यस अनुरुप व्यवहारबाट नेपालको परराष्ट्र नीतिको अन्त्राष्ट्रिय जतग्मा कदर भएको छ । असंलग्न सिद्धान्तमा आधारित नेपालको परराष्ट्रनीति नेपालको लागि मात्र नभएर अरु मित्र राष्ट्रहरुका लागि तथा असंलग्न आन्दोलनकै निम्ति पनि यी सिद्धान्तहर हिजो जति महत्वपुर्ण थिए आज पनि त्यतिकै छन् र भोलि पनि त्यस्तै रहिरहने छन् हुकुम भएर असंलग्नताको महत्व र आवश्यकता श्री ५ बीरेन्द्रबाट प्रष्ट पारिबक्स्यो ।
असंलग्नताको मुख्य उद्देश्य शान्तिको लक्ष्य प्राप्त गर्नु हो, नेपाल असंलग्नताको माध्यमबाटै झै झगडा वा विवादमा नअल्झिई शान्तिको निम्ती निरन्तर प्रयत्नशील रहन चाहन्छ । शान्तिको खोजी गर्नु हाम्रो परराष्ट्र नीतिको मुख्य सिद्धान्त हो अथवा आधारशिला हो । वास्तवमा शान्तिको खोजी विश्वका के साना के ठुला के गरिब के धनी के पुर्वका के पश्चिमका सबै राष्ट्रहरुको निरन्तर आपसि मिलजुल र संयममा रहेर रोग, भोक, त्रास र अशिक्षाबाट मुक्त भई पृथ्वीमा बोच्ने प्रत्येक राष्ट्रको अधिकारलाई मान्यता प्रदान गरिउमा मात्र सफल हुने कुरामा नेपाल विश्वस्त छ ।
कुनै एक गुट वा तिनीहरुको हातमालोमा हिस्सेदार हुदा कुनै पनि देशको स्वतन्त्रतामा आघात पुग्दछ र त्यो कुरा असंलग्नताका आदर्शहरुको विपरित प्रक्रिया हो । यसैले असंलग्न अभियानमा आईपर्ने सबै कठिनाईलाइृ पार गर्दै जाने र असंलग्नताका सिद्धान्तबाट बिचलित नहुने प्रण नेपालले
बारम्बार गर्दै आएको छ । आफ्नो देशको हितको सम्बद्धृन गर्ने विषयमा पनि नेपाल स्वतन्त्रता, असंलग्नता र सबै शान्तिप्रिय देशहरुसंग मित्रता गास्ने र आफ्नो देशको आदर्श र सोचाईसंग मिल्ने अनेक असल कुराहरु अरुसंग पनि सिक्न चाहन्छ ।
नेपाल विश्वमा विवाद खडा नगरियोस भन्ने पक्षमा छ यदाकदा खडा हुन सक्ने विवादपछि सुल्झाउने उपायभन्दा विवाद उत्पन्न हुन सक्ने विषयलाई पहिल्यै निराकरण गर्ने कुरामा बढी सहयोगी बन्न चाहन्छ । अन्तराष्ट्रिय शान्तिमा प्रभाव पार्ने खालका प्रश्नहरुको निर्णय लिन लामो समय लगाइृनु हुन्न र त्यसरी शान्ति कायम गर्ने विषयमा सबैले सहयोग पुर्याउनु पर्दछ भन्ने नेपालको दृष्टिकोण रहेको छ । असंलग्न अभियानको समासामयिक हाँक केही छ भने त्यो बढी सहिष्णु मध्यम माग शान्तिप्रिय देशहरुलाई दुबै पक्षका शक्ति सम्पन्न राष्ट्रहरुका उत्तेजनात्मक हुंकारमाथि प्रभाव जमाउन सक्ने बनाउनु नै छ । जिम्मेबारी राजधानी हरारेमा हालै भदौ १८ गते सम्पन्न भएको आठौ शिखर सम्मेलनमा नेपालको प्रतिनीधि मण्डलको नेतृत्व श्री ५ महाराजाधिराज वीरेन्द्र बीर विक्रम शाहदेबबाट गरिबक्सियो । असंलग्न अभियानको २५ सौ वर्षको समय पनि परेको आठौ शिखर सम्मेलनको छुट्टै महत्व भइउृकन पनि हरारेमा यस शिखर सम्मेलन आयोजना हुनुऐतिहासिक महत्व मानिएको छ । २०४३ भदौ १८ गते सम्मेलनलाई सम्बोधन गरिबक्सदै मौसुफबाट असंलग्न अभियानमा आएका परिवतृनसंग संगसंगै यसको नेतृत्व क्रमशः नयाँ पिढीमा आएको कुरा औल्याईबक्सियो । स्वतन्त्रताको महत्वको व्याख्या गर्दै मौसुफबाट सबैलाई राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा तथा आफ्नो अस्तित्व जोगाई राख्ने आवश्यकताले प्रेरित गरेको छ । हुकुम भयो । स्वतन्त्रता र स्वाधीनतापुर्वक बाच्न पाउने हरेक राष्ट्रको अधिकारको कुनै पनि हालतमा सम्मान गरिनु पर्छ । जस्ता ओजपुर्ण बिचारोत्तक नेपाली दृष्टिकोण सम्मेलनमा अभिव्यक्त गरिबक्सियो । असंलग्न अभियानको भविक्ष्यप्रति संकेत गर्दै मौसुफबाट यो अभियान संसारमा सदा जीवीत तथा सार्थक भईरहने कुरालाई यसरी पुष्टि गरिबक्सियो । मौसुफकै शब्दमा जबसम्म असंलग्न अभियान असंलग्नताका सिद्धान्तमा आस्था
राख्ने मानिसहरुको समुदाय रहन्छ र हामीहरु एउटै उद्देश्य प्राप्तिको निम्ति एकता र भातृत्वमा आबद्ध रहन्छौ तबसम्म बृद्धि र विवेक संयम र न्यायको पक्षमा हामीले उक अर्थपुर्ण भूमिका खेल्न समर्थ हुनेछौ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *