देशमा कसैप्रति कसैको विश्वास भरोसा छैन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज यो देशमा विचित्रको व्यवस्था रहेको छ । कसै पदाधिकारी माथि कसैको विश्वास छैन, यदि सेना प्रहरीहरुको भर्ति तथा शिक्षक, प्राध्यापकहरुको नियुत्ति तर्फ मात्र अध्ययन गर्ने हो भने नेपाल सरकारले दौडमा अगाडी पुग्ने पुग्नुपर्ने प्रहरी, सैनिकहरुको भर्ति गर्न नेपाल लोक सेवा आयोगलाई सामेल गराएको छ तर विद्यालयका शिक्षक, क्याम्पसका प्राध्यापकहरुको नियुक्तको लागी शिक्षक आयोग जस्तो राजनीतिक स्वार्थी संगठनको जिम्मा दिएको छ । सिपाई भर्ना गर्न त सम्बन्धित निकायले सकि हाल्दथ्यो तर भरोसा र विश्वास रहेन भर्ति गर्दा थोरै रकम लिए पनि धेरै कमाई हुने ठहर गरेर त्यो भ्रष्टाचार रोक्नको लागी मात्र लोकसेवा आयोगलाई सहभागी गराएको हो कि सैनिक प्रहरी मुख्यालयले सिपाई छनौट गर्न नसक्ने भएर हो वा सैनिक प्रहरी मुख्यालयका पदाधिकारीमाथि विश्वास नभएर हो कि राजनीतिक दल र दलका नेताहरुको दवाव झेल्न नसकी यो तरिका अपनाएको हो ? प्राध्यापक शिक्षक त योग्य चाहिन्छन् बरु त्यस्ता ठाउँहरु राजनीतिककर्मीहरु स्वयमले पुर्ति गर्ने गरेका छन् । कही अस्थायी शिक्षकको नाममा त कतै राहत तथा बालविकासको नाममा शिक्षकहरुलाई बरु बढी तलब स्केल दिएर भर्ना गर्नु पर्नेमा राहत, बाल विकासको नामा मासिक रु छ हजार देखि सुरु गरेको छ । त्यस्ता अस्थायी, राहत, बालविकासका शिक्षकहरुलाई मजदूरले पाउने न्यूनतम ज्याला समेत नदिई शोषण गरेका छन् भने सहनेहरुले पनि मज्जाले सहन गरेकै छन् यस्तै घोचघाच शिक्षा नीतिले बालबालिकाको भविष्यमाथि खेलवाड भई रहेको कुरा कसले सुनोस् ।
सिके राउत, प्रचण्ड, बाबुराम, के.पी.को हुन यिनमा सर्वश्रेष्ठ भनेर प्रश्न गर्दा सबैभन्दा राम्रो सि.के. राउत किन भने हरेक धन्दामा इमान्दारीता चाहिन्छ आज विना हात हतियार, बन्दुक नबोकेरै मधेश तराईका जनताका मागहरुको वकालत गरी रहेका छन् । हाम्रा छट्टु राष्ट्रवादी भनिनेहरुबाट सहजै रुपमा राष्ट्रको एक हिस्सा अलग गर्न खोजी रहेका छन् त्यो उनको सफलता हो । एक फायर बन्दुक नचलाएर त्यहाँसम्म पुग्नु सफलता नै हो उनी जेलबाट सजिलै छुटे, इमान्दारीताका साथ छुटे प्रधामन्त्री गृहमन्त्री उनको स्वागतमा गए, जेलबाट छुट्दा । यौटा भारतीय अपराधीले जेलबाट छुट्न नेपालको एयरपोर्टबाट भारतीय बायुसेवाको जहाज अपहरण गरी कन्धार पुगाएको थियो अनि भारतलाई सकसमा पारेर आफूहरु भारतीय जेलबाट छुटे तर सिके राउतले फुलमालाका साथ गृहमन्त्री प्र.म. समेतको सान्त्वना बोकी सम्झौताका साथ जेलबाट छुटे । मधेशमा मधेश बासीले फुलमाला पहिराई दिए भने प्रचण्ड, के.पी., बाबुरामले गाली पाई राखेका छन् भने स्वयम् विचार गरौं । प्रचण्ड, बाबुृरामले निरिह राज संस्था हटाउन त सांसदमा बसेर व्यवस्था परिवर्तन गर्न राजसंस्था लगायतका गिरिजा, देउवा, केपीलाई समेत सामेल गराई गोलमेच अथवा सांसदको अधिवेसन बसेको बेला प्रस्ताव राखी पास गराएको भए त राजसंस्था सित बाँकी रहेका केही अधिकारहरु पनि कब्जा भै हाल्ने थिए तर त्यस्तो गर्न सकेन । जहाँ सत्ता छ सिंहदरबारमा नपसी सारा निमुखा जनतालाई मार्न गाउँ गाउँ जिल्ला जिल्ला तर्फ गए, त्यो विचल्ली जनताको देख्दा मेरो लागी हो भने म राजसंस्था केवल जनताको भलाईको लागी छोडी दिन्छु भनि नारायणहिटीबाट बाहिर गए आज प्रत्येक नेपालीको घर घर गाउँ गाउँमा गैराखेका छन् । उनलाई जनताबाट मान सम्मान र फुलमाला मिलेको छ तर बाँकी बन्दुकबाट जनतालाई डराई सत्तामा पुगेकाहरुलाई झन असान्ति भईरहेको छ । पुनः विप्लब माओवादीलाई जंगल पठाएका छन्, मुखले देउवा गिरिजा कांग्रेस र एमालेको झै माओवादीलाई आतंककारी भनेर घोषणा गरेझै भित्रबाट चाहिने सहयोग गरी जनतालाई बेवकुफ बनाउने काम मात्र गरेका छन् केवल कुर्सीको लागी । पछि त विप्लबलाई सत्ता दिने नै हुन भने आज दिए के हुन्छ ? २० अरब एससेलबाट पनि प्रचण्ड आफैले खाने सत्तामा पनि आफैले बसेपछि विप्लबको मन कसरी मान्ला चप बस्ने ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *