विश्व हिन्दु महासंघ नेपाल कञ्चनपुरको नयाँ कार्य समिति चयन








दिशार्निेश समाचार/महेन्द्रनगर, २ चैत
कञ्चनपुरको महेन्द्रनगरमा विश्व हिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरको जिल्ला सभाको आयोजना गरेको छ । समितिको सभापतित्व समितिका अध्यक्ष डा.टेकराज पन्तले रहेका थिए भने केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारी प्रमुख अतिथि रहेका थिए । त्यसैगरी केन्द्रीय रवि खनाल, प्रदेश नं. ७ का संयोजक राज प्रसाद जोशी, माननीय गंगादत्त जोशी, पुर्व रजिष्ट्रार भवानीदत्त चटौत, सल्लाहकार धर्मराज जोशी, नरेन्द्र सिंह भण्डारी, शेर बहादुर चन्द, दार्चुला जिल्ला कार्यसमितिका अध्यक्ष माधव प्रसाद जोशी विशिष्ट अतिथि रहेका थिए ।
सभा सुरु हुनुभन्दा पुर्व वाजागाजाका साथ एक जुलुसले बजार परिक्रमा गरि अन्तमा सभामा परिणत भएको थियो । सो जिल्ला सभाले डा.टेकराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । जसमा उपाध्यक्षमा गणेश चन्द, सचिवमा हरिहर पाण्डेय, कोषाध्यक्षमा बलदेव अवस्थी, सहसचिवमा भागरथी विष्ट, सदस्यहरुमा बल बहादुर महता, दल बहादुर चन्द, केशवदत्त चटौत, लोक बहादुर ठकुराठी, बल बहादुर कुँवर, अर्जुनदेव जोशी, नर बहादुर चन्द, सुशिला विष्ट, हेमा चन्द, लक्ष्मी विष्ट, दान बहादुर चन्द, कर्ण बहादुर चन्द, दिल बहादुर नाथ, मोहन सिंह खत्री, जयानन्द जोशी, धन सिंह धामी रहेका छन् । त्यस्तै सल्लाहकारमा धर्मराज जोशी, शेर बहादुर चन्द, पृत बहादुर विष्ट, रामदत्त बडू, नरेन्द्र सिंह भण्डारी, भवानीदत्त चटौत, होम बहादुर कुँवर रहेका छन् । त्यस्तै प्रवक्तामा कृष्णानन्द भट्ट रहनुभएका छन् । बाँकी पद पुर्तिको लागि कार्यसमितिले पछि चयन गर्ने जनाएको छ ।







