सुदूरपश्चिममा लोप हुँदै तेल पेल्ने परम्परागत कोल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशार्निेश समाचार/बैतडी, २ चैत
आज भारतको बरेली पिलभित बनबसा लगायतका विभिन्न क्षेत्रहरुमा (वैल, कोलु) अर्थात काठे कोलु गोरुबाट तेल पेलेको भन्ने कुरा बोतलमा लेखि तेल विक्रि भएको पाइन्छ । भारतको उत्तराखण्ड, गडवाल, कुमाउमा र हाम्रो नेपाल अधिराज्यभरीका पहाडी जिल्लाहरुमा काठे कोलुबाट सर्सीयु, तोरी पेलेर तेल बनाउने प्रचलन अझै धेरै ठाउँमा छदैछ । जसरी खेत जोत्न गोरु हटाई टेक्टर आदि प्रयोग गरेझै पहाडी क्षेत्रमा पनि कोलुको ठाउँमा इन्जिन लगी तेल पेलेको पनि देखिन्छ । त्यसकारण काठे कोलुहरु लोप हुने अवस्थामा हुने गरेको पाउछौं ।
बैतडी लगायत सुदूरपश्चिम प्रदेशका समग्र पहाडी जिल्लामा परम्परागत तेल पेल्ने कोल लोप हुन थालेको छ । तर सिगास गाउँपालिकामा भने त्यस्तो छैन । यस क्षेत्रका अधिकांश ठाँउमा परम्परागत कोलकै भरमा परेका छन् । सिगास गाउँपालिका ८ डम्बर सिंह ऐरका अनुसार परम्परागत कोलको रुपमा अरु वैकल्पिक उपाय नभएका कारण यसकै प्रयोग बढी भएको छ । केही वर्ष अगाडी विजुली आएपछि मेसिनबाट तेलहन बाली मेसिनबाट नै निकाल्ने गरेपनि विजुली विग्रेर मर्मत सम्भारको अभावमा बन्द हुँदा अहिले पुरानै चलन चल्तीको कोलको प्रयोग गर्नु परेको उनी बताउछन् । लाखौका साविभिन्न क्षेत्रहरुमा परम्परागत कोलकै भर परेका छन् ।
त्यस्तैगरी यातायातको विकास भएका अन्य क्षेत्रमा भने विभिन्न आधुनिक उपकरणबाट जडान गरिएको मेसिन बजारको पहुँच गाउँसम्म पुग्न थालेपछि कुनै बेला यहाँका स्थानीयको तेल पेल्ने मुख्य माध्यमको रूपमा रहेका परम्परागत प्रविधिमा आधारित काठका कोल एकपछि अर्काे गर्दै लोप हुन थालेका छन् ।
बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि यहाँका स्थानीयले कोललाई बेवास्ता गर्दै आएको केआइसिंह गाउँपालिकाका स्थानीय शिवराम कामीले बताए । उनले भने, भनेको बेलामा जहाँ पनि तेल पाउन थालेको छ, दिनभरिको मेहनत लगाएर कसले कोल पेल्नु ? अब तेलका लागि कोल लोप हँुदै गएकोप्रति भने यहाँका बूढापाका चिन्तित हुन थालेका छन् ।
डोटी लगायत पहाडी जिल्लामा विशेष गरी तोरी खेती गरिन्थ्यो । अहिले तोरी खेतीमा पनि स्थानीय किसानको चासो दिनहुँ घट्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीय इशवबहादुर विष्टले बताए । उनले भने, कुनै बेला आधा जमीनमा तोरी लगाउने हाम्रो ठाउँमा पछिल्लो समय कोल विस्थापित भएपछि र तेल सहजै पाउन थालेपछि किसान तोरी खेती गर्न छोडेका हुन् ।
बजार तथा विद्युत् भएका ठाउँमा तेल पेल्ने आधुनिक मेशिन अर्थात् मिल आएपछि यहाँका परम्परागत कोल विस्थापित भएको कतिपयको बुझाइ छ ।विगतको समयमा डोटी जिल्लामा मात्रै सयौँको संख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका छन् । दुर्गम गाउँमा रहेका एक दुई वटा कोल पनि विस्तारै लोप हुँदै जाने क्रममा रहेको रामदत्त जोशीले बताएका छन् । पहाडतिरका आली कान्लामा पुरानो जस्तो सर्सीयु उत्पादनमा ह्रास आएको र तोरी उत्पादन पनि न्यून भएकोले तथा तयारी तेल किन्न सजिलो भएकोले कोलु लोप हुन लागेको देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *